‘ड्राइभर’ बन्न एसएलसी पास, मन्त्री योग्यता छैन !

‘ड्राइभर’ बन्न एसएलसी पास, मन्त्री योग्यता छैन !

१८ असार, काठमाडौं । पूर्वसभासद शान्ता चौधरी आफ्ना छोराछोरीको उमेरका किशोर-किशोरीहरुसँग कक्षामा बसेर पढिरहेकी छिन् । आफू सभासद हुँदा नपढेकै कारण बेलाबेलामा चुक्नुपरेको महसुस भएपछि उनी विद्यालय भर्ना भएकी हुन् ।

सरकारले केही समयअघि सवारी चालकको लाइसेन्स लिन एसएलसी पास हुनुपर्ने प्रस्ताव ल्यायो । खासगरी सामाजिक सञ्जालमा नेता तथा सभासद हुन कुनै योग्यता नचाहिने तर, ड्राइभरको हुन किन चाहिने भन्दै आलोचना भयो ।
अहिले संविधानसभामा पेश भएको प्रस्तावित नयाँ संविधानमा प्रतिनिधिसभा वा प्रदेशसभाको सदस्य बन्न कुनै शैक्षिक योग्यता तोकिएको छैन । सभासदहरुको परिचय पुस्तिकामा प्रधानमन्त्री सुशील कोइरालाको शैक्षिक योग्यता उल्लेख छैन । जानकारहरुका अनुसार उनले आइएसम्मको अध्ययन गरेका छन् । गिरिजाप्रसाद कोइरालाको पनि शैक्षिक योग्यता खासै धेरै थिएन ।

हुन त राजनीतिज्ञलाई शैक्षिक योग्यता तोक्नुपर्छ कि पर्दैन भन्ने विश्वव्यापी बहसको विषय हो । राजनीतिक आन्दोलनमा खेेलेको भूमिकादेखि जेलनेल बसेकोलाई योग्यताका रुपमा हेर्ने प्रचलन रहँदै आएको छ ।

सुशीलपछि प्रधानमन्त्री बन्न लागेका केपी ओलीको पनि औपचारिक शैक्षिक योग्यता धेरै छैन । तर, सभासदको परिचयपुस्तिकामा उनको ओलीको शैक्षिक योग्यता अनररी पीएचडी लेखिएको छ । तर, कुन विषय र कहाँबाट भन्ने उल्लेख छैन । राजनीतिलाई योग्यतासँग हेर्न हुँदैन भन्नेहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई र विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई तुलना गर्ने गर्छन् । उनीहरुको तर्क छ, लालु धेरै पढेर पनि भ्रष्टाचारमा डुबेका छन् तर, मोदी कम पढेर पनि भारतकोे महान राजनीतिक छन् ।

यदि राजनीति गर्न कुनै योग्यता तोकिएको भए भारतले मोदी जस्ता प्रधानमन्त्री पाउने थिएन । वाल्यकालमा पितालाई रेलमा चिया बेच्न सघाएका मोदीले विद्यालय शिक्षामात्रै पार गरेका छन् । मोदीले दिल्ली विश्वविद्यालय पोलिटिकल साइन्समा डिग्री र गुजरात विश्वविद्यालयबाट अार्टमा मास्टर्सको प्रमाणपत्र पाएका छन् ।

विश्व साइकल यात्री भए गितकार…

न्यूयोर्क – युवा गायक सुनिल गिरीले विश्वसाइकल यात्री सौरव दाहाल र कल्पना खरेलको राष्ट्रिय गीतमा स्वर दिएका छन् ।दाहाल र खरेलले गाँसेका शब्दलाई सुनिलले गीत बनाएका छन् । राष्ट्रिय गीतबाट आफूहरु आशावादी रहेको सौरव र कल्पनाको भनाइ छ।दाहालले साइकलयात्रामा विश्वमाझ पुग्दा नेपाली दाजुभाइ दिदीबहिनीमा पलाएको राष्ट्रिय भावनालाई नै गीतमा कुँदेको बताए ।कल्पनाको शब्द, रामकृष्ण ढकालको स्वर र दाहालको अभियनको राष्ट्रिय गीत यसअघि नै सार्वजनिक भइसकेको छ ।

