कविराम र कर्णबहादुरको सच्चियो नागरिकता

कविराम र कर्णबहादुरको सच्चियो नागरिकता

दैलेख : नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ। ‘हामीले नागरिकतामा कुकूर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकलाई नागरिकताको नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने। नेपाली नागरिकतामा ‘कुकूर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो।

साविक मेहेलतोली गाविस-६ हाल भगवतीमाई गाउँपालिका-३ मेहेलतोलीका कविराम र साविक कट्टी गाविस-६, हाल भगवतीमाई गाउँपालिका-५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो। आइतबार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकता जारी गरेको हो। तत्कालिन मेहेलतोली गाउँ पञ्चायत-६, हाल भगवतीमाई गाउँपालिका-३ मा २०१७ पुस २५ गते जन्मिएका कविराम कामी अहिले उमेरले ६२ वर्ष पुगेका छन्। तत्कालीन श्री ५ को सरकार, जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए। तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले उनलाई ‘कुकूर कामी’ नाम राखेर नेपाली नागरिकता थमाएको थियो।   नागरिकतामा अपमानजनक नाम भएको विषयमा अन्नपूर्ण पोस्ट्ले साउन १७ गते समाचार प्रकाशन गरेको थियो। साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो। गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए।

तालिबानलाई आफ्नो हेलिकप्टर दिने पाइलट

“केही मानिसहरू मसँग खुसी नहुन सक्छन्। भिन्न विचारहरू पनि हुन सक्छन् तर मैले उनीहरूलाई देश आमाजस्तो हुने भन्दै कसैले त्यसलाई घात नगर्न भन्छु,” मोहम्मद इदरिस मोमन्द भन्छन्। मोमन्द अमेरिकामा विशिष्ट तालिम लिएका केही औँलामा गन्न सकिने अफगान सैन्य पाइलटहरूमध्ये हुन्।   तर जब तालिबानले काबुल कब्जा गर्न लागिरहेका थिए, उनले आफ्ना साझेदारलाई छाडेर आफ्नो गाउँ पुग्दै त्यसअघि शत्रुका रूपमा रहेका मानिसहरूलाई हेलिकप्टर दिए।  “मेरो उद्देश्य अफगानिस्तानको सम्पत्तिको सुरक्षा गर्नु थियो ।

मोमन्द सन् २००९ मा अफगान सेनामा प्रवेश गरेका थिए। र चारवर्षे विशिष्ट तालिम कार्यक्रमका लागि वेस्ट प्वइन्ट भनिने अमेरिकाको सैन्य एकेडेमीमा जान्छन्। सुरुमा उनी पश्चिम अफगानिस्तानको हेरातमा तैनाथ भएर रुस-निर्मित एमआई-१७ हेलिकप्टरहरू उडाउने काम गरे।

मोमन्दलाई उक्त आदेशले क्रुद्ध बनायो। उनले त्यसको पालना नगर्ने निर्णय गरे।  “कमाण्डरले मलाई मेरो देशमाथि घात गर्न भनेका थिए भने म किन त्यस्तो आदेश मानूँ? राष्ट्र घात गर्नु सबैभन्दा खराब अपराध हो। त्यसैले मैले त्यसको पालना गरिनँ,” उनले भने।  उनले घर सल्लाह गरे। उनका बुवाले त्यस विषयमा खास अडान लिएका थिए।

प्रोफेशनल एजुकेसन कन्सल्टेन्सीको अस्ट्रेलियन हायर एजुकेशन फेयर आयोजना हुँदै

प्रोफेशनल एजुकेसन कन्सल्टेन्सीले यहि २०२२अगस्ट २० तारीख द एभरेस्ट हाेटल न्यू बानेश्वरमा अस्ट्रेलियन हायर एजुकेशन फेयर आयोजना गर्ने भएको छ।
स्थापनाको २९ औ वार्षिक ऊत्सव मनाइरहँदा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले बिद्यार्थीहरुको सफलता नै आफ्नो उपलब्धी मान्दै बिबिध क्रियाकलाप मार्फत बिध्यार्थी र अभिभावकहरुलाई सेवा पुर्‍याइरहेको छ।

