म्यानपावर व्यवसायीले सात दिनसम्म विदेश जाने कामदारको टिकट नकाट्ने

म्यानपावर व्यवसायीले सात दिनसम्म विदेश जाने कामदारको टिकट नकाट्ने

विभिन्न माग राखेर वैदेशिक रोजगार व्यवसायी संघ आन्दोलनमा उत्रिएको छ । उनीहरुले आफ्नो माग पुरा नभएसम्म विदेश काम गर्न जाने कामदारको कुनै पनि टिकट नकाट्ने भएको छ । विभिन्न म्यानपावर कम्पनीका अनुसार एक हप्ताभरि कुनै पनि कामदारको विदेश जाने टिकट नकाट्ने जानकारी दिएको छ। वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्षले एक हप्तासम्म पनि माग सुनुवाई नभए चरणवद्ध आन्दोलनमा जाने बताएको छ । वैदेशिक रोजगार व्यवसायी संघले ७ दिनसम्म पनि माग पुरा नभए रोजगरका सबै प्रक्रिया ठप्प पार्ने चेतावनी दिएको छ ।