Deepak raj giri

स्टाटस लेख्दा दिपकराज लाई सभासदको फोन

ब्याङ्ग्य कलाकार दिपकराज गिरीले कृषि मन्त्री हरिप्रसाद पराजुलीलाई व्याङ्ग्य गर्दै बिहिबार अपलोड गरेको फेसबुक स्टाटस अनलाईन मिडियामा हेडलाइन बनिरहेका छन् । कलाकार गिरीको स्टाटसले संविधान सभाका सभासदको समेत ध्यान आकर्षण गरेको छ ।
 ‘स्टाटस त हिट भैरहेको छ नि’ भन्दा दिपकले भने, ‘त्यही त हिट भैरहेको छ । स्टाटस हेरेर सभासदको समेत फोन आयो ।’ नेपाली काङ्ग्रेस र नेकपा माओवादीका केही सभासदले मोबाइलमा फोन गरेको दिपकले खुलाए ।
सभासद ज्यू हरुले के भन्नु भयो त ? ‘समय सान्दर्भिक लेख्नु भएछ भन्दै बधाई दिनु भयो’ दिपकले भने । फोन गरेर बधाई दिने सभासदको नाम उल्लेख गर्न आग्रह गर्दा सभासदको नाम नखोल्दै शोभनिय हुने दिपकले बताए ।
 दिपकले लेखेको स्टाटस :
 ‘आज म लेख्दैछू….आषाढ़ १५ धान रोप्ने मुख्य दिन.. रोपेको फल्न ४ महिना लाग्नु पर्ने हो तर मन्त्री हरि पराजुलीले जे रोपे त्यस्को पर्सि पल्टै फल्यो । छंदा‘ खाँदाको मन्त्री पद बद्नामीको हिलोमा गाडियो । एमालेले सहि निर्णय पनि लियो । तर यसमा ठूलो पाठ लुकेको छ,म लगायत सबै पुरूषका लागि शिक्षा हुन सक्छ सायद यो घटना । ‘आगों छुनु, आइमाई नछुनु’। 
भ्रष्टचार गर्या भए बरू अदालत बाट प्रमाणित हुनु पथ्र्यो, लामो प्रक्रिया पछि मात्र पद जान्थ्यो, महिला छोको ४८ घन्टैमा जागिर चैट !!! कस्तो रहेछ यो ? महान् आशाराम । क्षणभरमै निराशाराम बन्न पूगे विल किल्नटनमा लेवेन्सकि चन्द्रमा मा दाग झै बनिन् । बिश्वामित्र त्यहि महिला प्रेम बाट साधु बाट आलु भए ।
 त्यसैले नयाँ आउने कृषि मन्त्री ज्यू साउन १५ मा खेत गोड्न पनि बोलाउलान् तपाइलाई ….साउन १५ मा मन्त्री ज्यू दाँया बाँया नहेरी खेत गोड्नु । राम्रा महिलाहरू आएमा मुख तिरै नहेरी हात जोडनु ।’
agriculture minister

कृषिमन्त्री पराजुलीद्वारा अन्ततः पदबाट राजीनामा

१७ असार, काठमाडौं । महिलामाथि अश्लील हर्कत गरेपछि विवादमा आएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले अन्ततः पदबाट राजीनामा दिएका छन् । सदन, समाजिक संजाल र सडकमा समेत मन्त्री पराजुलीको अश्लील गतिबिधिप्रति चर्को अलोचना भएपछि अध्यक्ष ओलीले बुधबार नै कृषिमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका थिए ।  पराजुलीले बिहीबार बिहान पार्टी अध्यक्ष केपी ओली निवास बालकोट पुगेर ओलीलाई राजीनामा बुझाएका थिए । उनको राजीनामा प्रधानमन्त्री सुशील कोइरालाले स्वीकृत गरेका छन् ।  अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमको आग्रहमा पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

Dhan Ropai

धान खेतमै मौका छोत्दै अश्लील हर्कत देखाउने कृषि मन्त्री

काठमाडौँ- धान महोत्सव मनाउन मूलपानी पुगेका कृषि मन्त्री हरि पराजुलीले अश्लील हर्कत देखाएपछि चौतर्फी आलोचित बनेका छन् । अश्लील हर्कतपछि विवादित बनेका मन्त्री पराजुली उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई भेटेर स्पष्टीकरण दिएका छन् । बुधबार अपरान्ह ४ बजे गृहमन्त्रालय प्रवेश गरेका पराजुली करीव २० मिनेटपछि निस्केका थिए । तस्वीरमा देखिएको दृश्यले नेपाली नेताको असली रुपको चरितार्थ गर्दछ भन्ने कुरा प्रश्ट छ । गृहमन्त्रीले पराजुलीको हर्कत राम्रो नभएको भन्दै असन्तुष्टि जनाएपछि उनले आफूले केही नगरेको र आयोजक कृषक महिला समूहले नै विज्ञप्ति निकालेर मिडियामा भइरहेको प्रचारको खण्डन गरेको समेत गौतमलाई बताएका थिए । पराजुलीको पछिल्लो प्रकरणबारे अध्यक्ष केपी ओलीले पनि असन्तुष्टि जनाएपछि उनको मन्त्री पद धरापमा परेको छ । उनी पार्टीभित्र बामदेव गौतम निकटस्थ मानिन्छन् ।