ऊक्त शैक्षिक मेलामा अस्ट्रेलियाको अष्ट्रेलियन क्याथोलीक युनिभर्सिटी, सेन्ट्रल कुइन्जल्याड युनिभर्सिटी, क्यान्टवरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, कर्टीन युनिभर्सिटी, डेकीन युनिभर्सिटी, एक्सेेल्सीया कलेज, ग्रीफिप्त युनिभर्सिटी, मक्वायरी युनिभर्सिटी, आर एम आइ टी युनिभर्सिटी, आई सी एम एस,
ल्याट्रोब युनिभर्सिटी, नभितास्, साउदर्न क्रस युनिभर्सिटी, द युनिभर्सिटी अफ एडीलाईड, युनिभर्सिटी टेक्नोलोजी सिड्नी, युनिभर्सिटी अफ न्यु ईङ्लायान्ड, वेस्टर्न सिड्नी युनिभर्सिटी, न्यु क्यास्टल युनिभर्सिटी, जस्ता थुप्रै शैक्षिक संस्थाहरूको स्टल रहने बताईएको छ।
शैक्षिक मेलाको अस्ट्रेलियन अलायन्स ईन्सुरेन्स, ई टि एस टोफेल, पियर्सन पि टी ई एकेडेमीक सपोरटीङ पार्टनरको रुपमा रहेको छ।
बिहान १० वजे देखी बेलुकी ५ वजे सम्म सन्चालन हुने शैक्षिक मेलामा विद्यार्थीलाई लक्षीत गरी शैक्षिक परामर्श प्रदान गरीनुका साथै पढाइ हुने विषय र स्कलरसीपको बारेमा थप जानकारी दिइनेछ। बिध्यार्थी तथा अभिभावकहरुले प्रत्यक्षरूपमा युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरूका प्रतिनिधीहरु संग साक्ष्यातकार गरी बिध्यार्थीहरूले आफ्नो गन्तव्य छान्न सक्नेछन्।

नेत्रहिन युवा संघको आयोजनमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता 

काठमाडौ, साउन    : नेत्रहिन युवा संघ नेपालले अन्तरराष्ट्रिय युवा दिवसको असर पारेर आयोजना गरेको अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा कान्तिपुर इन्टरनेश्नल कलेज बिराटनगरकी छात्रा कृपा करुणा पोखरेल प्रथम भएकी छन् । राजनीतिमा युवा, समाबेशीता राजनीति र अपाङ्गता , मेरो भोट मेरो भबिष्य भन्ने बिषयमा भएको वक्तृत्वकला १५ प्रतिस्प्रर्धीलाई पछि पादै पोखरेल बिजयी भएकी हुन् ।
हाइब्रिड (भौतिक तथा अनलाइन ) माध्ययम द्वारा सम्पन्न भएको प्रतियोगितमा ९३ प्रतिस्पर्धीबाट १५ जनालाई अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।  देशभरीबाट भएको प्रतियोगितामा १५ जना बिद्यार्थीहरु सहभागी थिए ।  काठमाडौ युनिर्भसीटीका  सन्दीप थापा द्वितिय , जया मल्टीपल कलेजका सुग्यानी बिक  बिरेन्द्र तृतीय भएका थिए भने  नेश्नल कलेज धुम्बराीका सौगात वाग्ले , मेहेन्द्र मल्टीपल कलेजी छात्र  बिनिता मुल्ली सतारले सान्त्वना पुरुस्कार प्राप्त गरेका थिए । वक्तृत्वकलाको निर्णायक मण्डलमा बबिता बस्नेत, धिरेन्द्र प्रेमर्षि, रमेश प्रसाई रहनु भएको थियो ।
प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार सान्तना पुरुस्कारलाई २ हजार संगै पुस्तक र प्रमाणपत्र प्रदान गरीएको थियो । त्यस्तै प्रतियोगितामा सहभागि सबैलाई प्रमाणपत्र र पुस्तक दिइएको थियो । नेपाल नेत्रहिन युवा संघका अध्यक्ष कलानिधी भण्डारीको ्अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संञ्चालन नेत्रहिन युवा संघका महासचिब राम गरैले सञ्चालन गरेका थिए ।

