‘४५ मिनेटमै पशुपतिनाथमा दर्शनको व्यवस्था’

‘४५ मिनेटमै पशुपतिनाथमा दर्शनको व्यवस्था’

फाल्गुन १३, २०७३- आधा घन्टादेखि ४५ मिनेटसम्ममा  पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रिमा पशुपति दर्शन गर्न आउने भक्तजन मन्दिर परिसरमा  व्यवस्था मिलाएको छ । सर्वसाधारणलाई सुविधा होस् भनेर यसपटकदेखि कोषले विशेष पास र मूल समारोह समिति पनि हटाएको छ । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले गत वर्षको भन्दा छिटो दर्शन गर्न पाउने व्यवस्था गरेको र ४५ मिनेटसम्ममा दर्शनको व्यवस्था मिलाउने लक्ष्य लिइएको बताए ।

पशुपतिनाथमा नमन गर्दै एक साधु
पशुपतिनाथमा नमन गर्दै एक साधु

Mahashivaratri_pashupatinath

आज महाशिवरात्रि पर्व

फाल्गुन १३, काठमाडौ – मुलुकभर हिन्दु धर्मावलम्बीहरूले महादेवको आराधना, भजनकीर्तन, पूजा, होम गरी महाशिवरात्रि पर्व मनाउँदैछन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातका रूपमा मनाउने हिन्दुहरूको परम्परा छ ।

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन र पूजा गर्न बिहानैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । यो दिन दर्शनार्थीहरूका लागि बिहानैदेखि मन्दिरको चारै ढोका खुला गरिन्छ । यस पर्वमा पशुपति महादेवलाई दिनमा पञ्चामृत तथा रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थमा विभाजन गरी क्रमशः दूध, दही, घिउ र महले पूजा गर्ने चलन छ ।

शिवरात्रिको अवसरमा राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने शिवरात्रिको बधाई कार्यक्रममा राष्ट्रपति रामवरण यादवसमेत सरिक हुने कार्यक्रम छ । यस पर्वलाई उपत्यकाका नेवार समुदायले भने बेग्लै रूपमा मनाउने गर्छन् । यस समुदायका केटाकेटीहरू दिनभर छरछिमेकीको घर-घरमा गई नेपालभाषामा भाखा हालेर ‘महाद्यया चिकुल बुँगद्यया इकुल शिलाचाः च्वने सा सिँ छका ती -महादेवलाई जाडो भो, गणेशलाई रिंगटा लाग्यो, जाग्राम बस्न एक कप्टेरो दाउरा देउ) भनेर दाउरा मागेर राति दोबाटो, चौबाटो र शिव मन्दिर अगाडि ती दाउरा बालेर आगो ताप्ने गर्छन् । साथै, त्यसै आगोमा हलुवा, तरकारी, रोटी आदि पकाएर खाने चलन छ ।

सर्वोच्चको आदेश स्वतन्त्र छैन – आईजीपी

काठमाडौं: ‘आईजीपीको निर्णयपछि परेको पूरक रिटमा सर्वोच्च प्रशासनबाट पेसी नै नचढाई सुनुवाइ भएर अन्तरिम आदेश भएको छ । महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले आईजीपी नियुक्तिसम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेश स्वतन्त्र नभएको बताएका छन् । ‘आईजीपीको निर्णयपछि परेको पूरक रिटमा सर्वोच्च प्रशासनबाट पेसी नै नचढाई सुनुवाइ भएर अन्तरिम आदेश भएको छ । आईजीपी नियुक्ति विवादमा बिहीबार सरकारका तर्फबाट बहस गर्दै श्रेष्ठले डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय संविधान, कानुनसम्मत भएको र अतीतका त्यस्ता विभिन्न दृष्टान्त रहेको तर्क गरे। प्रधानन्यायाधीशको एकल इजलासले सरकार पक्षलाई सुनुवाइका लागि पेसीसमेत चढाउन नदिनु कानुनी रूपमा त्रुटिपूर्ण रहेको भन्दै उनले नियुक्तिविरुद्धको रिट बदर गर्न माग गरेका छन् । आईजीपीमा नियुक्तिका लागि जयबहादुर चन्दको सिफारिस निर्णयपछि त्यसलाई रोक्न माग राखेर अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिटमा आफ्नो पक्षलाई सूचनासमेत नदिई एकतर्फी रूपमा छलफलमा डाकेको भन्दै श्रेष्ठले आपत्ति जनाएका हुन् । नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, खगराज पौडेल र सहन्यायाधिवक्ता रेवती त्रिपाठीले पनि रिट प्रराम्भिक रूपमै ‘अवैध’ देखिएको भन्दै खारेजीको माग गरे । सरकारको प्रतिरक्षामा बहस गर्ने सरकारी वकिलले प्रहरी नियमावलीको नियम ४१ ले प्रहरीको माथिल्लो तहमा मन्त्रिपरिषद्ले स्वविवेकीय अधिकार प्रयोग गर्न पाउने सुविधा दिएको भन्दै अधिवक्ता सुनिलरञ्जन सिंहको रिटमा स्थापित नजिरसमेत पेस गरेका थिए ।  अरू पदमा ज्येष्ठता आधार भए पनि प्रहरी नियमावलीअनुसार आईजीपीका लागि बन्धनकारी नभएको भनाइ श्रेष्ठको थियो । आईजीपीका लागि सर्वोच्चबाटै व्यक्तिगत क्षमता र सामथ्र्य हेर्ने गरी भएको नजिर पनि उनले पेस गरे । सशस्त्रका एआईजी दिनकरशमशेर राणाको रिटमा पनि यो नजिर स्थापित भएको भनाइ श्रेष्ठको थियो ।

