निर्वाचन अनिश्चित

निर्वाचन अनिश्चित

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले महाभियोग अघि बढाउनुको कारणबारे सोमबार बिहान पार्टीका शीर्ष नेताहरूलाई जानकारी गराउने माओवादी केन्द्र स्रोतले जनाएको छ ।   संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको ‘अवज्ञा’ का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको छ । वैशाख ३१ गते स्थानीय निर्वाचन हुन नसक्ने संकेत दिएको भोलिपल्टै सत्तापक्ष र मोर्चाको संयुक्त संशोधन प्रस्ताव दर्ता हुनु, आइतबार फास्ट ट्र्याकबाट पारित गराउने सहमतिअनुसार संशोधन अघि बढ्न नसक्नु स्थानीय निर्वाचन अनिश्चितताको प्रमाण रहेको दाबी प्रतिपक्षी दलहरूले गरेका छन् । संशोधनका लागि आवश्यक पर्ने तीन सय ९६ मत नपुग्ने देखिएका कारण संसद् बैठक चार दिन सारिएको हो । संशोधनको कार्यसूची सरकारले संसद्मा प्रस्तुत गरेको हुनाले सरकार स्वयं नै उक्त कार्यसूचीबाट पछि हट्नुपर्ने सूचना सभामुखलाई दिएपछि बैठक स्थगित भएको हो ।

  राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बस्ने बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने भएको छ । सरकारमा उपप्रधानमन्त्रीसमेतको जिम्मेवारी पाएको र संसद्मा चौथो शक्तिका रूपमा रहेको राप्रपालाई कुनै जानकारी नै नदिई प्रधानन्यायाधीशविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्नुलाई राप्रपाले सत्ताको पहिलो र दोस्रो शक्ति कांग्रेस र माओवादी केन्द्रले अपमान गरेको रूपमा लिएको छ ‘प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुँदासमेत राप्रपासँग कुनै सरोकार नराख्ने प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारमा बस्नु उचित  हुँदैन  । सत्तामा उपप्रधानमन्त्रीसहित राप्रपाबाट चार मन्त्री सहभागी छन् ।

महाअभियोग प्रस्तावमा भएको हस्ताक्षर कीर्ते !

१७ बैशाख, काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा प्रयोग भएको सांसदहरुको हस्ताक्षर ‘कीर्ते’ भएको पाइएको छ ।  प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार सत्तारुढ माओवादी केन्द्र र कांग्रेसका २५९ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा छन् भने समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् । महाअभियोग प्रस्ताव दर्ताका लागि प्रयोग भएको केही हस्ताक्षर ‘र्कीर्ते’ भएको हस्ताक्षरकर्ताहरुले बताएका छन् । महाअभियोग प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि नाम छ तर, उनको हस्ताक्षर छैन । महाअभियोगपत्रमा तपाईको नाम र हस्ताक्षर ६२ औं नम्बर छ त ? हाम्रो प्रश्नमा श्रेष्ठले भने, ‘हो र ? यो माओवादी भन्ने पार्टीले फेरि कीर्ते गरेछ, मैले कहिल्यै हस्ताक्षर गरेको छैन ।’ कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भने हस्ताक्षर नै छ । यस्तै पूर्वअर्थमन्त्री एवं कांग्रेस डा. रामशरण महतको पनि हस्ताक्षर छ । महामन्त्री शंशाक कोइराला र नेता डा. शेखर कोइरालाको पनि हस्ताक्षर छ ।mahaaaviyog