‘पापी पैसा’ हरिवंश आचार्य

‘पापी पैसा’ हरिवंश आचार्य

काठमाडौँ: हरिवंश आचार्यको शब्द तथा श्वर रहेको पैसा बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २६ देखि प्रर्दशनमा आउन लागेको ‘जात्रा’ चलचित्रको गीत सार्वजनिक भएको हो ।  हरिवंश आचार्यको शब्द तथा श्वर रहेको पैसा बोलको गीत सार्वजनिक भएको हो । प्रर्दशन मिति नजिकिँदै गर्दा  गीत सार्वजनिक गरिएको ‘जात्रा’  निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् ।  फिल्मको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको र  हरिवंशको गीतले चलचित्रलाई अझ आकर्षक बनाएको रवीन्द्रसिंह बानियाँले  जानकारी दिए ।

Tourism and Civil Aviation could ascend to the summit of Mount Ama Dablam

KATHMANDU: More than 400 climbers are all set to attempt to  Mount Ama Dablam in Khumbu region of eastern Nepal after a six-member rope fixing team successfully reached the summit of 6,812 metre-peak on Wednesday morning. “The team first reached the summit while fixing the ropes from Camp II,” he shared. Expedition Operator Association Nepal has assigned HGN to fix the ropes on Mount Ama Dablam this season. Sherpas struggled hard to open the summit route as bad weather had caused a delay to proceed with rope fixing work last week.green valley

After the Sherpas open the route to the summit, more than 400 climbers who obtained permits from the Department of Tourism (DoT) under Nepal’s Ministry of Culture, Tourism and Civil Aviation could ascend to the summit of Mount Ama Dablam now.

More than 200 foreign climbers along with their high altitude workers and support staff have already reached base camp for acclimatisation. Climbers along with their high altitude workers and support staff in acclimatisation at Mount Ama Dablam Base Camp.

chau padi in nepal

छाउपडीमुक्त गाउँ लागू गर्न सासूहरू प्रतिबद्ध

गमगढी: महिनावारी हुँदा गोठमा राख्ने आमाहरूले आफ्ना छोरीबुहारीलाई घरभित्रको बैठक कोठासम्ममा राख्ने गरेको दुई वर्ष भएपछि मध्यपश्चिमकै शोभा गाउँ नमुना बनेको छ ।  आफ्नोजस्तो कष्ट अरूले भोग्नु नपरोस् भनेर उनले छोरीबुहारी महिनावारी भएका बेला घरभित्र बैठक कोठामा राख्ने गरेकी छन् । चाँउलीजस्तै शोभा गाँउका १ सय २६ घरधुरीका आमा र सासूहरूले आफू महिनावारी हुँदा गोठमा बसेर कष्टकर दिन बिताएको भए पनि दुई वर्ष अगाडि छोरीबुहारीका लागि आफ्नो गाउँलाई छाउपडीमुक्त गाउँ घोषणा गरका थिए ।  मुगुको सदमुकाम गमगढीबाट चार घन्टा रहेको रोवा गाविस-७ शोभा गाँउकी ६० वर्षीया चाँउली बुढाले आफू महिनावारी भएका बेला गोठमा बसेको कष्टकर दिन बिर्सेकी छैनन् ।

हाल जिल्लाका ६ रुगा, रोवा, पिना, कार्कीबाडा, रारा र सेरी गाविसमा छाउपडी प्रथा तथा लैंगिक हिंसा न्यूनीकरणमार्फत मानवअधिकारको सम्मानमा अभिवृद्धि परियोजना सञ्चालन भएपछि महिनावारी हुँदा गोठमा बस्ने महिलालाई उनकै आमा, सासूहरूले घरभित्र राख्ने गरेका छन् । अहिले छाउपडी प्रथा उन्मूलनका लागि धामीझांक्रीसमेत निगरानी समितिमा बसेर अभियानमा लागेपछि सुधार आएको छ ।

dhurmush and suntali of thepowernews

धुर्मुस–सुन्तलीको एकीकृत नमुना बस्ती शुक्रवार हस्तान्तरण हुने

२०७३, कार्तिक १०:  सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नमुना बस्ती आगामी शुक्रवार हस्तान्तरण गर्ने भएका छन् ।  भुकम्पपीडितका लागि भन्दै निर्माण गरेको आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने उद्धेश्यसहित धुर्मुस–सुन्तली फाउण्डेसनले मेलम्ची नगरपालिका–८ स्थित ३० रोपनी क्षेत्रफल जग्गामा ६५ वटा भवन, पाँच बालोद्यान र एउटा खेलकुद मैदान सहितको एकीकृत बस्ती निर्माण गरेको हो । सो फाउण्डेसनले काभ्रेको पहरी गाउँमा यसअघि नै एकीकृत बस्ती अन्तरगत २० वटा घर निर्माण गरी पीडितलाई हस्तान्तरण गरेको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभागसँग समन्वय गरी सो बस्ती निर्माण गरिएको थियो ।

