उपत्यका बन्दः प्रभाव सामान्य

उपत्यका बन्दः प्रभाव सामान्य

२० पुस, काठमाडौं । ‘सडक विस्तार पीडित’को नाममा बुधबार काठमाडौं उपत्यकामा आह्वानको प्रभाव न्युन परेको छ ।  बन्दकर्ता सडकमा देखिएका छैनन् ।  सामाखुसी क्षेत्रबाट बिहानै प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ ।  निजी तथा सार्बजनिक गाडीहरु निर्वाध चलिरहेका छन् । माइक्रो, ट्याक्सी, बस, मोटरसाइकल लगायतका गाडीहरु चलिरहेको र बन्दको प्रभाव नपरेको ट्राफिक प्रहरीले जनाएको छ ।

अभिनेता विष्णुभक्त फुयाँलको निधन

काठमाडौंःनेपाली   कलाकार रंगकर्मका चर्चित रंगकर्मी एवम् अभिनेता विष्णुभक्त फुयाँलको मंगलबार अभिनय गर्दागर्दै राजधानीको राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै कलाकार फुयाँल बेहोस भएका थिए ।अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनको निधन भएको घोषणा गरेका थिए । कलाकार फुयाँलले टेलिभिजनको हास्य सिरियल ‘तितो सत्य’ मा लामो समय अभिनय गरेका थिए । विभिन्न चलचित्र र गीतमा समेत अभिनय गरेका कलाकार फुयाँल नाट्य क्षेत्रमा समेत सक्रिय अभिनय गर्दै आएका थिए । राजा जनकको भूमिकामा देखिएका कलाकार विष्णुभक्त फुयाँलले नाटकीय शैलीमा मञ्चमा अन्तिम सास लिइरहेका थिए । राजाको अन्तिम सम्बोधनमा उनले उठेर बोल्नुु पर्ने दृश्य थियो । नबोली सँगै बसेका कलाकार आरबी रिजाललाई कोट्याउँदासम्म कलाकारहरुले फुयाँलले नाटकमा ‘इम्प्रुभाइज’ गरेछन् भन्ने सोचेका कलाकारहरु उनी ढलेपछि झस्किए । तुरुन्त नाटक रोकेर अस्पताल पु¥याएको केहि बेरमै उनको निधन भयो ।

नागरिकता त्याग्नेको विवरण यकिन छैन

पुस १८, २०७३- मन्त्रालयको नागरिकता फाँटमा आजसम्म ठ्याक्कै कति जनाले नेपाली नागरिकता त्याग गरे ?  जिल्ला प्रशासन कार्यालयहरूमा  यसको ठ्याक्कै उत्तर  गृह मन्त्रालयसँग यसको यकिन तथ्यांक छैन ।  देशैभरिका जिल्ला प्रशासन कार्यालयहरूले पठाउने मासिक रिपोर्टमा अन्य धेरै विषयवस्तु समेटिए पनि नागरिकता कतिले त्यागे भन्ने विवरण कि त पठाइँदैन अथवा पठाइए पनि पूर्ण विवरण हुँदैन ।

 ई–गर्भनेन्स शाखाले जिल्ला प्रशासन कार्यालयहरूले गरेको कामकारबाहीको विद्युतीय सूचना संग्रह गर्ने र केन्द्रीय रूपबाटै त्यसको निगरानी गर्ने गर्छ ।  ‘कुन जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले कति नागरिकता वितरण गर्‍यो भन्ने दैनिक विवरण भने हामीसँग हुन्छ,’ उनले भने, ‘जिप्रकाले अनलाइन सिस्टममै गएर तथ्य तथ्यांक भर्छन् जसको मोनिटर केन्द्रबाट हामीले गरिरहेका हुन्छौं ।

 

विवादमा तानिएका प्रधानमन्त्री प्रचण्डको सम्पति विवरण

काठमाडौंः सर्वहाराको राजनीतिक सिद्धान्त अनुसार बनेको पार्टीका प्रमुख भएपनि राजशी जीवनशैलीमा देखिने प्रधानमन्त्री प्रचण्डको सम्पति विवरण भने सर्वहाराकै जस्तो देखिएपछि सम्पत्ति विवरणमाथि धेरैले आशंका व्यक्त गरेका छन्। मन्त्रिपरिषदले बनाएको नियमावली विपरित प्रधानमन्त्री बनेको ४ महिना वित्दासम्म सम्पति विवरण सार्वजनिक गर्न ढिलाइ गरेर विवादमा तानिएका प्रधानमन्त्री प्रचण्डलाई सम्पति विवरण सार्वजनिक भइसकेपछि उठेका प्रश्नहरुको जवाफ दिन हम्मेहम्मे परेको देखिन्छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला आफैले सार्वजनिक गरेको सम्पति विवरणका कारण बहस र विवादको केन्द्रमा छन्। संविधानविद् विपिन अधिकारीको विचारमा मुलुकको तेस्रो ठूलो दलको अध्यक्ष, व्यवस्थापिका संसदको सदस्य तथा प्रधानमन्त्री जस्तो पदमा आसिन व्यक्तिको कुनै पनि बैंक खाता नदेखाइनु, प्रधानमन्त्री हुनु पूर्व बसिरहेको बासस्थानको वारेमा कुनै पनि विषय उल्लेख नै नहुनु र तलव सुविधासमेत कुनै विवरण नदेखाइएका कारण प्रधानमन्त्रीबाट सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रक्रियाकै अवमुल्यन भएको छ।

आर्थिक अनियमितता रोक्न र पारदर्शितालाई प्रवद्र्धन गर्ने उद्देश्यले सिंहदरवारभित्रका कुनै पनि सरकारी सेवामा कार्यरत कर्मचारी, व्यवस्थापिका संसदका सदस्य तथा मन्त्रिपरिषदका सदस्यहरुले अनिवार्यरुपमा एभरेष्ट बैंकमा खाता खोल्नुपर्ने र सोही खातामार्फतमात्र तलव सुुविधा बुझ्ने व्यवस्था मन्त्रिपरिषदले गरेको छ। तर, विडम्वना कार्यपालिका प्रमुख प्रधानमन्त्री स्वयंले यो नियम उल्लङ्खन गरिरहेका छन्। सुन्दाअचम्म लाग्ला, बैंक खातामा जानु पर्ने प्रधानमन्त्री प्रचण्डको तलव उनका सचिवालयका एक सदस्यले बुझ्ने गरेका छन्।