ताइवान चीन विरुद्ध सैन्य अभ्यास तयारी गर्दै

ताइवान चीन विरुद्ध सैन्य अभ्यास तयारी गर्दै

अमेरिकी राजनीतिज्ञ न्यान्सी पलोसीको भ्रमण लगत्तै चीनले ताइवानको नजिकको समुद्री क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको छ। ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ। स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ। पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन्। ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ।

सोही भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो। यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ। अभ्यासहरू व्यस्त जलमार्गहरूमा हुने भएकाले यसमा लामो दूरीका प्रत्यक्ष गोलाबारी समावेश हुने बेइजिङले बताएको छ। संयुक्त राज्य अमेरिकाले यो सैन्य अभ्यास गैरजिम्मेवार कदम भएको र नियन्त्रण बाहिर जान सक्ने बताएको छ। ताइवानले भने यसलाई समुद्री तथा हवाई नाकाबन्दीको रूपमा व्याख्या गरेको छ। विश्लेषक बोनी लिनले बीबीसीसँग ताइवानका सेनाले सावधानीपूर्वक प्रतिक्रिया जनाउने भए पनि लडाइँको जोखिम रहेको बताइन्।

ताइवानको सिमानामा चिनियाँ सेनाद्वारा क्षेप्यास्त्र प्रहार

काठमाडौँ  : चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ । पेलोसी ताइपेइमा अवतरण गरेसँगै उसले अमेरिकाले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन गरेको भन्दै दुई देशबीच सम्बन्धमा यसको असर पर्ने चेतावनी दिएको थियो ।  बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ ।

यसअघि पनि चिनियाँ सेनाको ताइवानको समुद्री क्षेत्रमा ‘लाइभ फायर’ को अभ्यास गरिरहेको चिनियाँ टेलिभिजन सीसीटीभीले जनाएको छ । बिहीबार बिहान भने चीनले ताइवानको हवाइ र समुद्री मार्गमा नै असर पर्ने गरी अभ्यास सैन्य अभ्यास गरेको हो ।  ताइवानले भने चीनको चेतावनीका बावजुद पेलोसीलाई भव्य रुपमा स्वागत गरेको थियो । साथै ताइवानले चिनियाँ प्रतिक्रियाको खण्डन पनि गरेको थियो । ताइवानका अधिकारीहरूका अनुसार पेलोसीको भ्रमणसँगै चीनले २० भन्दा बढी लडाकु विमानहरू ताइवान क्षेत्रमा प्रवेश गरेको छ ।

थाइल्यान्डको राजधानी बैंककमा “नेपाल सेल्स मिशन २०२२” सम्पन्न

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्वारा बैंकक स्थित रेम्ब्रान्ड होटलमा आयोजित “नेपाल सेल्स मिशन २०२२” मा नेपालका ११ बिक्रेता पर्यटन व्यवसायिक कम्पनीहरु र थाइल्याण्डका ४५ भन्दा बढी टुर अपरेटरहरु लगायत करीब ८० जना सरोकारवालाहरुको सहभागीतासहित ‘बीटुबी सत्र’, औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्शन भव्यताका साथ सम्पन्न भएको छ।

पाटा नेपाल च्याप्टरले थाइल्यान्डस्थित नेपाली राजदूतावास, नेपाल एयरलाइन्स, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्याण्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एसोसिएसन, एसएस ग्रुप थाइल्याण्ड, नेपाली उद्योग परिसंघ र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज सँगको सहकार्यमा महामारी पश्चात् पर्यटन पुनस्र्त्थान अभियान अन्तर्गत बिदेशी स्रोतबजारमा गएर पहिलो पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको हो। पाटा नेपाल च्याप्टरका पदाधिकारी र सदस्यहरुसहित २० जना पर्यटन व्यवसायीको प्रतिनिधिमण्डलले अगस्ट २ देखि ४ गतेसम्म थाइल्याण्डको सोङखलामा आयोजना हुने छैठौं पाटा डेस्टिनेसन मार्केटिङ फोरममा समेत सहभागिता जनाएका छन।

पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले कार्यक्रममा स्वागत मन्तव्य राख्दै  विश्वव्यापी महामारीले सिर्जना गरेको कठिनाइलाई पार गर्न र दुई मित्र राष्ट्र नेपाल र थाइल्याण्डबीचको पर्यटन आदानप्रदानलाई प्रवर्धन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सबै सरोकारवालाहरुलाई पर्यटन क्षेत्रको पुनरुत्थान तथा दिगो बिकासका लागि हातेमालो गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । उनले बैंककमा आयाजित नेपाल सेल्स मिशन नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र यसको दिगो पर्यटन विकासका लागि नयाँ बाटो र अवसरहरूको प्रवर्द्धन गर्दै महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग पुर्‍याउन समयसापेक्ष र फलदायी पहल भएको विश्वास व्यक्त गरे।

त्यसैगरी, पाटा थाइल्याण्ड च्याप्टरकी अध्यक्ष सुश्री बेन मोन्टगोमेरीले स्वागत मन्तव्य राख्दै  नेपालको पर्यटन पुनरुत्थान पहलका लागि आफ्नो  र शुभकामना व्यक्त गर्नुभयो।

सीएनआईका महानिर्देशक श्री दीपकराज जोशीले  नेपाल गन्तब्य बारे मुख्य वक्ताको रूपमा बोल्दै नवीनतम अद्यावधिकहरू र जीवन्त अनुभव प्रदान गर्ने गन्तव्यको रूपमा नेपालको आकर्षणहरुका बारेमा बिस्तृत जानकारी प्रश्तुत गर्नुभयो। वहाँले थाई ट्राभल एजेन्टहरूले नेपालसँग जोडिएर कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा समेत आफ्ना विज्ञ विचारहरु प्रश्तुत गर्नुभयो।

थाई ट्राभल एजेन्ट्स एसोसिएसनका उपाध्यक्ष शिवेक सचदेवले नेपालको दिगो र वातावरण मैत्री पहलको प्रशंसा गर्दै आफ्नो थाई पर्यटन समुदायलाई नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्न आग्रह गर्नुभयो।  त्यसैगरी,थाइल्याण्डमा नेपाल वायुसेवा निगमका कन्ट्री म्यानेजर श्री होमप्रसाद पराजुलीले सहज जडान, राष्ट्रिय ध्वजावाहकको प्रवर्द्धन भाडा र थाई एजेन्टहरूलाई विशेष सुविधाको बारेमा जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाण्डेले भगवान बुद्धको अकथित यात्रा र भगवानको जन्मस्थल लुम्बिनी वरपर विकास भइरहेका पर्यटन विकास र पर्यटकीय उत्पादन वा गतिविधिको सम्भावनालाई प्रकाश पार्दै “थाइल्याण्ड-नेपाललाई बौद्ध पर्यटनको माध्यमबाट जोड्ने” बारे प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथी एवं वक्ताको रुपमा बोल्दै पाटा अन्तर्राष्ट्रियकी सिईओ लिज ओर्टिगेराले पाटाको विश्व समुदायको इतिहास र महत्वबारे प्रकाश पार्दै पाटा च्याप्टरहरु बीचको सहकार्य तथा समन्वय मार्फत नेपालको पर्यटन प्रवर्धनमा पाटा नेपाल च्याप्टरको उच्च सक्रियताको प्रशंशा गर्नुभयो। पाटा  सिईओ लिजले महामारीपछिको पर्यटन प्रवर्द्धनका लागि आफु पहिलो पटक भौतिकरुपमा सहभागिता गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल लगायत  विश्वभरका पाटा सदस्य संस्थाहरू तथा गन्तव्यहरूको पर्यटन पुनरुत्थान एवं प्रवर्धनमा पाटाले आफ्नो स्रोत र विशेषज्ञता उपलब्ध गराउने र सहयोगमा जोड दिने बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि, थाइल्याण्डका लागि नेपालका महामहिम राजदूत गणेशप्रसाद ढकाल ज्यूले नेपालको पर्यटनका आकर्षणका बारेमा प्रकाश पार्दै  थाई ट्राभल एजेन्टस  तथा आगन्तुकहरूलाई सहज भिसा सेवा, नेपाल भ्रमणको सम्बन्धमा जानकारी तथा अन्य आवस्यक सहयोग प्रदान गर्न नेपाली दूतावासले सक्रिय भूमिका निर्वाह गर्ने बताउनु आश्वासन प्रदान गर्नुका साथै उपस्थित सहभागीहरुलाई पर्यटन प्रवर्धनका लागि प्रोत्साहित समेत गर्नुभयो।

