माओवादीको लेखा र निर्वाचन समिति अध्यक्ष चयन

माओवादीको लेखा र निर्वाचन समिति अध्यक्ष चयन

१८ पुस, काठमाडौं : प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको छ । अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा बिष्णु पुकार चयन भएका छन् । नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुंगाएको छ ।

 

२०२२ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य वृद्धि

सन् २०२२ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ । २०२१ को अन्तिम दिन सुन तोलामा ६०० रुपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पुस १८ गते, आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेकाे भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि बढेको छ ।  चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २७० रुपैयाँ पुुगेको छ । शुक्रबार भने चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भएको थियो ।

 

अंग्रेजी नयाँ वर्ष २०२२ शुरु

१७ पुस, काठमाडौं : पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले  ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।  ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ ।