आन्दोलनरत दल र संस्थालाई वार्ताका लागि पत्राचार – प्रधानमन्त्री

Sushil-Koirala_sad

आन्दोलनरत दल र संस्थालाई वार्ताका लागि पत्राचार – प्रधानमन्त्री

काठमाडौँं । ठूलो प्रयत्न र प्रतीक्षा पछि संविधान निर्माणको अन्तिम चरणमा आइपुगेको अवस्थामा आन्दोलनले हिंसा,हत्या र अराजकता निम्त्याउनु कसैका लागि पनि स्वीकार्य र उचित हुँदैन ।”  प्रधानमन्त्री सुशील कोइरालाले संविधानका विषयमा विभिन्न माग राखी आन्दोलनमा उत्रेका राजनीतिक दल र विभिन्न संस्थालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट संविधानका विषयमा छलफल गर्न पत्राचार गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले तराई मधेस लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम(गणतान्त्रिक), तराई मधेस सद्भावना पार्टी र थारु कल्याणकारी सभाका अध्यक्ष तथा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, संयुक्त दलित आन्दोलन नेपाल, दलित नागरिक समाज, दलित सभासद् समन्वय समितिलाई पत्राचार गरी वार्ताको लागि आमन्त्रण गर्नुभएको हो ।
उहाँले भदौ १० देखि १२ गतेसम्मको अनुकूल समयमा वार्तामा बस्न सम्बन्धित दल र संस्थालाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो  । पत्रमा प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक दायित्व सम्पन्न गर्ने अन्तिम चरणमा आइपुगेको उल्लेख गर्दै भन्नुभएको छ, “संविधानसभाभित्रको वहससँगै संविधानका विषयवस्तु उपर देशव्यापी छलफल र प्रतिक्रिया पनि गम्भीर रुपमा प्रकट भइरहेका छन् । यो ऐतिहासिक क्षणमा संविधानका विषयमा व्यापक जन अभिरुची प्रकट हुनु स्वभाविक लोकतान्त्रिक प्रक्रिया हो ।”
 यस्तो महत्वपूर्ण र निर्णायक क्षणमा केही राजनीतिक दल र संस्थाहरु संविधानसभा भित्रको बहस भन्दा संविधानसभा बाहिरको आन्दोलनमा ब्यस्त भएकोमा चिन्ता प्रकट गर्दै भन्नुभएको छ,“  देशका कतिपय भागमा भएका आन्दोलनले हिंसात्मक रुप लिएको तथा जनधनको समेत क्षति भएको कारणले मलाई अझ बढी चिन्तित तुल्याएको छ ।
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको प्रक्रियामा शान्तिपूर्ण छलफल र वहसलाई नै महत्व दिंदैसंविधान निर्माणको यो ऐतिहासिक अवसरलाई पारस्परिक संवादको माध्यमबाट परिणाममुखी बनाउन सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । रासस
tikapur

टीकापुर घटना ‘कालो दिन’ – दलहरु

चितवन –  मंगलबार चितवनमा गरिएको सर्वपक्षीय भेलामा कैलालीको टीकापुरमा भएको घटनाबाट पाठ सिकेर चितवनमा पनि आन्दोलनलाई संयम बनाउने प्रतिबद्धता जाहेर भएको छ । वरिष्ठ प्रहरी उपरीक्षकसहित सुरक्षाकर्मीको कायरतापूर्वक गरिएको सामूहिक हत्याबाट सम्पूर्ण राष्ट्र स्तब्ध भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । जिल्लामा कायम सामाजिक सद्भावलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । सिंहले बन्द–हडताल हिंसात्मक हुन नदिन संयमता अपनाएर समन्वय rगरी काम गर्न आग्रह गरेका थिए । कैलालीको टीकापुर घटना नेपालको राजनीतिमा एउटा कालो दिनको रुपमा लिन सकिने चितवनका राजनीतिक दलका नेताहरुले बताएका छन् ।

एकीकृत नेकपा माओवादीका नेता घनश्याम दाहाल, राप्रपा नेपालका अध्यक्ष बद्री तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामहरि कँडेल, नेकपा–माओवादी नेता घननाथ सापकोटा, नेकपा माओवादीका नेता दुर्गा सुवेदी, नेकपा माले चितवनका सचिव पर्शुराम लामिछानेलगायतले बन्द–हडताल शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

