अमेरिकी भिसा प्रकृया सहज

us embassy nepal

अमेरिकी भिसा प्रकृया सहज

भिसा आवेदनमा नक्कली कागजात खडा गर्ने क्रम बढेपछि अमेरिकी दूतावासले आउँदो जेठ १९ देखि आवेदन प्रकृया केही सरल बनाएको छ ।
यसअघि विद्यार्थी र पर्यटक (भ्रमण) भिसाका लागि बैंक व्यालेन्स र घर जग्गा जस्ता कागजात जरुरी रहेकोमा अबदेखि आवश्यक नपर्ने गरि प्रकृया संशोधन भएको छ । दूतावासका अनुसार त्यस्ता डकुमेन्टहरु आवेदकले ल्याएमा दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइनेछ ।

जेठ १९ गते लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा निम्न कागजपत्रहरू मात्र ल्याउनु पर्नेछ :
• राहदानी
• पुराना राहदानी
• DS-160 कन्फर्मेशन पेज
• आवेदन शुल्क भुक्तानी रसिद
• फोटो
• I-20 (विद्यार्थी भिसा आवेदकका लागि)
• ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि)

अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्दछ। अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्तग गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेका छन् । कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचा सहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्त गरेपछि प्रकृया परिवर्तन गरिएको हो । स्रोत :himalayakhabar.com

pm kp oli in nepal

नेपालकै पानीजहाज चलाउँछु – प्रधानमन्त्री

४ जेठ, काठमाडौं प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले बजेटमार्फत वाहीवाही बटुल्ने कार्यक्रम ल्याउने सुईंको पाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिने दावी गरेका छन् । मंगलबार काठमाडौमा अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक उद्घाटन गर्दै कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नका लागि सरकारले घरघरमा रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले कांग्रेसको विरोधका वाबजुद काठमाडौ-तराई फास्ट ट्रयाक सरकारको लगानीमा बनाउने भन्दै केही वर्षभित्र नेपालले अाफ्नै पानीजहाज महासागरहरूमा चलाएर देखाउने उदघोष गरे ।
उनले नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ फेला नपारेर काँग्रेसले महत्वाकांक्षी कार्यक्रम भनेर विरोध गरेको भन्दै सरकार ढाल्ने कांग्रेसको प्रयासलाई सफल हुन नदिने प्रष्ट पारे ।

Tachai island over tourism damage

Tachai island over tourism damage

The park is popular with tourists and divers – who will still have access to a few dive sites in the area. Almost all Thai marine national parks close from mid-May to mid-October, for monsoon season, but Tachai will not reopen, the Bangkok Post reported.  authorities are set to close the island of Koh Tachai, saying heavy tourism is negatively affecting natural resources and the environment.The island, off Phang Nga province, is part of the Similan National Park.

“We have to close it to allow the rehabilitation of the environment both on the island and in the sea without being disturbed by tourism activities before the damage is beyond repair,” Tunya Netithammakul, director general of the Department of National Parks, Wildlife and Plants Conservation, told the Post.

Madheshi-morcha-aandolan

प्रहरीले बालुवाटारलाई चार स्थानबाट घेरा

काठमाडौं – प्रहरीले बालुवाटारलाई चार स्थानबाट घेरा हालेको छ । मधेस केन्द्रित दलको संयुक्त लोकतान्त्रिक गठबन्धनले प्रधानमन्त्री निवास परिसर बालुवाटारमा घेराउ सुरु गरेपछि त्यहाँको सुरक्षाव्यवस्था कडा पारिएको छ । पूर्वी गेट तर्फ पनि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । दक्षिणमा राष्ट्र बैंक, उत्तरमा पवित्र वर्कसप र पश्चिममा सभामुख निवासभन्दा एक सय मिटर अगाडिसम्म सुरक्षाकर्मी बसेर प्रदर्शन गर्न निषेध गरिएको छ ।
Many of India's rivers are running dry

Many of India’s rivers are running dry

“And then we will have the Damnaganga-Pinjal interlink which will sort out the Mumbai drinking water facility.”
Ms Bharti said the river-linking project would be the first in Indian history since independence in 1947.
There were also other projects aimed at supplying water for irrigation and drinking in the next few years and the ILR was a long-term scheme, she added.Following two consecutive bad monsoons, India is facing one of its worst droughts.The water crisis will be there [in the future] because of climate change but through this [inter linking of rivers] we will be able to help the people,

picture AP
picture AP

Of its 29 states, nearly half were reported to have suffered from severe water crisis this dry season. The worst hit have been Maharashtra, Uttar Pradesh and Madhya Pradesh, among others.
The federal government in Delhi has had to send trains carrying water to the worst affected places.
India has faced a water crisis for years. Its ground waters have depleted to alarming levels, mainly because of unsustainable extraction for agriculture and industries.

