सिके राउत पुर्पक्षका लागि थुनामा

सिके राउत पुर्पक्षका लागि थुनामा

काठमाडौं : जिल्ला अदालत रौतहटको आदेशले सिके राउत लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । पछिल्लो समय  सिके राउत विखण्डनकारी गतिविधि सञ्चालन गर्दै आएका थिए।

सिके राउत नेतृत्व कार्यकर्ता र प्रहरीबीच दिनभर झडप

बुटवल : रुपन्देहीको मझगवामा शनिबार दिउँसो मझगवा गाविस स्थित मर्चवार उच्च माध्यमिक विद्यालयको प्राङगढमा आमसभा गर्ने तयारी गरेका कार्यकर्तालाई प्रहरीले अवरोध गरेपछि बिहानैदेखि  सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दिनभर झडप भएको छ । गएको वर्ष सोही स्थानमा आमसभाका गरेको सिके राउत कार्यकर्ताले अहिले पनि त्यही स्थानलाई छनोट गरेका थिए ।  टाँसिएका पम्पप्लेट प्रहरीले हटाए पछि  झडप भएको थियो ।   स्वतन्त्र मधेशको माग गर्नु राष्ट्रियता विपरीत भएपछि प्रहरीले अवरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ताले झडपमा केही प्रहरी घाइते भएको जानकारी दिए ।