हरेक बन्दले उद्योगी व्यापारीलाई प्रत्यक्ष मार पर्ने ,  थारू कल्याणकारिणी सभा चितवनका सभापति विश्रामसहित सल्लाहकार टिकेन्द्र चौधरी र ललित चौधरीले आफ्ना आन्दोलन शान्तिपूर्ण हुने र जिल्लामा सद्भाव भड्कन नदिने प्रतिबद्धता व्यक्त गरे ।  आदिवासी जनजाति महासङ्घ चितवनका अध्यक्ष पदम गुरूङले आ–आफ्नो माग पूरा गर्न गरिने आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा आफ्नो सङ्गठन रहेको भन्दै उनले स्थानीय प्रशासनले पनि संयमता अपनाउनुपर्ने बताए ।

टीकापुरमा सोमबार सुरक्षाकर्मीमाथि भएको योजनबद्ध आक्रमणमा संलग्न चारजनालाwerrई प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको छ । कडा सुरक्षा निगरानीमा राखिएका उनीहरुको बारेमा प्रहरीले केही सार्वजनिक गरेको छैन ।  नेपाल सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कैलालीको टीकापुरमा सोमबार मारिएका प्रहरीहरुको मरणोपरान्त एक पद बढुवा गर्ने निर्णय गरेको छ । थरुहट माग गर्दै गरिएको आन्दोलनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहति ५ र सशस्त्रका दुई हवल्दारको मृत्यु भएको थियो । मृतकका परिवरालाई क्षतिपूर्ति दिनेबारे भने बैठकले कुनै निर्णय गरेको छैन ।

Why China Is Rattling the World

Why China Is Rattling the World

China’s economy, long a reliable source of growth, is faltering, prompting concerns that are now shaking global stock markets. Companies and countries that depend heavily on trade with China are reassessing their strategies in the face of uncertainty. As China’s economy slows, countries with significant exposure to raw materials, like Australia and Brazil, are facing serious headwinds. Germany exports machinery and automobiles to China, which had been a counterbalance to slow growth in Europe.

China’s exports and imports to:

Chinese Trade is a Driving Economic Force

Gyanendra

हृदयेन्द्रलाई राजा बनाउन पूर्वराजा ज्ञानेन्द्रको दौडधूप

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गर्न भारत भ्रमणमा गएको स्रोतलाई उद्धृत गर्दै नेपाल समाचारपत्रमा खबर लेखेको छ ।   नयाँ संविधान बनाउने पूर्वसन्ध्यामा तराईलगायत मुलुकका बिभिन्न भागमा हिंसा भड्किरहेको यो अवस्थामा पूर्वराजाको भ्रमणलाई राजावादीहरूले अति महत्वका साथ लिएका छन्। हिन्दु राज्य र आफ्नो अस्तित्व जोगाउने पक्षमा पूर्वराजाले भारत भ्रमण गरेको हुनसक्ने आशंका गरिएको छ ।

अतिगोप्य भेटघाटमा भएको कुरा सार्वजनिक हुनसक्ने भन्दै सरकारी सुरक्षाकर्मीलाई नलिर्इ आफूमात्रै भ्रमणमा गएका पूर्वराजा केही दिन अझै थाइल्याण्डमै बस्ने भएका छन् । ‘खै कहिले आउनुहुन्छ थाहा छैन, हामीलाई अनिश्चित भनिएको छ,’निर्मल निवासका एक कर्मचारीले भने । थाइल्याण्डबाट पुनः भारत जाने सम्भावना रहेको भन्दै ती कर्मचारीले भने,‘केही निचोड निस्किएपछिमात्रै उहाँ नेपाल आउने सम्भावना छ।’
   पूर्वयुवराज पारसको समेत सहमतिमा छोरा हृदयेन्द्रलाई स्थान दिन पूर्व राजपरिवारको भारत भ्रमण भएको हुनसक्ने निर्मल निवास स्रोतले जनाएको छ । अतिगोप्य राजनीतिक भ्रमणमा उनले बुहारी हिमानीलाई पनि सँगै राखेका थिए । करिब एक साताअघि उनी थाइल्याण्डबाट गएर पुनः थाइल्याण्ड फर्किएका हुन् । स्रोत: –  नेपाल समाचारपत्र
dulal village

