पारसलाई भेट्न नर्भिक पुगे ज्ञानेन्द्र

Parash in nepal

पारसलाई भेट्न नर्भिक पुगे ज्ञानेन्द्र

काठमाडौं –  मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छोरा पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र आइतबार साँझ नर्भिक अस्पताल पुगेका छन् । पारसको मुटुको अप्रेशन गरी नर्भिकका चिकित्सक रमेश रावतसहितले पेस मेकर राखेपछि उनी खतरामुक्त भइसकेका छन् । अचानक मुटुमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरेर पेस मेकर राखिएका पारसलाई भेट्न ज्ञानेन्द्र खाना लिएर अस्पताल पुगेका विरामी छोरालाई हुन् । आइतबार दिउँसै आमा कोमल नर्भिक पुगिसकेकी थिइन् । उनी अप्रेशनपछि आराम गरिरहेका छोरालाई रुँघेर नर्भिकमै दिनभरी बसिन् । पत्नी हिमानी पनि कोमलसँगै पतिलाई भेट्न दिउँसै नर्भिक पुगेकी थिइन् । उनी पनि सासु कोमलसँगै पतिलाई रुँघेर दिनभर नर्भिकमै बसिन् । पारस आइतबार मध्यान्ह १२ बजे छोरा हृदयन्द्रलाई साथमा लिएर आफैं कार हाँकी नर्भिक पुगेका थिए ।

Light

चट्याङ्गको डरले बिजुली हटाएर टुकी बत्ति !

९ साउन, काभ्रे । काभ्रेको फलामेटार-९ हात्ती डाँडाकी जुनिमायाँ गोल ब्लोनले घरमा ल्याएको बिजुलीको तार निकाल्न लगाइन् । अहिले उनको परिवारले टुकी बाल्न थालेको छ ।डाँडापारि क्षेत्रमा पर्ने डाँडागाउँ, फलामेटार, साल्मेचाकल, साल्धारा, मिल्ने, गोकुले लगायतका गाविसका स्थानीयवासी हिजोआज टुकी बत्तिमा रात काट्छन् ।   चट्याङ्ग पर्दा विजुलीको तारमा हाइ भोल्टेजको करेन्ट बगेर धेरै स्थानीयले ज्यान गुमाउन थालेपछि उनीहरुले बिजुली कटौती गरेर टुकी बाल्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांक अनुसार गत वर्षमात्रै जिल्लामा चट्याङ्गले १२ जनाको ज्यान लिउको थियो । त्यस्तै ११ जना घाइते भएका थिए । विशेषगरी जिल्लाको डाँडापारि क्षेत्र नेपालकै चट्याङ्ग प्रभावित क्षेत्र भनेर चिनिन्छ । प्रहरी कार्यालयको विवरणअनुसार एक वर्षभित्र चट्याङ्गबाट मात्रै काभ्रेमा ६६ लाख ३३ हजार एक सय बराबरको क्षति भएको छ । स्रोत:  नयाँ पत्रिका

group

जनताको सुझाव समेटेर साउन ३१ गते संविधान

काठमाडौँ – प्रमुख राजनीतिक दलले जनताले दिएको सुझावलाई समावेश गरेर यही साउन ३१ गते संविधान जारी गर्ने प्रतिबद्धता जनाएका छन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का शीर्ष नेताको बैठकले त्यसका लागि आवश्यक कार्यतालिका मिलाउन सभाध्यक्षलाई जिम्मेवारी दिएका छन् । संविधान लेखनका लागि संविधानसभाले बनाएको विधि र प्रक्रिया पूरा गरेर जनताले उत्साहपूर्ण रुपमा दिएका रचनात्मक सुझावलाई समावेश गर्न ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’ लाई परिमार्जन गर्नेबारेमा प्रमुख चार दलबीच सहमति भएको छ ।

जनताले जबर्जस्त रुपमा उठाएका केही महत्वपूर्ण सुझावलाई कार्यान्वयन गर्नैपर्ने दबाबमा अहिले राजनीतिक दल छन् । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जनताबाट र संस्थागत रुपमा प्राप्त भएका सुझावले आफूहरूले अघि सारेको प्रारम्भिक मस्यौदाभित्रका अधिकांश विषयवस्तुलाई ग्रहण गरेकाले जनस्तरबाट उठेका विषयलाई सम्बोधन गर्न निकै सजिलो भएको प्रतिक्रियासमेत दिएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो – “मैले दलहरूसँग साउन ३१ गते संविधान जारी गर्न उपयुक्त हुन्छ भनेको छु, उहाँहरूले त्यसमा सहमति जनाउँदै त्यसअनुरुप अगाडि बढ्न भूमिका निर्वाह गर्ने र सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”

China and Nepal

पोखरा विमानस्थल चाँडो खोल्न छिट्टै सुरु

काठमाडौँः चीनले भूकम्पपछि अवरुद्ध अरनिको राजमार्ग सक्दो चाँडो खोल्न पहल गर्ने बताएको छ। पाँचदिने नेपाल भ्रमणमा रहेका चिनियाँ सहायक वाणिज्यमन्त्री चङ सियाङनले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा नेपाल चीन जोडने अरनिको राजमार्ग खुलाएर अवरुद्ध व्यापार र आवागमन सुचारु गर्ने चङले बताएका हुन् ।  चिनियाँ सहयोगमा बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो सुरु गर्नसमेत चिनियाँ पक्ष तयार भएको बताएको ‘नेपालको चाहना र आग्रहअनुसार राजमार्ग खुलाउन तिब्बतबाट प्राविधिक, सडक इन्जिनियरसहितको टोली नेपाल आउने चिनियाँ सहायकमन्त्रीको भनाइ थियो। भूकम्पले तहसनहस पारेको तातोपानी नाका सुचारु गर्न अध्ययन भइरहेको उनले बताएका थिए।  स्रोत : अन्नपूर्ण पोस्टमा

deepak house

Nepal earthquake: Red Cross continues to address unmet needs

KATHMANDU, Nepal – Three months after Nepal was struck by a devastating 7.8M earthquake, thousands of people continue to require humanitarian assistance in order to meet their basic needs. Since the earthquake, the Nepal Red Cross Society and the global Red Cross and Red Crescent Movement have focused their efforts on providing relief, shelter, medical care and safe water to communities in the 14 worst affected districts.

“The devastating effects of the disaster continue for many people in their daily lives,” says Dev Ratna Dhakhwa, Secretary General of the Nepal Red Cross Society. “People still need relief assistance and our priority is to reach remote communities in the mountains with supplies before they are cut off by the monsoon.”

Many roads are treacherously narrow and winding and with the rains, they are prone to frequent landslides. The Red Cross assesses on an hourly basis which routes are safe enough to transport aid. To add to the complexity, many people have left their villages because their houses were damaged by the earthquake or they fear landslides. This means that relief efforts need to be sufficiently agile to deliver services to where people are relocating.  “Although Nepali people are used to living in a challenging environment.

The Red Cross continues to focus on providing shelter materials as well as food and essential non-food relief such as household items. Medical teams remain active and the need for longer term psychological support to survivors is a priority. Distributions of cash grants have been integrated into the Red Cross response and millions of litres of clean water have been provided to survivors. “We have planned a long-term recovery programme aimed at helping people to rebuild their lives,” says Mr Panico. “This will include support to rebuild homes and livelihoods and health programmes that include improvements in the provision of water, sanitation and disease prevention. It is a massive challenge given the scale of the needs, the terrain and the huge task of rebuilding homes before the winter sets in.”