लोकमानले भर्ना गरेका विज्ञलाई हटाइयो- सचिवालय बन्द गरेर फाइल तानियो

काठमाडौं : कार्कीविरुद्ध संसद्‌मा महाअभियोग पेस भएपछि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोकमानसिंह कार्कीले भर्ना गरेका सबै विज्ञहरुलाई आयोगबाट हटाइएको छ । आयोगले उनीहरुलाई मंगलबार हटाएको हो। हटाइएका विज्ञमा कानुनी सल्लाहाकार कोमलप्रकाश घिमिरे, भानुभक्त पोखरेल, बालचन्द्र आचार्य, करुणाकर मल्लिक, अनुसन्धान विज्ञ माधब खत्री, भरत शर्मा, गोबद्र्धन श्रेष्ठ, केशव खरेल, भूमिसुधार विज्ञ हुपेन्द्रमणी केसी, अर्थ विज्ञ रामहरि अर्याल, संचार विज्ञ शरद अधिकारी, मेडिकल विशेषज्ञ रहेकी कार्कीकी छोरी आध्या श्री छन्। भने कार्कीको सचिवालयलाई सम्पूर्णमा रुपमा बन्द गराइएको छ । कार्तिक १७ गतेदेखि लागू हुने गरी विज्ञहरुलाई पदमुक्त गरिएको हो। सचिवालय बन्द गरिएपछि त्यहाँ रहेका सम्पूर्ण फाइल तथा कागजात पनि आयोगले आफ्नो कब्जामा लिएको छ। निलम्बन परेपछि पनि कार्कीले सचिवालयलाई परिचालन गरेर फाइल हेरिरहेको देखिएपछि आयोगले यस्तो कदम चालेको हो।

 

भैरहवामा आपत्कालीन अवतरण सुविधा

काठमाडौं: भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न  तीन हजार मिटर लामो ‘अर्वन रनवे’ तयार भएको छ । त्यहाँ आपत्कालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ । ‘रनवेको सबग्रेड तयार भइसक्यो । विमानस्थलमा सबैभन्दा महत्त्वपूर्ण रनवे निर्माण मानिन्छ । अहिले प्रि बेसको काम भइरहेको र  यो चरणमा रिभर बेल्ट मेटेरियल्स (गिट्टी र बालुवा) बाट दुई फिट रनवे माथि उठाइन्छ । अहिलेसम्म विमानस्थको २५ प्रतिशत काम सकिएको छ ।  जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडा हुनेछ । हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३/३ सय मिटर लामो सेफ्टी एरिया बनाइएको छ ।

महाअभियोग प्रस्तावमै किष्ट कलेज मुछियो

८ कात्तिक, काठमाडौं : अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको नाम महाअभियोग प्रस्तावमा आरोप लगाइएको छ ।  ‘किष्ट मेडिकल कलेज’ को प्रिन्सिपल लोकमानसिंह कार्कीका भाइ हुन् । सशस्त्र प्रहरीको भ्रष्टाचारबाट आर्जित सम्पत्तिसमेत यो कलेजमा लगानी भएको अख्तियारकै अधिकारीहरुको दाबी छ । आफ्ना नातेदारको शेयर रहेको सो कलेजमा विद्यार्थी भर्ना कोटा बढाउन लोकमानसिंह कार्की परिवारले गलत तरिकाले आर्जन गरी किष्ट कलेजमा लगानी गरेको सम्पत्तिलाई सम्पत्ति शुद्धीकरण विभागमार्फत छानविनको दायरामा ल्याइनुपर्ने र लोकमानसिंहदेखि वीरमानसिंहसम्म कारवाही चलाइनुपर्ने स्रोतको भनाइ छ ।

Krishna Sapkota’s “NEPALI MARMA: 2”

– Rakesh Sing

Artist Krishna Sapkota is coming back after two years with his brand new album “Nepali Marma: 2”

In this album, Nepali who lives in the abroad will contains their tearful stories and heartfelt stories. All total seven songs will be include in this album. Nowadays he is selecting other artists.

Two years back Artist Sapkota had lunch “Nepali Marma: 1” Krishna himself a good artist from Nepal. Krishna Believes this album will rock the Nepali Music industry.

महाअभियोग अघि बढिसक्यो अब ढिलाइ पनि हुँदैन : सभामुख

काठमाडौं :ओनसरीले आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग अख्तियार प्रमुख लोकमानविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियामा गइसकेकोले अब एउटा निश्कर्ष पुग्ने बताएकी छिन् ।  यो छिटै एउटा निश्कर्षमा टुंगिन्छ ।’   ओनसरीका अनुसार मंगलबारदेखि महाअभियोगमा प्रस्तावमा छलफल सुरु हुनेछ।   त्यसपछि मात्र हामी एउटा निश्कर्षमा पुग्छौं। महाअभियोग प्रस्ताव आइतबार संसद्‌मा पेस भइसकेको छ। ।प्रकियालाई धेरै लम्बाउनु हुँदैन।’ उनले भनिन्, ‘अब प्रकियामा ढिलाइ हुँदैन। दलहरुबीच सहमित आवश्यक छ ।

७७ बर्षीया जुन्को तावेई जापानी विश्वको पहिलो सगरमाथा आरोही महिलाको निधन

काठमाडौँ: सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला राख्न सफल ७७ बर्षीया जापानी नागरिक तावेईको जापानमा बिहीबार निधन भएको छ ।   उनको निधन बिहीबार भए पनि जापानका सञ्चार माध्यमलाई समेत शनिबार मात्र उनको निधनको खबर दिइएको छ । जनतालाई दुःखी नबनाउन तावेईको निधनको खबर ढिला गरी सार्वजनिक गरिएको बताइएको छ । तावेईले ३५ बर्षकै उमेरमा सन् १९७५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी थिइन्। उनले नेपाली गाइड आङ् छिरिङ् शेर्पाका साथमा सगरमाथा आरोहण गरेकी थिइन् ।सन् १९९२ मा तावेईले विश्वका सातै महादेशका उच्च शिखरहरुको समेत आरोहण गरेकी थिइन् ।