भारतीय चासोमाझ चिनियाँ ‘जासुसी पानीजहाज’ श्रीलङ्कामा

एक चिनियाँ पानीजहाज भारतीय चासोबीच श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ। यो पानीजहाजले भूउपग्रह, रकेट र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणलाई निगरानी गर्न सक्छ।  बन्दरगाह अधिकारीहरूका अनुसार युआन वाङ् ५ लाई श्रीलङ्काली जल क्षेत्रमा रहँदा कुनै काम नगर्ने सर्तमा त्यहाँ रोकिन दिइएको हो।  भारतले यसअघि उक्त पानीजहाज जासुसी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै आफ्नो चासो व्यक्त गरेको समाचारहरूमा जनाइएको थियो।  श्रीलङ्काको विदेश मन्त्रालयका अनुसार उक्त पानीजहाजलाई अगस्ट २२ सम्म चिनियाँहरूले व्यवस्थापन गरिरहेको बन्दरगाहमा रहने अनुमति दिइएको हो।  विज्ञहरूलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले युआन वाङ् ५ चीनको पछिल्लो पुस्ताको जासुसी पानीजहाजमध्ये रहेको जनाएको छ।

कैयौँ भारतीय सञ्चारमाध्यमहरूले त्यसलाई “दोहोरो प्रयोजनमा प्रयोग हुने जासुसी पानीजहाज” भनेर व्याख्या गरेका छन्। पानीजहाजसम्बन्धी वेबसाइटहरूले त्यसलाई अध्ययन, अनुसन्धान र अनुगमनसम्बन्धी जहाज बताउने गर्छन्।

भायानेटको नयाँ साखा अब सुर्खेत, घोराही र तुलसीपुरमा

सुर्खेत, घोराही र तुलसीपुर , २३ साउन, २०७९ : भायानेटको नयाँ साखा अब सुर्खेत, घोराही र तुलसीपुर १ मा  सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवा पुर्याउँदै भायानेटले नयाँ साखा विस्तार गरेको छ। नेपालभरि नै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित
भायानेट कम्युनिकेसन लि। ले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ साखा विस्तार
गरेको छ।
आफ्नो ग्राहकहरूका लागि समय(समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब सुर्खेत,
घोराही र तुलसीपुरका सर्व(साधारण पनि लाभान्वित हुनेछन्। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा(फाई जस्ता
योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको  मजा लिन
पाउनेछन्।
यसै सन्दर्भमा सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई
प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्द गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई
डिभाइस र भायाटिभीको प्राइमरी सेट(अप(बक्स इन्स्टलेसन पनि निस्शुल्क पाउनेछन्। यो सुविधा भने कम्पनीले सिमित
अवधिको लागि ल्याएको छ। भायानेट सुर्खेतको सर्भिस सेन्टर बीरेन्द्रचोकमा खोलिएको छ अनि घोराही सर्भिस सेन्टर
भने बी।पी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा खोलिएको छ त्येस्तै भायानेट तुलसीपुर को सर्भिस सेन्टर मनपुर
रोड एन आई सी एशिया बैंक नजिकै खोलिएको छ ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले
नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा
परिचित भायनेट आइ। एस। ओ। ९००१स्२०१५ प्रामाणिक कम्पनी हो।

भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता
अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै
गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ।

आजको विश्व इन्टरनेटमा निर्भर रहेको छ । हाम्रो सम्पूर्ण दिनचर्याको अधिकांश हिस्सा इन्टरनेटकै सेरोफेरोमा बित्ने गर्दछ
। यस्तो अवस्थामा तीव्र गतिको इन्टरनेट सबैको आवश्यकता बनेको छ। यसैले भायानेटले तीव्र गतिको उच्च गुणस्तरीय
इन्टरनेट सेवा प्रवाह गरेर ग्राहकहरुलाई हरदम अगाडी बढ्न सहयोग पुर्याउँदै आएको छ । साथै विभिन्न सूचनामुलक,
समाचारमुलक र मनोरन्जनात्मक टिभी च्यानलहरु समेत एउटै छानामुनी उपलब्ध गराएर ग्राहकहरुलाई थप सुविधा
पनि प्रदान गर्दै आइरहेको छ । अतः आजै भायनेटको सेवा लिनु भई सधैं अद्यावधिक एवं सुसूचित र सुनिश्चित् रहनुहोस् ।