Strike

नेपाल बन्दका क्रममा ट्याक्सीभित्रै आगजनी

काठमाडौं  – शुक्रबार आह्वान् गरिएको नेपाल बन्दका क्रममा विप्लव माओवादीका कार्यकर्ताहरुले चालकलाई भित्रै राखेर ट्याक्सीभित्र आगजनी गरेका छन् ।

नयाँ बजारबाट सोह्रखुट्टेतर्फ गइरहेको बा १ ज २३०१ नम्बरको ट्याक्सीमाथि विप्लव माओवादीका कार्यकर्ताले आगजनी गरेका हुन् । ‘चालकभित्रै भएको अवस्थामा उनीहरुले एउटा पोको फालेर भागेपछि ट्याक्सी ह्वारह्वारी बल्न थालेको हो ।’
सिरहादेखि काठमाडौँ जान लागेको ना४ख ३६२२ नम्बरको ट्रकमा पृथ्वीराजमार्गस्थित चालीसे पुलमा आगजनी गरिएको हो । प्रहरीका अनुसार आगजनी गर्ने समूहको खोजी कार्य भइरहेको छ । विप्लव माओवादीका कार्यकर्ताहरुले धादिङमा ट्रक र मोटरसाइकलमाथि आगजनी गरेका छन् ।  यस्तै मलेखु धादिङवेसी सडकखण्डमा पर्ने नलाङमा सुब्बा लामा सवार बा१प १८४५ नम्बरको मोटरसाइकलमा अगजनी गरेको प्रहरीले जनाएको छ ।

kamal thapa

मस्यौदामाथि सर्वसाधारण नागरिकले सुझाव दिने समयावधि कम भएकामा आपत्ति

काठमाडौँ – व्यवस्थापिका–संसद्को  बैठकमा सभामुख सुवास नेम्वाङसँग समय लिई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले नयाँ संविधानको मस्यौदामाथि सर्वसाधारण नागरिकले सुझाव दिने समयावधि कम भएकामा आपत्ति जनाउँदै वर्षात्याम र धान रोपाइँमा व्यस्त हुन परेका नागरिकले सुझाव दिन नभ्याएको भनी ध्यानाकर्षण गराउनुभयो  । सांसद गिरीले मस्यौदामाथि सुझाव लिन मकवानपुरको हेटौँडामा जाँदा यही साउन ५ गते आफ्ना पार्टी अध्यक्ष कमल थापा, सांसद गणेश थापा र पार्टीका मकवानपुर जिल्ला अध्यक्ष नवराज विष्टमाथि भएको साङ्घातिक आक्रमणप्रति आपत्ति जनाउनुभयो । सभामुख नेम्वाङले सो घटनाका बारेमा संसद्को अर्काे बैठकमा यथार्थ जानकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही साउन १० गते आइतबार अपराह्न ३ बजे बस्नेछ ।
Madhesimorcha

संविधानको मस्यौदाको विरोधमा मधेसी मोर्चा

काठमाडौँ –  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको मस्यौदाको विरोधमा आन्दोलन जारी राख्ने निर्णय गरेको छ । मधेसी मोर्चाले ७ गते वीरगञ्ज, ८ गते भैरहवा, १० गते जनकपुर र ११ गते बिराटनगरमा विरोध सभा गर्ने निर्णय समेत गरेको छ । यद्यपी मोर्चाले मधेस बन्द स्थगित गरेको छ ।मोर्चाको बैठकले आन्न्दोललका क्रममा प्रशासनले दमन गरेको भन्दै भत्र्सना गरेको छ । मंगलबार बसेको मधेसी मोर्चाको बैठकले संविधानको मस्यौदा जनताबाट अस्वीकृत भएको ठहर गदै आन्दोलनलाई जारि राख्ने निर्णय गरेको हो ।  साथै घाइतेको निःशुल्क उपचार गर्न र पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेको छ ।

Dharahara

पहिलेको स्वरुपमा नै धरहरा बनाउन ३० करोड माग

७ साउन, काठमाडौ – गत वैशाख १२ गते गएको महाभूकम्पपछि पूर्णरुपमा ध्वस्त भएको राष्ट्रिय प्रतिकका रुपमा रहेको धरहरा निर्माणका लागि पुरातत्व विभागले सरकारसँग ३० करोड रुपैयाँ माग गरेको छ । तत्कालिन राजा रणबहादुर शाहकी महारानी ललितत्रिपुरा देवी शाहले निर्माण गराएको धरहरा यसपटक आएको महाभूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको थियो । वि.सं.१८८२ मा निर्माण भएको धरहरा १९९० साल माघ २ गते गएको महाभूकम्पपछि २ तला भाँचिएको थियो । विभागले पहिलेको स्वरुपमा नै धरहरा निर्माण गर्न उक्त लागत लाग्ने भन्दै सरकारसँग रकम माग गरेको हो ।  विभागले हरेक वर्ष ६ करोडका दरले रकम निकासा गरे पाँच वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्न सकिने यस आर्थिक वर्षबाटै निर्माण शुरु गर्ने लक्ष्य लिएको विभागले धरहराको नक्सा बनाइ सकेको छ । स्रोतः नेपाल समाचारपत्र
hindu

