बाहुनले चप्पल नलगाएको भन्दै नुवाकोटको ग्रामिणदेवीका विद्यार्थीले प्रदर्शन गरेपछि

बाहुनले चप्पल नलगाएको भन्दै नुवाकोटको ग्रामिणदेवीका विद्यार्थीले प्रदर्शन गरेपछि

 भरतसन्तोषी,नुवाकोट । नुवाकोट जिल्लाको सुदुरपुर्वी शिवपुरी गाउँ पालिका वडा नम्बर ७मा रहेको ग्रामीणदेवी माध्यमिक विद्यालयका विद्यार्थी ले एक नाटकमा सजिव अभिनय प्रस्तुत गरेका छन। “स्वास्थ्य नै धन हो”शिर्षक नाटकमा गाउँघर मै घट्ने यथार्थ घटनालाई विद्यार्थीहरुले अत्यन्त सजिव तथा मार्मिक ढंगले अभिनय प्रस्तुत गरेका हुन।कथावस्तु मा पुष्पकमल भेटुवालको अभिनय बाहुनले चप्पल नलगाएको घतलाग्दो दृश्यलाई दर्शकले दोहोर्याएर हेर्ने गरेको शिक्षक दिपक सिंह क्षेत्रीले बताए । सुशील सिटौलाको लेखन तथा डेनिस पाण्डेको निर्देशनमा रहेको उक्त नाटकमा विद्यार्थी हरु पुष्पकमल भेटुवाल,फुलमान तामाङ ,सुस्मिता तामाङ,पुष्पा भेटुवाल,राजाराम पाठक,सबिन तामाङ ,आशिष तामाङको प्रमुख भुमिका रहेको छ।यस नाटकलाई हावानेसन युटयुब च्यानल मार्फत बजारमा उपलब्ध छ।

आज फागु पुर्णिमा होली

काठमाडौं : वसन्त ऋतु आगमनको संकेत दिँदै आउने फागुमा संस्कृतिको नाममा विकृति फैलिएको छ। होलीमा गुणस्तरहीन अबिरलगायत रङका साथै अन्य केमिकलको प्रयोगले छालाको एलर्जी भई उपचार गराउन आउने गरेको चिकित्सक बताउँछन्। आँखामा अबिर वा अन्य केमिकल पर्‍यो भने लामो समयसम्म असर पुर्‍याउन सक्ने आँखा रोग विशेषज्ञ डा. मधु थापा बताउँछिन्। अबिर, रङ वा फोहोर पानी भरिएको प्लास्टिकको लोला वा पिच्कारीले लाग्यो भने आँखाको एलर्जी हुन सक्छ। होली खेल्ने पानी फोहोर र कीटाणुयुक्त छ भने त्यसले आँखालाई असर पुर्‍याउने र केमिकलको प्रयोगले एलर्जी हुन सक्छ।  आँखाको एलर्जी हुँदा आँखा चिलाउने, बिझाउने, रातो हुनेलगायत लक्षण देखिन्छ। ‘आफ्नो पनि आँखाको सुरक्षा गर्ने र अरूलाई पनि अबिर लगाइदिँदा आँखामा असर नपुर्‍याई होली मनाउनुपर्छ। अन्यथा एक दिन होली खेलेर जीवनभरि तनाव र दुःख व्यहोर्नुपर्ने हुन्छ।’