स्थानीय चुनावको कार्यतालिका सार्वजनिक

११ फागुन, काठमाडौं :  सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । १७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।  वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । १९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।Election-Table

बास्तु दोष निवारण सूत्र – ज्यो अर्जुन नेपाल

तपाईंको घर, अफिस ,फ्याक्ट्री आदिमा वास्तुदोष हुन सक्छ । जसको कारण तपाईंको घरमा कलह, अफिसमा र फ्याक्ट्रीमा कामकाज बिग्रिरहेको पनि हुनसक्छ । यस्तो अवस्थामा वास्तुदोष मेटाउनु तपाईं हामी सबैको लागि तपाईं निश्चय नै राम्रो हुनेछ । विभिन्न यज्ञहरूदेखि होमहरू पनि गरिरहनु भएको छ होला । तर, म यहाँ एकदमै सरल र प्रभावकारी प्रयोगको जानकारी गराउँन चाहन्छु ।

नुन (Salt ) पनि वास्तुदोष निवारणमा उपयोगी सावित हुन्छ भन्ने धेरैलाई सुन्दा अनौठो लाग्ला । नुन हाम्रो जीवनको अभिन्न वस्तु हो । नुनबिना हामी स्वस्थ जीबनको परिकल्पना गर्न सक्दैनौँ । यसको उपयोग खानपिनमा मात्रै नभइ वास्तुशास्त्रमा पनि महत्वपूर्ण स्थान रहेकोछ ।

वास्तुदोष निवारणको लागि सादा समुद्रमा पाइने नुनलाई प्रयोगमा ल्याइने गरिन्छ । पाकेटमा आउने आयो या अन्ने तेस्तै खालको नुन होइन । बिजुलीको अर्थिङ र बर्फ जमाउनमा पनि यो नुनलाई प्रयोग गरिन्छ । यदि तपाईंको घरमा या अफिस, फ्याक्ट्रीमा उत्तरपूर्व कुना अर्थात् इशान्ने , कोणमा वास्तुदोष छ भने त्यस दिशामा शिशाको एउटा प्लेटमा २–३ मुठ्ठी ढिके नुन राखिदिने र यसलाई १५–२० दिनमा बद्लिरहने गर्नु पर्दछ । पुरानो नुनलाई वाशमेसिनमा हाल्ने र बगाइदिने यस्तो नुनलाई जहाँ पायो, त्यहीँ फ्याक्नु हुँदैन ।

घरमा रहेका ससाना बच्चाहरू प्रायः बिरामी भइरहन्छन् भने १–२ टुक्रा नुन लिएर बच्चाको टाउकोदेखि खुट्टासम्म घुमाएमा पनि बच्चाहरू ठीकठाक हुन जान्छन् । यदि ठूलाबडा मान्छे पनि बिरामी भइरहन्छन् भने शिरानीमुनि नुनलाई पोको पारेर राख्न सकिन्छ । घरमा बिहान, बेलुका भुइँ पुछपाछ गर्दा पानीमा नुन मिलाउने गरेमा पनि घरमा सुख, शान्ति, समृद्धि थपिनेछ ।

यदि तपाईंलाई मनमा दुःख, चिन्ता, भय, खिन्नता या निराशा भइरहन्छ भने दुवै हातमा केही समयसम्मको लागि नुन हालेर मुठ्ठी पार्नुस् र पछि गएर वास मेसिनमा बगाइदिनुस् । यसो गर्दा तपाईंको चित्त शान्त हुन पुग्नेछ । अन्त्यमा जुनजुन ठाउँमा वास्तुदोष छ, त्यहाँ ढिके नुन राख्ने गरेमा वास्तुदोष निवारण हुनेछ ।

nepal-police-install-missing-person-desk-600x0

20 Nepal Police DIGs transferred

KATHMANDU: The Nepal Police headquarters said As many as 20 Deputy Inspectors General (DIGs), including Prakash Aryal and Bam Bahadur Bhandari who were among the four contenders for the post of Nepal Police’s chief, have been transferred en masse.  Transfer was made by the Home Ministry on Monday, February 20, prior to a Cabinet meeting that decided to hold local elections on May 14.