पाटा नेपालका कार्यसमिति सदस्य श्री नरेन्द्र देव भट्टले आफ्नो समापन मन्तव्य राख्दै सबै सहयोगी संस्थाहरू लगायत नेपाल र थाइल्याण्डबाट उपस्थित अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको जानकारी सरकार प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएका छन्।

निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ। यसअघि निर्वाचन आयोगले मङ्सिर २ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो। तर बुधवार सत्तारूढ गठबन्धनमा रहेका दलहरूबीचको छलफलपछि मङ्सिर ४ गते निर्वाचन गर्ने निष्कर्षमा सरकार पुगेको थियो। निर्वाचनको मिति घोषणा भएपछि प्रतिनिधिसभा र प्रदेशसभा कायम रहन्छ कि रहँदैन भन्ने विषयमा प्रश्न उठेको छ।  यसअघि २०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो।

NCCS STAR CHEF COMPETITION सम्पन्न

NCCS STAR CHEF COMPETITION सम्पन्न गुणस्तरीय शिक्षा बाट नै आफ्नो नाम उच्च बनाउन सफल नेशनल कलेज अफ कम्प्युटर स्टडिजले हालसालै युनिभर्सिटी ग्राण्ड कमिसनले प्रदान गर्ने A QUALITY CERTIFIED INSTITUTION एक्रीडीएसन प्राप्त गर्न सफल भएको छ। भौतिक पूर्वाधार, शिक्षण पद्धति र निरन्तर बिकासका कारण एन सि सि एस ISO 2001:2015 CERTIFIED शैक्षिक संस्था समेत रहेको छ। नियमित शैक्षिक क्यालेन्डर बाहेक ज्ञान, सिप र दक्षता अभिवृद्धि गर्ने खाल्का क्रियाकलापले एन सि सि एस लाई सधै प्रीथक र उत्कृष्ट बनाएको छ। यसै बिभिन्न कृयाकलाप मध्य NCCS STAR CHEF COMPETITION पनि करियर फोकस इभेन्ट रहेकोछ। समय, प्रस्तुति, खानाको सजावट र स्वादका आधारमा उत्कृष्ट समुह छानिने प्रतिस्पर्धाबाट बिध्यार्थीहरूमा टिममा काम गर्ने, समयको सदुपयोग, नेतृत्व विकास र हस्पिटालिटी इन्डस्ट्रीको ज्ञान, सीप र दक्षता बिकास होस् भन्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। एन सि सि एसले आयोजना गरेको BHM COOKING COMPETITION मा आफ्नै कलेजका 11 समूहले सहभागिता जनाएका थिए। माच्छापुच्छे, लोप्से, मकालु, कैलाश, धौलागिरि, कञ्चनजङ्गा, अन्नपूर्ण, नुप्से, माद्री हिमाल, मनास्लु र एभरेस्ट गरी 11 समूहले पहिलो प्रतिस्पर्धामा आफ्नो खाना तयार गरी प्रस्तुत गरेका थिए। त्यसैगरी दोस्रो प्रतिस्पर्धामा अन्नपूर्ण, एभरेष्ट, धौलागिरी, माछापुच्छे, लोत्से र मनास्लु छनोटमा परी तिन कोर्ष मिन्युमा साढे दुई घणटाको समय दिएको थियो। उक्त प्रतिस्पर्धाबाट उत्कृष्ट तीन समूह छानिएका छन् । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै जुरी कमिटीका सेफ पदम आले मगरले एन सि सि एस स्टार सेफ कम्पिटिसनलाई सफल बनाउने सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै सहभागी विद्यार्थीहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभएको थियो। बिजयी विद्यार्थी समूहको नाम घोषणा गर्नुअघि सम्पुर्ण सहभागी टिमहरू लाई सम्मान स्वरुप कलेजले सहभागिताको प्रमाणपत्र प्रदान गरीएको थियो। एन सि सि एस स्टार सेफ कम्पिटिसनमा तेस्रो हुन सफल टिमको नाम घोषणा गर्दै जुरी समूहका सेफ शुशिल मानन्धरले स्टेजमा विद्यार्थीलाई आमन्त्रण गर्नु भएको थियो। तेस्रो हुन सफल समूहकी अलीसा गुरुङ र बिमला गुरूङलाई आकर्षक पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी दोस्रो बिजयी विद्यार्थी समूहलाई आमन्त्रण गर्दै जुरी समूहका सेफ रामकृष्ण श्रेष्ठले विद्यार्थी समुहलाई स्टेजमा आमन्त्रण गर्नु भयो। दोस्रो बिजयी समूहका अनिमा महर्जन र रिता बज्राचार्यलाई सेफ रामकृष्ण श्रेष्ठले आकर्षक पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो। त्यसैगरी एन सि सि एस स्टार सेफ कम्पिटिसनको प्रथम स्थान हासिल गर्न सफल समूहको नाम घोषणा गर्दै जुरी समुहका सेफ पदम आले मगरले प्रथम विद्यार्थी समुहलाई स्टेजमा आमन्त्रण गर्नु भयो। प्रथम बन्न सफल अन्नपूर्ण समूहका ममता गुरुङ र तासीङ शेर्पालाई सेफ पदम आले मगरले आकर्षक पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो। एन सि सि एस स्टार सेफ कम्पिटिसन सफल बनाउने सम्पूर्ण हातहरुलाई धन्यवाद व्यक्त गर्दै कलेजका भाइस प्रिन्सिपल सन्तोष राज मास्केले सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै कार्यक्रमलाई सफल बनाउने सहयोगी हातहरुलाई धन्यवाद स्वरूप मायाको चिनो समेत प्रदान गर्नुभएको थियो। साथै उहाँले कार्यक्रमको अन्त्यमा एन सि सि एस स्टार सेफ कम्पिटिसनको दोस्रो श्रृङ्खला अन्तर कलेज कम्पिटिसनको रुपमा देशभरिका कलेजहरू सहभागी गराउने योजना भएको समेत घोषणा गर्नुभयो। यस प्रतीयोगीताको सम्पुर्ण एपीसोड हरेक शाता बिहीबार साँझ न्युज २४ टेलीभिजन बाट प्रसारण भईरहेको छ।

मुक्तिनाथ विकास बैंकको अधिकांश सूचक सुधार

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २२.२२ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत र सञ्चालन मुनाफा १९.५० प्रतिशत बढेको छ।

अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१६ गुणा रहेको छ।  प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेको छ   जगेडा कोष २१.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २०.४३ प्रतिशत र कर्जा १९.१८ प्रतिशत बढेको छ।

श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण

१९ साउन, काठमाडौं : नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।

सप्तकोशीले धार बदल्दा २० हजार सर्वसाधारण असुरक्षित

साउन  :  बुधबार बिहान त्यही ठाउँबाट बस्तीमा बाढी पस्यो ।, गत वर्ष भदौमा सप्तकोशी नदीको भंगालो जहाँबाट बस्ती छिरेको थियो  ।  उक्त बाढी बस्तीमा प्रवेश गर्दा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकाका विभिन्न वडाका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । बेलका नगरपालिकाका १, २, ३, ८ र ९ का १८ हजार र बराह क्षेत्र नगरपालिका ६ र ९ का ५०० घरधुरीका २ हजार ५०० जना बाढीबाट प्रभावित भएका छन् । जसमध्ये ७०० जना भन्दा धेरैलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुंगबाट उद्धार गरेका छन् ।  कटान नियन्त्रणका लागि समयमा नै ठोस योजना नबनाएका कारण सप्तकोशी नदीको भंगालो बस्तीमा पसेको र विपद् आएको स्थानीय बासिन्दा बताउँछन् ।

बेलकाका सुशील सेढाईंका अनुसार अहिले कोशी पसेको क्षेत्रमा २०४५ साल अगाडि कोशीको भंगालो नै थियो । नदी विस्तारै गहिरिएर पूर्वतर्फ जाँदा यो क्षेत्रमा पानी आउन छाड्यो । त्यहाँ स्थानीयबासीले बसोबास र खेतीपाती गर्न थाले ।

‘२०४५ सालको भुइँचालोपछि सप्तकोशीको बहाव पूर्वतर्फ लाग्यो  ।   उनका अनुसार पुरानो भंगालोमा फर्किएको कोशी भागलपुरबाट फेरि मूल भंगालोमा नै मिसिएको छ । सप्तकोशीले पूर्वी तटबन्ध भत्काउँदा भारतको बिहारमा ठूलो क्षति भएको थियो । पश्चिमतर्फ धार परिवर्तन गर्दा सुनसरी उदयपुर र सप्तरीमा असर गरे पनि भारतमा भने ठूलो क्षति गर्दैन । चतरा पुलदेखि एक किलोमिटर तल सप्तकोशी नदीले बहाव परिवर्तन गर्ने संकेत पोहोर नै दिएको थियो ।

