घाइते असईको लखेटीलखेटी हत्या

Thaman-bk-Muder

महोत्तरी -मुल सडकमा ठाउँ ठाउमा अवरोध भएका कारण एम्बुलेन्स सहायक सडक मार्गबाट गएको थियो । भमरपुरा भन्ने स्थानमा पुगेपछि कल्भर्टमा अडि्कयो । प्रहरीलाई जनकपुर लैजाँदै गरेको सूचना पाएर आन्दोलनकारीले पछ्याइसकेका रहेछन् । महोत्तरीमा आन्दोलनकारीले उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरी असईको हत्या गरेका छन् ।महोत्तरीमा शुक्रबार विहान आन्दोलनकारीको आक्रमणबाट असई थमनबहादुुर विक घाइते भएका थिए ।  महोत्तरीस्थित सशस्त्र प्रहरीका एसपी धिरेन्द्र पाण्डेले घटनाको पुष्टि गरेका छन् ।

गम्भीर घाइते असई थमनबहादुर पनि भाग्न खोजे । तर, घरेलु हतियारसहित आएका आन्दोलनकारीले लखेटी लखेटी धान खेतमा पुर्याएर असई विकको हत्या गरेका छन् ।आन्दोलनकारीले एम्बुलेन्समा आगो लगाएका छन् । असई विकको शव त्यहाँबाट झण्डै डेढ किलोमिटर हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

असई विक शुक्रबार विहान हेटौंडामा संयुक्त राष्ट्रसंघको परीक्षामा सहभागी भएर फर्किएका थिए । गाडीबाट बर्दिबाससम्म पुगेका उनी त्यहाँ हरेको सशस्त्रको बेसब्याम्पबाट साइकल लिएर जलेश्वर पुगृेका थिए । चोकमा रहेका आन्देालनचकारीले उनलाई चिनेपछि रोकेर आक्रमण गरेका थिए । उनी भागेपछि लखेल्दै जलेश्वर बजारको पोखरी छेउमा पुर्‍याए । ज्यान बचाउन असई विक पोखरीमा हाफ फाले । आन्दोलनकारीले त्यहाँबाट निकालेर कुटे । उनको टोउकोका साथै शरीरको विभिन्न भागमा चोट लाग्यो । थप प्रहरी पुगेपछि उनले नयाँ जीवन पाएका थिए । \तर, थप उपचारका लागि जनकपुर लैजाने क्रममा आन्देानलनकारी नै उनको हत्या गरेका छन् ।

Spread the love