बोर्डिङ पासबोर्डिङमा यात्रुको आफ्नै अनुहार

दिल्ली र बेंगलुरु एयरपोर्टहरूले आन्तरिक यात्रुहरूको अनुहार पहिचान (फेसिएल रिकग्निसन, एफआर) को लागि एक एप ’डिजियात्रा’ सुरु गरेको छ। विमानस्थल प्रवेश, सुरक्षा जाँच र बोर्डिङ गेट तीनवटै स्थानमा एपबाटै हुनेछ । अनुसार यो एपको सहयोगमा फेसियल रिकग्निसनका आधारमा सबै चेकपोस्टमा यात्रुको प्रवेश हुनेछ।  यो एप सञ्चालनमा आएसँगै अब यात्रुले विमानस्थलमा प्रवेशका झन्झटबाट मुक्ति पाउनेछन् । एपको बेटा भर्सन भर्खरै सुरु भएको छ र चाँडै यो पूर्ण मात्रामा प्रस्ताव गर्न सकिने जनाइएको छ ।

अवधिमा गेटमा तैनाथ सुरक्षा अधिकृतले न त आफ्नो हवाई टिकट देखाउनु पर्नेछ न त परिचयपत्र देखाउनु पर्नेछ ।
टर्मिनल गेट जस्तै चेक इन काउन्टर, सेक्युरिटी चेक इन पोइन्ट र बोर्डिङ गेटमा अनुहार पहिचान गर्ने क्यामेरा रहनेछन् । फेस रिकग्निसन क्यामेराले चेक–इन काउन्टरमा पुग्ने बित्तिकै एयरलाइन्सका कर्मचारीहरूलाई तपाईंसँग सम्बन्धित सबै जानकारी उपलब्ध गराउनेछ। दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडका दिल्ली एयरपोर्टमा, यो टी थ्री टर्मिनलमा आन्तरिक यात्रुहरूको लागि सुरु गरिएको छ।

बञ्चरेडाँडामा प्रहरीको हवाईफायर

३१ साउन, काठमाडौं : बञ्चरेडाँडामा प्रहरीको हवाईफायर गरेको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।  स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता मैनालीले जानकारी दिए ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि झडप भएको थियो ।

एक सय बढी स्थानीय सडकमा – फोहोरका गाडी बीच बाटोमै रोकिए

३० साउन, काठमाडौं : अहिले बन्चरेडाँडामा एक सय बढी स्थानीय सडकमा आएका छन् ।  काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयको भनाइ छ । राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको स्थानीयको आरोप छ ।

हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ ।   राजनीतिक दलका प्रतिनिधि र स्थानीय पीडितका प्रतिनिधिहरुबीच अहिले वार्ता भैरहेको छ ।

नागरिकतासम्बन्धी विधेयक सदनमा फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले झ न्डै दुई सातादेखि विचाराधीन नागरिकता संशोधन विधेयक संसद्‌मै फिर्ता पठाइदिएकी छन्। संसद्‌का दुवै सदनबाट बहुमतले पारित उक्त विधेयकलाई प्रमाणीकरण नगरीकन फिर्ता पठाएकी हुन्।

राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै त्यसबारे जानकारी दिएको छ। उक्त वक्तव्यमा राष्ट्रपतिले “सन्देशसहित” विधेयक प्रतिनिधिसभामा फिर्ता गरेको उल्लेख छ।

वक्तव्यमा भनिएको छ, “… संघीय संस‌द्‌बाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको छ।”

संसद्‌बाट बहुमतले पारित भएको भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित कतिपय राजनीतिक दल र नागरिक समूहहरूले उक्त विधेयक फिर्ता पठाउन माग गरेका थिए।    संविधानको धारा ११३ मा भनिएको छ, “प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ।”फिर्ता भएको विधेयक पुनः संसद् बैठकमा पेस गर्नुपर्ने र बैठकले संसद्‌मै छलफल गरेर टुङ्ग्याउने वा संसदीय समितिमा पठाउनुपर्ने नियमावलीमा व्यवस्था छ।

नागरिकतासम्बन्धी विधेयक फिर्ता भए समितिमा नगई सदनबाटै टुङ्ग्याउने सम्भावना रहेको सत्तारूढ गठबन्धनका नेताहरूले  बताएका थिए।  उक्त विधेयकलाई संसद्‌को विषयगत समितिमा छलफल नगरी अघि बढाइएको थियो। पारित भएपछि गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर त्यसलाई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए।