Future Vision of Pattaya Tourism

Future Vision of Pattaya Tourism

Amazing Thailand is the slogan, Pattaya is one of the main travel and tourism destinations in the Kingdom of Thailand. Pattaya is known for its beaches, nightlife and watersports. Pattaya is usually packed with visitors all year around. Not now! COVID-19 caught up with the city and turned it into a ghost town.

Tourism 2020 and beyond. We live in unprecedented times and never has the world had to react so drastically to safeguard its’ communities, and as we watch the hourly developments, optimism appears to be in short supply with a majority of the world’s population shutdown.

The situation in Thailand and particularly in Pattaya started at a very early stage. Chinese New Year was about to be celebrated with thousands of Chinese guests in Pattaya. No-one could believe that in a matter of a few days, all would be gone. There was some optimism as business continued virtually as normal for many, without the masses of tourist buses congesting Pattaya’s streets. How could we believe that a few weeks later tourism is virtually shut-down with hotels closed, airlines grounded, bars and nightclubs dark and the last remaining tourists desperately trying to leave.

We are now in the ‘eye of the storm’, there is an uncanny quiet in all tourist regions as the majority of Thais and the foreigners living here finally comprehend the severity of the situation. Everyone is being asked to stay at home. Many have obeyed but some did not, so we still live with a curfew.

Beleaguered by bad news from around the world it is a challenge to think of the future but maybe it is an opportunity to reflect, especially in Pattaya. From a sleeping fishing village, in the ’50s, Pattaya and it’s’ surrounding areas developed swiftly into a major tourism destination with tourism arrival figures on 15 million in 2018 and the envy of many countries. This rapid expansion drove a virtual forest fire of infrastructure development with many seeing opportunities to cash in on the ever-increasing number of visitors. With tolerant regulation, competition became rife and, in some sectors supply soon exceeded demand. The Tourism Authority of Thailand was extremely active in many developing markets and was able to secure extensive collaboration with local tour operators and charter airlines creating waves of mass tourists. I witnessed this personally on the fast-developing Russian market with Thai suppliers extremely active just as the market was opening in the early ’90s. Unfortunately, mass tourism bubbles have a tendency to burst, this happened to the Russian market in 2014 and has now also happened to the Chinese market and in effect to world markets now.

क्षेत्रगत रूपमा लकडाउनलाई खुकुलो पार्न सिफारिस

कोभिड-१९ निगरानी तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले अझै २० दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायण बिडारीले बीबीसीलाई बताएका छन्। “मे १५ तारिख (जेठ २) सम्म उडानहरू बन्द नै राख्नुपर्छ भन्ने निष्कर्ष समितिले निकालेको छ,” लकडाउनको अहिलेसम्मको अवस्था र देशका विभिन्न स्थानमा सङ्क्रमणको अवस्था कस्तो छ भन्नेबारे समितिमा विश्लेषण भएको बताइएको छ। लकडाउनको समयावधि सोमवार सकिन लागेका छ। समितिले लकडाउन जारी राख्दै क्षेत्रविशेषमा अहिले लगाइएको प्रतिबन्ध केही खुकुलो पार्न सकिने निष्कर्ष निकालेको हो।

लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा – सरकार

१३ वैशाख, काठमाडौं : उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि लकडाउनकै कारण संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष निकालेका छन् । समन्वय समितिको निष्कर्ष निकालेको छ । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।उत्पादन, ढुवानी र वितरणलाई सहज बनाउने, हिमाली जिल्लाहरूमा खुला गर्ने लगायतका सुझाव पनि बैठकमा आएको थियो ।

नेपाल कोरोनाको अति उच्च जोखिमको सूचीबाट हटायो – डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूची लेभल ३ मा झारेको छ । नेपालले पछिल्लो समय पीसीआर र र्‍यापिड टेष्टको दायरा ह्वात्तै बढाएको, संक्रमण रोक्न लकडाउनलाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाईका साथ लागू गरेको छ । कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । तर त्यसलाई हामीले सुधार गर्‍यौँ, अहिले लेभल ३ मा झरेका छौँ ,’ उनले भने । कार्यको मूल्यांकन गरी नेपालको अवस्था दुई महिना अघिको तुलनामा सुधार भएको महानिर्देशक श्रेष्ठले बताए ।

कोरोना नियन्त्रणका लागि नेपालले चालेको कदम विश्वमै उत्कृष्ठ रहेको दोहो र्‍याए । ‘नेपालमा रोग देखियो भने अवस्था भयावह हुन्छ भन्ने थियो । स्रोत साधन छैन् पार लाउन सक्दैन, परीक्षण गर्न समेत सक्दैन भन्ने जो अनुमान थियो । त्यो हामीले गलत गरिदिएका छौँ । हामीले सातवटै प्रदेशमा तिब्रगतिमा प्रयोगशाला विस्तार ग र्‍यौँ, ७७ वटै जिल्लामा र्‍यापिड टेष्ट ग र्‍यौँ, अहिले देशभरका स्थानीय तहले संकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने कामलाई बढो व्यवस्थित ढंगले गरेको छ । संघ प्रदेश र स्थानीय तहको अभुतपूर्व कार्यले कोरोनाको सम्भावित भयावह अवस्था हुनबाट जोगाउन सफल भएको छ ।

नेपालले कोभिड-१९ सँग जुझ्ने रणनीति फेर्नुपर्ने बेला आएको छ

सामान्यत: एकजना मानिसमा दुई हप्ताभित्र भाइरसले एउटा चक्र पूरा गर्नेहुँदा अब उनीहरूभन्दा बाहिर त्यो फैलिएको हुनसक्ने शङ्काका भरमा काम गर्नुपर्ने छ। ‘तेस्रो चरण’ नभनिए पनि कतिपय विज्ञहरूले उदयपुर जिल्लाको भुल्केमा सबैभन्दा बढी २८ जना कोरोनाभाइरस सङ्क्रमितहरू पुष्टि हुनुलाई सङ्क्रमण अब आफन्त वा छरछिमेकमा मात्र नभइ समुदायमा फैलिएको हुनसक्ने अवस्थाका रूपमा हेरेका छन्।

९ हजार चार सयभन्दा बढीको सङ्ख्यामा प्रयोगशालामा हुने पीसीआर विधिबाट परीक्षण गरिएको बताइए पनि त्यो पर्याप्त नभएको भन्दै आलोचना समेत हुने गरेको छ। त्यसैगरी द्रूत परीक्षण कीटबाट ३८ हजारभन्दा धेरैको परीक्षण गरिएको छ। त्यसैले जनस्वास्थ्यविज्ञ डा. शरद वन्त नेपाल कुन चरणमा छ भन्दा पनि अहिले सङ्क्रमणको मात्रा कुन तहमा पुगेको छ भनेर खोज्नु निकै महत्त्वपूर्ण रहेको बताउँछन्। आयातीत सङ्क्रमणहरू नै उच्च सङ्ख्यामा भएको भए पहिलो चरण नै पनि भयावह हुन सक्थ्यो भन्दै डा. वन्तले अहिले धेरै जटिल नबनिसकेको परिस्थितिमा ‘समुदायमा फैलिएका हुनसक्ने तर थाहा नभएका’ घटना खोज्नमा ध्यान हुनुपर्ने बताउँछन्।

‘विवादित’ अध्यादेश फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय – केपी शर्मा ओली

चौतर्फी विरोधपछि मन्त्रिपरिषद्ले फिर्ता लिएका दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् ,काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश र राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश खारेज भएको जनाएको छ । कोरोनाभाइरसको महामारी चलिरहेका बेला सरकारले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा संशोधन गर्नका लागि अध्यादेश ल्याएको भन्दै चर्को आलोचना भएको थियो। मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले गत सोमवार जारी गरेको दुई अध्यादेश ल्याउने निर्णय फिर्ता गरेको छ ।

लकडाउनको प्रभाब – सुनसान मातातिर्थ

११ वैशाख, काठमाडौं  : स्व. आफ्नो आमाको सम्झनामा दर्शन तथा दान गर्ने पबित्र स्थलको रुपमा माता तिर्थलाई लिइन्छ । नेपालको मौकि परम्परा बोकेको पबित्र तिर्थ स्थल मातातिर्थ आजक लकडाउनका कारण सुनसान भएको छ । नेपालमा यो पबित्र तिर्थस्थल सुनसान भएको पहिलो पटक हो ।

१४ औं लोकतन्त्र दिवस – ज्ञानेन्द्र शाहले नासो फिर्ता गरेको दिन

काठमाडौं, ११ वैशाख :  १४ औं लोकतन्त्र दिवस । विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको दिन । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गर्नुभएकाे थियाे । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेको थिएन ।

२०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा बीच सम्पन्न १२ बुँदे सहमतिपश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्र अनुसार अगाडि बढ्ने घोषणा गर्नुभएको थियो ।

विश्वमा अझै खराब स्थिति आउन बाँकी छ – विश्व स्वास्थ्य संगठन

अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पति र विश्व स्वास्थ्य संगठनको भूमिकाका विषयमा आरोप प्रत्यारोप चलिरहेका बेला विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका बारेमा गम्भीर चेतावनी दिएको छ । मंगलबार जेनेभामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा महानिर्देशक गिब्रियासले विश्वका सबै देशहरुलाई लकडाउन हटाउने निर्णयमा हतार नगर्न समेत अपिल गरे । उनले भने, ‘यो अवस्था एकदमै खतरनाक अवस्था हो र अहिलेको अवस्था सन् १९१८ मा देखिएको फ्लुको महामारी जस्तै हो, जुन फ्लुले विश्वमा ५ करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो । संगठनका महानिर्देशक डा.टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि विश्व स्वास्थ्य संगठन चीनप्रति लचिलो भएको आरोप लगाउँदै उपलव्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्ने निर्णय गरेका थिए ।

nepali congresh

वैशाख १७ कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ : नेपाली कांग्रेसले वैशाख १७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक १७ गते बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्नेछ । पार्टीका कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार कांग्रेसले बुधबार अन्य विपक्षी दलहरुसँग सरकारले ल्याएका दुई अध्यादेशबारे छलफल गरेको थियो।