पहिरोका कारण दुलाल गाउँ नै जोखिममा

सञ्जिव दुलाल, भक्तपुरः सुडालको दुलाल बस्ती पहिरोको जोखिममा परेको छ । अविरल बर्षात्को कारण महामञ्जुश्री–नगरकोट नपा वडा नं. ५ सुडालको दुलाल बस्ती पहिरोको जोखिममा परेको हो । भुकम्पका कारण चिरा परेको स्थानमा बर्षाको पानी छिरी पहिरो जान थाले पछि उक्त स्थानमा रहेका १०० घर धुरी जोखिममा परेका छन् ।
पहिरोको कुनै जाखिम रहेको स्थान नभएपनि हाल भुकम्पका कारण चिरा परेको स्थानमा अविरल परेको पानी पस्दा दुलाल टोलको १० भन्दा बढि स्थानमा पहिरो जाँदा घर टहरा हरु जोखिममा परेको स्थानिय नारायण प्रसाद दुलालले बताए । ‘पहिरो बाटोसम्म आइपुगेको छ, दुलाल गाउँ जाने बाटो नै बन्द भएको छ केटाकेटी विद्यालय जानका लागि सवारी साधन आउने बाटो सम्म पनि छैन उनले बताए ।

dulal village

उनका अनुसार पहिरोको जोखिममा दुलाल गाउँका १०० घरहरु उच्च जोखिममा रहे पनि अहिले भने ३० बढी जोखिममा परेका छन् । ती घरहरुको आँगन सम्म नै पहिरो गइसकेको छ ।
नारायण प्रसाद दुलाल, हरिशरण दुलाल , सुर्दशन दुलाल , भुमिनारायण सापकोटा , सुरेस सापकोटा , लक्ष्मण दुलाल, कुवेर सापकोटा, अनिल सापकोटा , कुमार तिमिल्सेना , गणेशकुमार तिमिल्सेना, मक्तिनाथ दुलाल , कुमार दुलाल, विनोद दुलाल , सन्तराम दुलाल, अर्जुन दुलाल लगाएतका हरुको घर हाल पहिरोको उच्च जाखिममा रहेको स्थानिय बताउँछन् ।
स्थानीयहरुले सो ठाउँमा कहिले पनि पहिरो नगएको र उक्त स्थानहरु एक दम मजवुत भएका कारण बाउ बाजेको पाला देखी नै बस्ती रहेको जनाएका छन् । उनीहरुका अनुसार अव पनि पहिरो नरोकिने हो भने ३० घर सुरक्षित स्थान तर्फ सर्नै पर्ने बाध्यतामा रहेको स्थानिय बताउँछन् । स्रोत: mynewsnepal

Serena willams

the-meaning-of-serena-williams

There is no more exuberant winner than Serena Williams. She leaps into the air, she laughs, she grins, she pumps her fist, she points her index finger to the sky, signaling she’s No. 1. There is a belief among some African-Americans that to defeat racism, they have to work harder, be smarter, be better. Only after they give 150 percent will white Americans recognize black excellence for what it is. But of course, once recognized, black excellence is then supposed to perform with good manners and forgiveness in the face of any racist slights or attacks. Black excellence is not supposed to be emotional as it pulls itself together to win after questionable calls. And in winning, it’s not supposed to swagger, to leap and pump its fist, to state boldly, in the words of Kanye West, ‘‘That’s what it is, black excellence, baby.’’ Her joy is palpable. It brings me to my feet, and I grin right back at her, as if I’ve won something, too. Perhaps I have.

Imagine you have won 21 Grand Slam singles titles, with only four losses in your 25 appearances in the finals. Imagine that you’ve achieved two ‘‘Serena Slams’’ (four consecutive Slams in a row), the first more than 10 years ago and the second this year. A win at this year’s U.S. Open would be your fifth and your first calendar-year Grand Slam — a feat last achieved by Steffi Graf in 1988, when you were just 6 years old. This win would also break your tie for the most U.S. Open titles in the Open era, surpassing the legendary Chris Evert, who herself has called you ‘‘a phenomenon that once every hundred years comes around.’’ Imagine that you’re the player John McEnroe recently described as ‘‘the greatest player, I think, that ever lived.’’ Imagine that, despite all this, there were so many bad calls against you, you were given as one reason video replay needed to be used on the courts. Imagine that you have to contend with critiques of your body that perpetuate racist notions that black women are hypermasculine and unattractive. Imagine being asked to comment at a news conference before a tournament because the president of the Russian Tennis Federation, Shamil Tarpischev, has described you and your sister as ‘‘brothers’’ who are ‘‘scary’’ to look at. Imagine.
Claudia Rankine is the author of five collections of poetry and the Aerol Arnold Professor of English at the University of Southern California. She last wrote for the magazine about mourning in the wake of the Charleston shootings. Her most recent work, “Citizen,” was a finalist for the National Book Award and the winner of the National Book Critics Circle Award for poetry. The word ‘‘win’’ finds its roots in both joy and grace. Serena’s grace comes because she won’t be forced into stillness; she won’t accept those racist projections onto her body without speaking back; she won’t go gently into the white light of victory. Her excellence doesn’t mask the struggle it takes to achieve each win. For black people, there is an unspoken script that demands the humble absorption of racist assaults, no matter the scale, because whites need to believe that it’s no big deal. But Serena refuses to keep to that script. Somehow, along the way, she made a decision to be excellent while still being Serena. She would feel what she feels in front of everyone, in response to anyone. At Wimbledon this year, for example, in a match against the home favorite Heather Watson, Serena, interrupted during play by the deafening support of Watson, wagged her index finger at the crowd and said, ‘‘Don’t try me.’’ She will tell an audience or an official that they are disrespectful or unjust, whether she says, simply, ‘‘No, no, no’’ or something much more forceful, as happened at the U.S. Open in 2009, when she told the chair umpire, ‘‘I swear to God I am [expletive] going to take this [expletive] ball and shove it down your [expletive] throat.’’ And in doing so, we actually see her. She shows us her joy, her humor and, yes, her rage. She gives us the whole range of what it is to be human, and there are those who can’t bear it, who can’t tolerate the humanity of an ordinary extraordinary person.

tikapur, thepowernews

‘जनआन्दोलनमा कोही पनि परिचयपत्र भिरेर जाँदैन’ – थारु आन्दोलनकारी

८ भदौ, काठमाडौं । थरुहट थारुवान संयुक्त संघर्ष समितिले कैलालीको टीकापुरमा भएको नाबालक र नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको बिभत्स हत्याको जिम्मेवारी नलिने प्रष्ट पारेको छ । साथै बन्दसहितको आन्दोलन जारी राख्ने समेत बताएको छ । संघर्ष समितिका संयोजक धनिराम चौधरीले भने-‘हामी यो घटनाको जिम्मेवारी लिदैनौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हो, घुसपैठ भएकाहरुले यो अकल्पनीय घटना गराए । यसको जिम्मेवारी राज्यले लिनुपर्छ ।’  संघर्ष समितिले मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरेर एसएसपी लक्ष्मण न्यौपाने सहितको हत्याको जिम्मेवारी राज्यले लिनुपर्ने बताएको हो ।    आन्दोलनकारीको परिचयपत्र हुँदैन । यस्तो बेला को-को घुपैठ भए हामीलाई के थाहा ?’ शिवरात्रीको बेला पशुपतिनाथमा साधु सन्तहरु र भक्तजनमात्र होइन, पकेटमार पनि जान्छन् भन्दै चौधरीले थारुको आन्दोलन बद्नाम गराउने षड्यन्त्रबाट हत्याकाण्ड भएको आरोप लगाए ।  ‘वार्ताको वातावरण बनाइयोस्, झूठा मुद्दा खारेज गरियोस्, धरपकड बन्द गरियोस् र क्षति भएको धनजनको क्षतिपूर्ति दिइयोस्’- संयुक्त संघर्ष समितिले भदौ १६ गतेसम्मको आम हड्ताल कार्यक्रम यथावत रहेको र भदौ १२ गते तराईका सम्पूर्ण जिल्ला सदरमुकाम र मुख्य शहरहरुमा बिरोध सभा गर्ने जनाएको छ ।