Madhes-Moment-attend-Foreign-People_3_644726700

सिंहदरबार घेराउमा बेलायती मार्टिन पेवर पक्राउ

काठमाडौँः सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ । ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको छ । सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको थियो । पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् । गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले आइतबार र सोमबार आन्दोलनका क्रममा केही विदेशीको समेत संलग्नता भएको सूचनाका आधारमा मन्त्रालयले अनुसन्धान अगाडि बढाएकोे जानकारी दिए । केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो ।

Madheshi-morcha-aandolan2_272311907

आज पनि सडकमा प्रदर्शन तथा धर्ना जारी राख्ने – २९ दल सम्मिलित गठवन्धन

जेष्ठ ३, विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिंहदरबार आसपासका सडकमा प्रदर्शन तथा धर्ना २०७३ राजधानी केन्द्रित आन्दोलन शुरु गरेको मधेसी मोर्चासहितको संघीय गठबन्धनले दोश्रो दिन पनि जारी राख्ने जनाएको छ । त्यसपछि सिंहदरबार घेराउ कार्यक्रमलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्नेबारे आज पुन: बैठक बसी निर्णय गरिने गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो । पटक मोर्चामा आवद्ध ७ र अन्य जनजाति सहितका २९ दल सम्मिलित गठवन्धनले आन्दोलनलाई राजधानी केन्द्रित बनाएको छ ।

simhadurbar gherau

सिंहदरबार घेराउले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँः संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमले राजधानीको यातायात अस्तव्यस्त बनेको छ ।  धर्नामा गठबन्धनका नेता राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव लगायत सहभागी छन् । सिंहदरबार वरपर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी आन्दोलनकारीलाई अघि बढ्न नदिने गरी तयारी अवस्थामा तैनाथ छन् भने आन्दोलनकारीले झन्डासहित नारा लगाइरहेका छन् । सो क्षेत्रमा भएको यातायात अवरुद्धका कारण यात्रु पैदलै गन्तव्यमा जान बाध्य छन् । सिंहदरबार क्षेत्रमा आन्दोलनकारीको धर्नास्थलतर्फ जबर्जस्ती जान खोज्ने सवारीका कारण यातायातका साधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ ।Madheshi-morcha-aandolan2_272311907

Mt-Everest-2

Mountaineers heading towards the summit of Mount Everest

KATHMANDU: Three more mountaineers successfully reached the summit of Mount Everest today, bringing the total number of ascent to 45 since the start of this year’s climbing season. Two Nepali nationals and a foreigner scaled the highest peak of the world today, Department of Tourism, 42 climbers scale Mount Everest in three days. Chhiring Temba Sherpa and Phu Temba Sherpa from Nepal, and a Swedish national named Daniel successfully scaled the Everest . A total of 1,432 mountaineers from 97 expedition teams of various countries have arrived in Nepal to climb the Mt Everest among other mountains in the Himalayan Range this year. Among them 34 will make their attempts to climb the Mt Everest.

Gyanendra_Shah

देशको अवस्थाप्रति – ज्ञानेन्द्रको असन्तुष्टि

नुवाकोटः- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएका छन् । ‘तपाईँहरुलाई देशको अहिलेको परिस्थितिबारे थाहा छँदैछ’, पाँच सय वर्ष पुरानो भैरवी मन्दिरमा पत्नी कोमलसहित पूजा गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘देशमा शान्ति आउनुपर्यो । सबैले सुख पाउनुपर्यो ।
महाभूकम्पको तिथीको भोलिपल्ट आफैंले कार हाँक्दै पत्नी कोमल, बुहारी हिमानी र नाति नातिनासहित आइपुगेका पूर्वराजा शाहले पत्रकारहरुसँगको छोटो कुराकानीमा देशप्रति चिन्ता जनाउँदै अहिलेको अवस्थामा सुधार आउनुपर्ने उल्लेख गरेका हुन् । महाभूकम्पको वार्षिक तिथीका भोलिपल्ट नुवाकोट आएका उनले आज महाअष्ठमीका दिन गोरखकाली पूजाको अवसरमा भैरवी मन्दिरमा दर्शन गरेका हुन् । त्यहाँ पूजा गरेपछि उनले डेढ किलोमिटर पैदल हिँड्दै स्थानीयबासीसँग भलाकुसरी गरेका थिए । त्यसक्रममा पूर्वराजा शाह र राजतन्त्रका पक्षमा स्थानीयबसीले चर्काे नाराबाजी पनि गरेका थिए ।
त्यसक्रममा स्थानीयबासीले ‘राजा आउ देश बचाऊ’ र ‘श्री ५ महाराजाधिराज अम्बर रहुन्’ भन्दै नाराबाजी गरेका थिए । शनिबार नुवाकोटको बट्टार बजारमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै पूर्वराजा शाहले देशमा शान्ति आउनुपर्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।