भिमसेनदास  प्रधानको चुनाव केन्द्रित लक्ष्य

 भिमसेनदास  प्रधानको चुनाव केन्द्रित लक्ष्य

दिपक न्यौपाने, काठमाडौ  : यही मिति २०७९  मंसिर ४ गते हुन गईरहेको  प्रतिनिधि सभाको चुनावमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं ६ का उमेदवार भिमसेनदास प्रधान आफ्ना चुनावी भावी योजना लिएर अगाडि आएका छन् ।उनी गत वर्षको चुनावमा क्षेत्र नम्बर ६ नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए  । हाल आएर फेरी पनि उनी चुनाव केन्द्रित रहँदै प्रचारप्रसारमा जुटेका छन् उनी जुटे सँगै उनका आगामी लक्ष्य सहित गठबन्धनको सहकार्य र नेपाली कांग्रेसको पार्टीको धारणा विषयक एक छलफल कार्यक्रममा आफ्नो विचारहरु व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का उम्मेदवार भिमसेनदास प्रधानले  आफ्नो चुनावमा लक्षित भावी योजनाहरु सार्वजनिक गर्नुभएको छ । सामाखुसीस्थित SKY Banquet मा आयोजित एक कार्यक्रममा नेता प्रधानले पत्रकारहरुमाझ विगत र वर्तमानमा आफुले खेलेकोअसलभूमिका  निकै सराहनीय रहेको बताउँदै अब आउँदा दिनहरुमा पनि देश र जनताप्रति आफ्नो पार्टीप्रति बफादार रही सदैव  बफादार रहने प्रतिबद्धता  व्यक्त गर्नुभयो  उहाँले  संविधानमा देखिएका कमीकमजोरी लगायतका कुराहरुलाई आफूले सदैव ध्यानाकर्षण गराइरहेको कुरा बताउनुभयो ।

कार्यक्रममा सहभागी हरिसिंह केसी लगायतका वक्ताहरुले भीमसेनदास प्रधानको भावी चुनावी   धारणाबारे   केही कुरा ध्यानाकर्षण गराउँदै प्रधानको  जित निश्चित हुने  कुरामा दाबी गर्नुभयो  प्रदान यस क्षेत्रका लागि एक योग्य उम्मेदवार बन्न सफल भइसक्नुभएको र उहाँ यस क्षेत्रका लागि खाँचो पर्ने उम्मेदवारको संज्ञा दिँदै प्रधान संसदमा प्रतिनिधित्व गर्ने एक असल नेताकोरुपमा  दुईमत नरहेको कुरा केसीले प्रष्ट्याउनु भयो ।

चुनावी क्षेत्र नं ६ मा रहेका दुर्गम भनिएका क्षेत्रहरु झोर, साङ्ला, धर्ममस्थली,  काभ्रेस्थली  पहिले र अहिलेमा धेरै परिवर्तन भएका ठाउँको उदाहरण दिँदै हाल आएर विभिन्न पार्कहरु विकसित भएका बाटाघाटा चौडा भएका विकास निर्माणले परिवर्तन देखिएको उदाहरण दिँदै उहाँले आफ्नो कार्यकालमा दुर्गम बाट  सुगम बजारीकरण हुँदै गएको कुरालाई ध्यानाकर्षण गराउनुभयो  ।

६ नम्बर क्षेत्रका मतदाताहरुले आफुलाई विगतमा पनि माया गरेको र यसपाली पनि साथ दिने कुरामा रहेको बताउँदै प्रधानले आगामी संसदमा आफ्नो भूमिका देश र जनताको हितमा रही रहने बताउनुभयो विगत समयमा कम्युनिस्टको एकछत्र बहुमत राखेर आफूले खासै ठूलो काम उपलब्धि गर्न नसकेको गुनासो गर्नुभयो भने केपी ओलीको संसदमा वर्चस्व कायम रहेपनि आफूले हरबखत नराम्रा कामहरुमा औंला ठड्याउँदै आइरहेको बताउनुभयो ।

मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले पालना गर्नुपर्ने आचरण

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरेको छ ।

आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचार प्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचार प्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचार प्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको छ ।

ती व्यवस्थाहरूकोे पालना गर्न तथा गर्न लगाउन निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत नेपाल सरकारका मन्त्रीहरूलाई तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत प्रदेश सरकारका मन्त्रीहरूलाई निर्देशन दिइसकेको छ । आचारसंहितामा नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन र प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालय मार्फत वा सोझै आयोगको सहमति लिई त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने व्यवस्था रहेको छ ।

आचारसंहिताबमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् ।

काँग्रेस उम्मेदवार जोशीलाई स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

कुश्मा नगरपालिका–१४ आर्थरस्थित विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपि कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्न कोशिस गरेको भन्ने समेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ ।

उपरोक्त कानूनी व्यवस्था अनुसार तपाईंबाट भएको भनिएको विद्यालयमा कपि कलम वितरण गर्ने कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल देखिएको स्पष्टीकरणमा भनिएको छ । ‘तपाईंबाट कपि कलम वितरण भएको बारे के कसो भएको हो ? यदि तपाईंबाट उक्त कार्य भएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा प्रष्ट पार्न भनिएको छ । साथै यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण पेश निर्देशन दिइएको छ ।

उत्तर कोरियाद्वारा पहिलो पटक जल सीमाभित्र क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको छ।  छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाली टापु उलुङ्डो नजिकै खस्दा त्यस टापुमा हवाई हमलाको चेतावनी दिने साइरन बजेको थियो। उक्त सानो टापुका बासिन्दाहरूलाई भूमिगत आश्रयस्थलमा जान भनिएको छ।  स्थानीय समय अनुसार बिहान ९ बजेतिर प्योङयाङले कुल तीनवटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू उसको पूर्वी तटतर्फ प्रहार गरेको हो। दक्षिण कोरियाली अधिकारीहरूले तत्कालै ती प्रहारको निन्दा गरेका छन्। राष्ट्रपति युन शुक-योलले राष्ट्र सुरक्षा बैठक बोलाएका छन्। पछिल्ला प्रहारहरू प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई यसै साता कोरियाली प्रायद्वीप आसपास संयुक्त सैन्य अभ्यासहरू नगर्न चेतावनी दिएको एक दिनपछि भएको हो। उत्तर कोरियाले अभ्यासहरूपछि “शक्तिशाली” जवाफहरू दिइने धम्की दिएको थियो।