गीतकार एच.के.धितालका आधुनिक गीत

गीत

आधुनिक गीत
यता फाट्छ यतै टाल्छु,फेरि फाट्छ जिबनको टालो
यता थुन्छु यतै फुट्छ,फेरि थुन्छु जिबनको कुलो
———————-****—————————-
कस्तो रहिछ मेरो भाग्य, साउनको भेल भयो
जतापनी ठक्कर खाने, दैबको नै खेल भयो
यता जोत्छु यतै बाझो,फेरि जोत्छु जिबनको हलो
यता थुन्छु यतै फुट्छ, फेरि थुन्छु जिबनको कुलो
———————–****—————————–
यता फाट्छ…….
यता थुन्छु……….
————————****—————————–
टुट्यो सबै सपना जति, जलेकोछु दिन दिनमा
सास त बाकी छ, तर मर्दैछु पल पलमा
यता भर्छु यतै खाली, फेरि भर्छु जिबनको डालो
यता थुन्छु यतै फुट्छ, फेरि थुन्छु जिबनको कुलो
———————-****——————————-
यता फाट्छ……
यता थुन्छु………
———————-****——————————-
स्वर:-करुणा सिम्खडा
संगीत तथा एरेन्ज:-मनोज राजभण्डारी
रचना:-एच.के.धिताल
एल्बम :-सौगात

महाशिवरात्रीमा एक घन्टामै दर्शन गराउन पास खारेज

काठमाडौं: विगतमा भीडभाड गर्ने सबै समस्यालाई हटाएको दाबी गर्दै कोषले यसपटक एक घन्टामै पशुपतिनाथ मन्दिरमा पुर्‍याउन पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई एक घन्टाभित्रै दर्शन गराउने भएको छ। मन्दिर प्रवेशका लागि कोषले चारवटा ठाउँबाट लाइनमा बस्ने व्यवस्था मिलाएको छ। बत्तीसपुतली/गौशालाबाट सुरु हुने लाइन पिंगलास्थानहुँदै धर्मशालालाई वाया पारेर चारशिवालय, पञ्चदेवल भएर दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने, एयरपोर्ट तर्फबाट तिलगंगा राममन्दिरहुँदै बागमती पारी आर्यघाट भएर पूर्वी ढोकाबाट मन्दिर प्रवेश गर्ने, मित्रपार्क÷गौरीघाटबाट सुरु हुने लाइन उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकीहुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने र जयबागेश्वरीबाट सुरु हुने लाइन भुवनेश्वरीहुँदै पश्चिमतर्फको ढोकाबाट मन्दिर प्रवेश गर्ने गरी व्यवस्था मिलाइएको हो।

कोषले १००१ को मूलसमारोह समिति कटौती गरेको भने एक हजार रुपैयाँ तिरेर पाउने विशेष पाससमेत खारेज गरेको छ। एक हजारजनाको समितिले आफन्त र चिनेजानेकालाई पास वितरण गरेको र विशेष पासलाई ल्याउने लैजाने गर्नु परेकाले भीड हुने भन्दै खारेज गरेको हो।

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाए – बैठक मंगलबार दिउँसो ३ बजे

काठमाडौंःसर्वदलीय बैठक मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। । मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्तावलाई मंगलबारको संसद बैठकबाट प्रक्रिया अगाडि बढाउने निर्णय सरकारले गरेपनि त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेले अबरोध गर्ने भएकाले संसद बैठक स्थागित गरिएको छ।   वैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइएको छ।  प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन्। सरकारले घोषणा गरेको स्थानीय निर्वाचन र संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्। सोमबार सरकारले आगामी वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चा आन्दोलनमा उत्रिएको थियो

नेपालमा शव पठाउन असिमले पाए १ करोड रुपैयाँ

फाल्गुन, देवकोटाका बुबाको हृदयघातबाट मृत्यु भएपछि न्युयोर्क निवासी तनहुका २२ बर्षीय युवा असिम देवकोटाले अमेरिकामा झण्डै १ करोड रुपैया प्राप्त गरेका छन् । तोडिसकिएको विमा पोलिसीबाट समेत विमा कम्पनीले असिमलाई झण्डै १ करोड रुपैया प्रदान गरेको छ। प्राप्त रकमलाई असिमले बुबाको उपहार भएको बताएका छन् । उनले आफूले अपेक्षा नगरेको रकम प्राप्त गरेको भन्दै यो रकम सदुपयोग गर्ने बताएका छन् ।  असिमका बुबा शैलेन्द्र देवकोटाले न्युयोर्क लाइफ इन्सुरेन्समा जीवन विमा गरेपनि मृत्यु हुने ताका उनले विमा तोडिसकेका थिए । न्युयोर्क लाइफ इन्सुरेन्सका प्रतिनिधी कृष्ण पोखरेलको सहयोगमा तोडिसकिएको विमाबाट समेत शैलेन्द्र देवकोटाको परिवारले ९८ हजार १ सय २७ डलर ९५ सेन्ट प्राप्त गरेका हुन् । उनले बुबाको मृत्युपछि अमेरिकाबाट नेपालमा शव पठाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । न्युयोर्क लाइफ इन्सुरेन्सका प्रतिनिधि कृष्ण पोखरेलले पनि अमेरिकामा रहेका नेपालीले जीवन विमा गरेमा मृत्यु पश्चात दाहसंस्कारका लागि चन्दा उठाउनुपर्ने अवस्था नआउने बताएका छन् ।