गायक कमल किरणको ‘डढेलो’ बजारमा

Dadelo

गायक कमल किरणको ‘डढेलो’ बजारमा

भरतसन्तोषी,चैत २३,काठमाडौ – चर्चित गायक कमलकिरणको सोलो आधुनिक एल्बम बजारमा आएको छ। आधा दर्जन चर्चित गीत समाबेश उक्त एल्बममा चर्चित गीतकार तथा सङ्गीत्कारको मिहिनेत सुन्न सकिने छ । भाइब्स कृयसन मार्फत बजारमा आएको ‘डढेलो’मा चर्चित गीतकार मनोजराज ,रमेशराज भट्टराई ,राजकुमार घिमिरे ,डम्बर बराइली र गङ्गा ढकाल को सब्द रहेको छ भने चर्चित सङ्गीत्कार मनोजराज,रमेश राज भट्टराई ,राजनराज शिवाकोटी र सत्यराज आचर्यको सङीत रहेको छ ।
आफ्नी जीवनसाथी गायिका मन्जु महतलाई सडक दुर्घटना मा गुमाएका गायक कमल किरण पछिल्लो समय दुखनै दुख र अभावमा जिन्दगी बिताउनु परेको बताउछन् ।’माया नै सन्सारमा ठुलो कुरा रैछ ‘गायक कमल दि पावर न्युज लाई भन्छन् ‘जुन अभाव र आफ्नो जिन्दगी मा सल्किएको डढेलो यस् ” डढेलो”एल्बम मा समेटेको छु।’
डढेलो सर्यो किन मेरै खुसीमा
खडेरी पर्यो किन मेरै मायामा
मेरो मनको फुलको थुङगा..,रङेहात भेटे पछी …जस्ता थुप्रै गीत गाइसकेका कमलकिरणले यस् एल्बम बाट भने दर्शक श्रोताको अपार माया को अपेक्षा गरेका छन ।यस् एल्बमको भिडियो चल्दृस्य समन अधिकारी को निर्देशन मा दिवस उप्रेती र सुपृया कट्वाललाइ देख्न पाइनेछ ।