Dhan Ropai

Dhan Ropai 1435806468_1435745363_mantri

supreme court of nepal

विद्युतीय सामग्री खरिदमा सर्वोच्च अदालतमै भ्रष्टाचार !

७ असार, काठमाडौ । सर्वोच्च अदालत सूचना प्रविधि शाखामा कम्प्यूटर, प्रिन्टर, ल्यापटप लगायतका विद्युतीय सामग्री खरिदमा अनियमितता भएको छ । सार्वजनिक खरिद ऐन विपरीत सूचना प्रविधि समितिले खरिद सम्झौता गरेको छ । सर्वोच्चले डेस्कटप कम्प्युटर खरिद गर्न आहृवान गरेको बोलपत्रमा सबैभन्दा बढी रकम प्रस्ताव गरेको वर्ल्ड डिस्ट्रिब्युसन नेपालसँग सम्झौता गरेको छ । सो कम्पनीले प्रतिकम्प्युटर ७१ हजार चार सय रुपैयाँमा आपूर्ति गर्ने प्रस्ताव गरेको छ । तर, इन्टरनेशनल इलेक्ट्रोनिक्स कन्सर्नले ६० हजार ६ सय ३० रुपैयाँमा डेस्टकटप कम्प्युटर उपलब्ध गराउने गरी प्रस्ताव गरेको थियो ।

समितिको नेतृत्वमा प्रधानन्यायाधीस रामकुमार प्रसाद शाह छन् । समितिले करिब चार करोड रुपैयाँको कम्प्युटर, प्रिन्टर, ल्यापटप, लगायतका विद्युतीय सामग्री खरिद गर्न बोलपत्र आहृवान गरेको थियो । बोलपत्रमध्ये डेस्कटप कम्प्युटर खरिदमा मात्र संस्थालाई ४० लाख रुपैयाँभन्दा बढी हानी नोक्सानी हुने गरी सम्झौता भएको छ । एउटा इन्टर प्राइजेजले पनि वर्ल्ड डिस्ट्रिब्युसनभन्दा कम ६१ हृजार दुई सय ५४ रुपैयाँमा कम्प्युटर आपूर्ति गर्ने प्रस्ताव गरेको थियो । तर सार्वजनिक खरिद ऐनविपरीत सर्वोच्चले बढी रकम प्रस्ताव गर्नेसँग सम्झौता गरेको छ । स्रोत : नयाँ पत्रिका

unitade nation

राष्ट्रसंघले दियो राहत बन्द गर्ने चेतावनी

काठमाडौँ, १७ असार – संयुक्त राष्ट्रसंघले नेपालमा विश्व खाद्य संगठनप्रति अनावश्यक आरोप लगाएको भन्दै खाद्य सामग्री अन्य मुलुकमा लैजाने चेतावनी दिएको छ।
विश्व खाद्य कार्यक्रमले गोरखा र अन्य जिल्लामा आपूर्ति गरेको चामल र दाल कुहिएको, स्तरहीन र मानवीय उपभोगलायक नभएको भनी केही सांसद र मिडियाबाट प्रस्तुत भए पनि त्यो असत्य र नेपाली जनताबीच राष्ट्रसंघको छवि धुमिल्याउने प्रयास भएको आरोप राष्ट्रसंघका मानवीय सहायता मामिलासम्बन्धी समन्वय महाशाखाका निर्देशकले विवादका बीच नेपाल आएका निर्देशक जिङले भूकम्पबाट सर्वाधिक प्रभावग्रस्त सिन्धुपाल्चोकको भ्रमण गरी काठमाडौं आएर पत्रकारसम्मेलन गर्दै आक्रोश पोखेका हुन्। विश्व खाद्य कार्यक्रमविरुद्धको यो आरोप फिर्ता नगरिए खाद्य सामग्रीहरूको आपूर्ति बन्द गरी इराक र सिरियाजस्ता मुलुकमा लैजाने धम्की पनि उनले दिए।