हिन्दू राष्ट्र नै कायम हुनुपर्ने सर्वसाधारणको माग

काठमाडौँ –  भावी संविधानमा धार्मिक स्वतन्त्रतासहितको ‘हिन्दू राष्ट्र’ कायम गर्नुपर्ने माग सर्वसाधारणले गरेका छन् । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले क्षेत्र नं ४ अन्तर्गत वडा नं १ र ३३ का नागरिकसँग आज कमलादीमा आयोजना गरेको संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव सङ्कलन कार्यक्रममा अधिकांशले मस्यौदाको धारा ४ मा ‘धर्म निरपेक्ष’ शब्द हटाई ‘हिन्दू राष्ट्र’ कायम गरिनुपर्ने माग गरेका हुन् ।
 हिन्दू सनातन धर्मावलम्बीले यो राष्ट्र निर्माण गरेका र अधिकांश जनता हिन्दू भएकाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए  । कुमारी तामाङलगायत केही वक्ताले भने हिन्दू बौद्ध, मुस्लिम र क्रिश्चियन भएको यस मुलुकमा सबैले स्वतन्त्ररूपमा आ–आफ्नो धर्मको रक्षा र प्रचार–प्रसार गर्न पाउनुपर्ने माग गरेका थिए । संविधानको प्रस्तावना भद्दा भएकाले यसलाई सरल, स्पष्ट र चुस्त बनाइनुपर्ने,  मौलिक हकमा ज्येष्ठ नागरिकको सेवा र सुरक्षाको व्यवस्था हुनुपर्ने, आमाको नामबाट पनि नागरिकता लिने व्यवस्था हुनुपर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था हुुनुपर्ने उनीहरूको भनाइ थियो  अर्थविद् प्रा डा पार्थिवेश्वर तिमल्सिनाले जनताका सुझाव संविधानमा परोस्, जनताले के–कस्ता सुझाव दिएका छन् त्यसको जानकारी गराइयोस्, स्वतन्त्रताको हक सुनिश्चित गर्ने आधार होस्, गरिबलाई निश्चित प्रतिशतसम्म कर छुट होस् भन्ने माग गर्नुभयो ।
सभासद् गगन थापाले हिजो र आज विभिन्न क्षेत्रमा आयोजना गरिएको सुझाव सङ्कलन कार्यक्रममा अधिकांश जनता हिन्दू धर्मकै पक्षमा रहेको, राष्ट्रप्रमुखदेखि सभासद्सम्मको शैक्षिक योग्यता तोकिनुपर्ने, समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने पाँच प्रतिशतसम्म ‘थ्रेसहोल्ड’ राखिनुपर्ने, सीमाङ्कन र नामाङ्कनसहितका संविधान जारी हुनुपर्ने जस्ता माग गरेका छन् भन्दै यी सुझावको अवमूल्यन हुन नदिन विस्तृत अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।अर्का समासभद् डा राजन भट्टराईले ‘‘संविधानको यो मस्यौदा पूर्ण छैन, भाषागत त्रुटिलगायत संशोधन गर्नुपर्दछ, कतिपय विषयका साथै नागरिक सरोकारका विषयमा पनि छलफल गर्नुपर्ने भएकाले सुझाव सङ्कलन गरिएको हो’’ भन्नुभयो ।
अर्का सभासद् गीता क्षेत्रीले संविधानका धेरै विषयमा व्यापक छलफल भएपनि जनताले आफ्नो संविधान आफैँ बनाउन पाउने अधिकार सुनिश्चित गर्न सुझाव उपलब्ध गराउन सबैसँग आग्रह गर्नुभयो । रासस