खाना पकाउने ग्यासको मूल्य बढ्यो

खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं : नयाँ मूल्यअनुसार अब प्रतिसिलिन्डरको उपभोक्ता मूल्य एक हजार तीन सय ५० रुपैयाँ कायम भएको नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार रातिदेखि लागु हुने गरी प्रतिसिलिन्डरमा २५ रुपैयाँ वृद्धि गरेको हो ।  छ । निगमका प्रवक्ता भानु खनालका अनुसार अन्तर्राष्ट्रिय मूल्यको आधारमा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बुधबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य वृद्धि गरिएको हो ।

supreme court of nepal

द्वन्द्वकालीन घटना छानबिन गर्ने बाटो खुल्यो – सर्वोच्च अदालत

२० माघ, काठमाडौं : आयोगले द्वन्द्वकालीन उजुरी तामेलीमा राख्नेसम्बन्धी मापदण्ड, २०७३ जारी गरेको छ ।  सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोगले बनाएको मापदण्ड बुधबार खारेज गरिदिएको छ । उक्त माप दण्ड लागू भए आयोग स्वेच्छाचारी भई द्वन्द्वका नाममा भएका गम्भीर अपराधबाट उन्मुक्तिका लागि बाटो खुल्ने खतरा पैदा हुने दाबीसहित द्वन्द्वपीडितद्वारा सर्वोच्चमा रिट दायर भएको थियो । मापदण्ड खारेज गर्ने सर्वोच्चको निर्णयसँगै आयोगले द्वन्द्वकालका सबै प्रकृतिका घटनाका उजुरीमा छानबिन गर्न आयोग बाध्य भएको छ ।  अध्यक्षसहित चारजना पदाधिकारीको बहुमतका आधारमा यो मापदण्ड जारी भएको थियो । सर्वोच्चले मापदण्ड खारेज गरे पनि पूर्ण फैसला आउन बाँकी छ । पूर्ण फैसलापछि आयोगलाई खुला रूपमा छानबिन अघि बढाउन मार्ग प्रशस्त हुनेछ ।

 

१३० पत्नीका श्रीमान्‌को शनिबार निधन

एजेन्सी : १३० जना महिलासँग विवाह गरेका नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए।  आइतबार उनको मृत्यु भएपछि हजारौं मानिस उपस्थित भएका थिए।

बेलोका निजी सहायक सलावुद्दिन बेलोले न्युज एजेन्सी अफ नाइजेरियालाई बेलो केही समयदेखि विरामी भएको जानकारी दिएका छन्। विरामी भए पनि उनको मृत्यु घरमै भएको थियो।  दुःखविना जति श्रीमती पाल्न सकिन्छ त्यति विवाह गर्ने आफ्नो हक भएको उनको भनाइ थियो। सलावुद्दिनले भने, ‘अन्तिम समयमा उहाँले मेरो अन्तिम समय उनका आखिरी समय आइपुगेजस्तो छ। अल्लाले मलाई जुन पुण्यकार्यका लागि धर्तीमा पठाउनु भएको थियो। त्यो काम पूरा भएको छ। अब खुदासँग मिल्न जाँदै छु।’ सन् २००८ मा त्यहाँका मुस्लिम धर्मगुरुहरूले बेलोका निकै आलोचना गरेका थिए। कैयौं मौलवीले उनलाई ४८ घण्टाभित्र जीवित ८६ श्रीमतीमध्ये ८४ जनालाई तलाक दिनुपर्ने आदेश दिएका थिए। त्यसको जवाफमा उनले विवाह गर्नु आफ्नो पवित्र लक्ष्य भएको बताउँदै आएका थिए। यसअघि नै बेलोका २०३ जना सन्तान छन्।