यसै प्रसंगमा नेपालको प्रशासन र सरकारको रबैया पनि सहयोगात्मक नरहेको घुमाउरो अभिव्यक्ति उनले दिए। राष्ट्रसंघको ललितपुरस्थित कार्यालयमा पत्रकारहरूसँग उनले भने, केन्द्रको सरकार सहयोगी नै छ तर स्थानीय सरकार सहयोगी देखिएन। उनले खाद्य कार्यक्रमको कुहिएको चामलबारे आएको समाचारप्रति टिप्पणी गर्दै भने, ननसेन्स। स्रोत : अन्नपूर्ण पोस्ट
Earthquake in Nepal

पीडितको नाम मा स्वार्थ लुटिदै – कता हराए ४३ लाख भाँडाकुँडा ?

१६ असार, काठमाडौं । नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ–संस्थाले पठाएका किचन सामग्री कहाँ पुगे भन्नेमा सरकार बेखबर छ। पूर्ण भन्सार छुटमा नेपाल भित्र्याइएका करोडौं मूल्य बराबरका ती सामग्री अधिकांश भूकम्प पीडितसम्म पुगेको छैन।  भूकम्प पीडितलाई विदेशबाट आउने राहत सामग्री संकलन र वितरणको जिम्मेवारी सम्हालेको गृह मन्त्रालयसँग न यी सामग्री कसले भित्र्यायो तथा लग्यो भन्ने विवरण छ न त पीडितसम्म पुगेको जानकारी नै। वैशाख १२ गते ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प गएपछि जेठ २० गतेसम्म विभिन्न भन्सार नाकाबाट भन्सार छुटमा भूकम्प पीडितका लागि भन्दै लाखौं किचन सामग्री नेपाल भित्रिएको सरकारले जेठ २० गतेभित्र भूकम्प पीडितलाई आउने राहतमा सामग्रीमा भन्सार छुट दिने निर्णय गरेको थियो। यही अवधिमा करोडौं रुपैयाँ बराबरका किचन सामग्री पीडितको नाममा भित्र्याइएको हो। नागरिकलाई प्राप्त १३ वटा भन्सार नाकाबाट पूर्ण भन्सार छुटमा भित्रिएका राहत सामग्रीको सूचीमा ४३ लाखभन्दा बढी किचन सामग्री छन्। यी सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए), मेची, विराटनगर, जलेश्वर, सर्लाही, गौर, वीरगन्ज, सुक्खा बन्दरगाह भन्सार, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाट नेपाल भित्र्याइएको हो। यसरी भित्र्याइएका सामग्रीमा कुकर, कराई, तावा, प्लेट, कचौरा, ग्लास, फ्राई पेन, चम्चा, जग, चक्कु, बाल्टी, काँटा चम्चा, डाडु, पन्यु आदि छन्।

गृह मन्त्रालयले विदेशी राष्ट्र तथा संस्थाले भूकम्पपीडितलाई पठाएको नुनदेखि पानीसम्मको विवरण राखेको छ तर किचनमा प्रयोग हुने ४३ लाखभन्दा बढी सामग्रीको विवरण राखेको छैन। यो विवरण कसले राख्छ भन्ने पनि गृहलाई पत्तो छैन। गृहकै तथ्यांकअनुसार वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण देशभर कूल ५ लाख ९५ हजार ७ सय २८ घर पूर्णरूपमा ध्वस्त भएका छन्। आएका किचन सामग्री समानुपातिक हिसाबले बाँडेको भए प्रत्येक घरपरिवारको भागमा करिब आठवटा किचन सामग्री पर्थ्यो। विडम्वना, यी सामग्रीको उपयोग कसले गरिरहेको छ, सरकारी निकायलाई नै थाहा छैन। स्रोत : नागरिक

Sambidhan

संविधानको मस्यौदा आजै नागरिकले हेर्न पाउने

काठमाडौँ – संविधानसभाको मस्यौदा समितिले नयाँ संविधानको एकीकृत मस्यौदा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको छ । मंगलबार साँझ समितिका समितिका सभापति कृष्ण सिटौलाले फरक मतसहितको प्रतिवेदन बुझाएका हुन् । मस्यौदामा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने व्यवस्था हटाइएको छ । बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्थालाई संविधानको अपरिर्वतनीय धाराबाट हटाइएको छ  । संक्रमणकालीन व्यवस्था अन्तरगत संविधान जारी भएको ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव आएको थियो । तर, एमाओवादीले मिति तोक्न नहुने अडान लिएपछि छिटो गर्ने भन्ने शब्द राखिएको छ ।