pipeline, thepowernews, powernews

नेपाल र भारतबीच पाइपलाइन सम्झौता साकार

काठमाडौँ – पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजनामा भएको सम्झौताले २० वर्षदेखिको सपना साकार भएको छ ।  वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले सोमबार एक समारोहबीच हस्ताक्षर गर्नुभएपछि दुई देशबीच बहुप्रतिक्षित सो परियोजनाले मूर्त रुप लिन लागेको हो ।
हस्तारक्षरपछि वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले २० वर्षदेखिको सपनाका रुपमा रहेको पाइपलाइन परियोजना साकार भएको बताउनुभयो । उहाँले परियोजना निर्माणपछि नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज र लागतसमेत कम हुने दाबी गर्नुभयो । कुल रु चार अर्ब ४० करोड लागतमा निर्माण हुने ४१ किलोमिटर लम्बाइको सो पाइपलाइन परियोजनामा नेपाल र भारत सरकारको संयुक्त लगानी रहनेछ । भारतमा दुई किमी र नेपालमा ३९ किमी लम्बाई रहने सो परियोजना निर्माणमा भारतको रु तीन अर्ब २० करोड र नेपालको एक अर्ब २० करोड लागत रहने नेपाल आयल निगमले बताएको छ । पाइपलाइन विस्तारपछि बन्द र आन्दोलनका समयमा पनि मुलुकमा पट्रोलियम पदार्थको आपूर्तिमा कमी नहुने र यसले वार्षिक करिब रु ७० करोड यातायात लागत घटाउने अनुमान गरिएको छ । साथै वीरगन्ज सिमानामा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको समेत ट्राफिक जाम नहुने भएको छ ।
हस्ताक्षरपछि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला वाचा गरेअनुसार पाइपलाइन निर्माणसम्बन्धी सम्झौता भएको स्पष्ट पार्नुभयो । उहाँले दुबै सरकारको प्राथमिकतामा रहेको सो परियोजनाको निर्माणले महत्वपूर्ण आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो पाइपलाइन अमलेखगन्जबाट निजगढ हुँदै काठमाडौँसम्मको द्रुतमार्गसँगै सय किलोमिटरको पाइपलाइन विस्तार गरिने बताइएको छ । त्यसैगरी अर्को ८० देखि सय किलोमिटर पाइपलाइन विस्तार गरी नेपालका प्रमुख सहरमा पोखरा, भैरहवा, बुटवल, धादिङ लगायतलाई जोड्ने गरी चितवनसम्म विस्तार गर्न सकिने नेपाल आयल निगमले जनाएको छ । परियोजनाको निर्माणसँगै हाल अमलेखगन्जमा रहेको डिपोलाई पनि आधुनिकीकरण गरिने भएकाले पेट्रोल, डिजेल र हवाई इन्धनको भण्डारण क्षमता विस्तार गर्न सकिने जनाइएको छ । यो परियोजना सम्पन्न भएलगत्तै अमेलखगन्ज नेपालकै पेट्रोलियम पदार्थ आपूर्तिका लागि महत्वपूर्ण केन्द्रका रुपमा विकास हुनेछ । रासस

First climber to attempt Everest ascent since Nepal earthquakes

First climber to attempt Everest ascent since Nepal earthquakes

KATHMANDU – A Japanese climber will be the first to attempt to scale Mount Everest since a massive earthquake in April triggered avalanches that killed 18 climbers, shutting an industry that feeds thousands of people across Nepal. Nobukazu Kuriki, 33, of Tokyo will make a solo attempt on the 8,850-metre (29,035 feet) Everest summit along the normal Southeast Ridge route pioneered by Sir Edmund Hillary and Sherpa Tenzing Norgay in 1953, the Nepal government said on Sunday.