अमेरिकी पलोसी फर्किएसँगै चीनले गर्‍यो सैन्य अभ्यास

२५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्। बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। किनकि उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पलोसीले बेवास्ता गरिन्। बुधवार जारी विज्ञप्तिमा चीनका विदेशमन्त्री वाङ यीले भनेका छन्, “आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन्।” अमेरिकाले आफ्नो ताइवान नीतिबारे कूटनीतिक कदम चालेको छ।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ र बिस्तारै यो आफूमा गाभिने विश्वास गर्छ। “संयुक्त राज्य अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको छ,” थप भनिएको छ।

अमेरिकाले ताइवानसँग “बलियो अनौपचारिक” सम्बन्ध कायम गर्छ जसअन्तर्गत ताइवानलाई प्रतिरक्षाका खातिर हतियार बेच्न सक्छ। अमेरिकी संसद्को सभामुख रहेकी पलोसी अमेरिकी राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कमला ह्यारिसपछि तेस्रो बरीयताकी व्यक्ति हुन्। बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्। त्यसमा “लामो दूरीको प्रत्यक्ष गोलाबारी” समेत हुनेछ।

Tokyo to Kona on Japan Airlines

Tourism has restarted in the US State of Hawaii, even though one of the most established international markets was behind. Japan now has again numerous nonstop flights to Honolulu. Now 300 miles and two islands away, Japan Airlines is also resuming nonstop service between Tokyo Narita and Kona on Hawaii Island. “Japan Airlines flight 770 from Narita International Airport to the Ellison Onizuka Kona International Airport symbolizes the re-opening of a sky bridge that will unify us and strengthen our cross-cultural bond while fortifying our efforts to enhance trade and commerce between our two nations.” During the first six months of 2022, visitors from Japan spent $86.7 million in Hawai‘i, generating $10 million in state tax revenue. In June 2022, four airline carriers operated routes between Japan and Honolulu, Hawai‘i – Japan Airlines, All Nippon Airways, Hawaiian Airlines, and ZIPAIR.

De Fries added, “International travel remains a vital component of Hawai‘i’s regenerative future as we gradually welcome back higher-spending travelers whose values are aligned with our mission of ‘Mālama Ku‘u Home’ (caring for my beloved home). Today’s service re-launch complements the steady return of flights we have seen over the past few months from our key international source markets – Japan, Canada, Korea, Australia, and New Zealand – and those we anticipate coming back online through the end of the year.” Participating dignitaries included Hawai‘i Governor David Ige and First Lady Dawn Ige, State Department of Transportation (DOT) Director Jade Butay, DOT-Airports Division Director Ross Higashi, HTA President and CEO John De Fries, U.S. Customs and Border Protection Port Director George Minamishin, and Japan Airlines Regional Manager for Hawai‘i Hiroshi Kuroda.

During a special event held at Ellison Onizuka Kona International Airport at Keāhole, HTA President and CEO John De Fries and other tourism and government stakeholders expressed their appreciation for what Japan Airlines’ service means to Hawai‘i Island and the state.

“Hawaiʻi’s history with Japan is long and unique. The strong ties between Japan and Hawaiʻi go back many generations, so the return of travel between our two nations is much like welcoming family home after a long absence,” said De Fries.  Among the passengers arriving on JAL flight 770 was Hawaiʻi County Mayor Mitch Roth, leading a Hawaiʻi Island delegation who visited sister cities in Japan. Arriving passengers were greeted after exiting the new permanent Federal Inspection Services (FIS) facility by hula performances, music by Harold Kama, Jr., lei greeting by 2022 Miss Kona Coffee Kyndra Nakamoto, and the Island of Hawaiʻi Visitors Bureau (IHVB) team. To support Hawai‘i Island businesses and local farmers, IHVB also coordinated refreshments featuring Hawaiʻi Island products from Big Island Abalone, Big Island Candies, UCC Hawai‘i, Pine Village Small Farm of Hōlualoa, and Waiākea water.