winner

प्रियंका थपलिया बनिन ५ औ मिस नेपाल युएस सुन्दरी

विजय थापा,न्यु योर्क–भर्खरै सम्पन्न ५ औ मिस नेपाल युएस प्रतियोगितामा नर्थ क्यारोलिनाकि प्रियंका थपलिया उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुलाई उछिन्दै ५ औ नेपाल अमेरिका सुन्दरी भएकी छिन् l नेपाल अमेरिका सुन्दरी प्रतियोगितामा मिनेसोटाकि कौशिला लामा प्रथम विजेता तथा र टेक्सासकि नेहा झा द्वितीय विजेता क्रमस भएका छन् l
यसै गरी मिस पर्सोनालिटिमा दिभ्या भण्डारी ,मिस फोटोजेनिकमा प्रियंका थपलिया ,मिस ट्यालेन्टमा नेहा झा ,मिस कल्चर एंड टुरिस्टमा शारुन गामी ,मिस पपुलरमा स्मृति गिरि ,मिस डिसीप्लेनमा सुनिता पुन तथा मिस बेस्ट वाकमा कौशिला लामा भएका छन् l
विश्व कै सम्राट राज्य न्युयोर्कमा आज साँझ ६ बजे देखि सुरु भएको उक्त कार्यक्रम न्यु योर्क स्थित नैतिक संस्कृति सङ्गीत सभा कक्षमा भएको थियो l नेपालको पुनर्निर्माणमा सहयोग गर्ने उद्धेश्यले आयोजना गरिएको ५ औ मिस नेपाल युएस प्रतियोगिताको लागि बलिवुडकि अभिनेत्री मनिषा कोइराला तथा अभिनेता गुलशन ग्रोभरको सहभागिता रहेको थियो l
यसै गरी प्रतियोगिताको लागि सीएनएन तथा फक्स न्युजका पूर्व ख्याती प्राप्त समाचार वाचिका किरण छेत्री तथा २०१० कि विश्व सुन्दरी प्रतियोगिताकि प्रथम उपबिजेता ईमा वारस तथा अन्य अन्तरराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरूको सहभागिताको बिच सांस्कृतिक कार्यक्रम सहित भव्यताको साथ सम्पन्न भएको छ l
पाचौ मिस नेपाल यु एस प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरुबाट अन्तिम १० स्थानमा पर्ने प्रतियोगिहरुमा बिभुति बराल ,लस् एन्जेलस ; दिभ्या भण्डारी ,म्यारिल्याण्ड ;ज्योत्शाना पराजुली ,ओहायो ;कौसली लामा ,मिनेसोटा ;नेहा झा ,टेक्सास ;प्रियंका थपलिया ,नर्थ क्यारोलिना ; रचना ज्ञवाली ,मिनेसोटा ;स्यारोन गामी ,न्यु योर्क ;स्मृति गिरि ,क्यालिफोर्निया तथा सुनिता पुन ब्रिटिस कोलम्बियाका सुन्दरीहरुले भाग लिएका थिए l
कार्यक्रमको उद्घाटन न्युर्योक स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदुत नारायण प्रसाद मैनालीले गर्नु भएको थियो l मुख्य आयोजक मिस नेपाल युएस हो भने कार्यक्रमको सभापतित्व डा विनोद शाहले गरेका थिए l लामो समयको मेहनत पछि अन्तत्वगत्वा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा मिस नेपाल युएस का संस्थापक अमित शाह तथा सञ्चालक समितिका निर्देशक सैलेश श्रेष्ठले सन्तुष्ट व्यक्त गर्दै यो दीर्घ कालीन परियोजना भएकोले अझ यसलाई माथि उठाउने हाम्रो प्रयास रहने बताए l

प्रियंका थपलिया बनिन ५ औ मिस नेपाल युएस सुन्दरी
प्रियंका थपलिया बनिन ५ औ मिस नेपाल युएस सुन्दरी

प्रियंका थपलिया बनिन ५ औ मिस नेपाल युएस सुन्दरी
प्रियंका थपलिया बनिन ५ औ मिस नेपाल युएस सुन्दरी

प्रियंका थपलिया बनिन ५ औ मिस नेपाल युएस सुन्दरी
प्रियंका थपलिया बनिन ५ औ मिस नेपाल युएस सुन्दरी

प्रियंका थपलिया बनिन ५ औ मिस नेपाल युएस सुन्दरी