बुझिनसक्दो काठे राजनीति

Bhola Dulal

बुझिनसक्दो काठे राजनीति

उपत्यकाको वरिपरी डाँडाका फेदिमा बर्षैदेखि जमिरहेको समाज हो काठे समाज । आर्थिक तथा चेतनाको दृश्टिकोणले पछौटेपनले ग्रसित यो समाज बिकासका दृश्टिकोणले पनि पछाडी परेको छ ।

देशको राजधानी शहर काठमाडौबाट नजिक रहेर पनि काठमाडौ शहरमा हुदेै गरेको भौतिक बिकासबाट पनि वञ्चित छ । खासगरि बाहुन, क्षेत्री, तमाङ्ग, नेबार आदिको बसोबास रहेको काठ क्षेत्र लाग्छ हुम्ला जु्म्लाको पर्याय नै हो । यधपी केहि ठाँउहरु भने बिकसित हुनेक्रममा नरहेका होइनन् । शिक्षा स्वास्थ्य सार्वजनीक यातायात तथा अन्य भौतिक पुर्वाधारबाट पछाडी परेको यो समाज बर्तमान राजनीतिक बिकास क्रमबाट पनि आक्रन्त छ । बेलाबेलामा हुने राजनीतिक परिवर्तनको आन्दोलनमा काठ क्षेत्रले उल्येख्य सहभागीता नजनाएको पनि होइन । तथापी राजनीतिक पहुचका हिसाबले पनि अथवा राज्य संयन्त्रको बिषयमा काठ क्षेत्रको प्रतिनिधित्व हुन र पहुच विलकुल छैन । राजनीतिक पुर्वाग्रह राख्ने, खुट्टा तान्ने यथा स्थितिबादी सोच राख्ने काठे समाजको बिशेषता नै मान्नु पर्छ ।
नियमित रुपमा हुने आवधीक निर्वाचनमा काठ क्षेत्रले आफ्नो नेतृत्व स्थापना गर्न सकिरहेको छैन । गैर काठे नेतालाई विजयी गराउदा काठका बास्तबिक समस्याको कुनै सम्बोधन हुन सकेको छैन ।Omतैपनि काठका एकथरि युवा तिनै राजनीतिक दलको पिक्षलग्गु एवं भ¥याङ भैरेका छन् । केहि मानिसहरुले व्यतिगत कामलाई फत्त्तेगर्न सफल भएतापनि सिंगो समुदायको उत्थान हुने कुनै कार्य हुनसकेको छैन । श्रमगर्ने संस्कृतिको अभाब, सामुहिकताको अभाब तथा केहि गरौ भन्ने भाबनाको अभाब काठ क्षेत्रको दुर्वल पक्ष हो भने अर्का तिर महिलाहरुले आफुलाई व्यबसायीक बनाउदै लगेको र आर्थिक निर्भर्ता तिर उन्मुख भैरहेको देख्न सकिन्छ । स्थानिय निकायवाट विनियोजीत रकमको व्यापक दुरुपयोग हुने गरेको पनि पाइन्छ । बिभिन्र्न शीर्षकमा रकम माग गर्नै तर पारदर्शि ढंगले काम नगर्ने बिडम्वना यहा छ । भएको काम पनि दिर्धकालीन(Sustainable) छैन । आफ्ना दल नजिकाका मानिसलाई योजना पार्ने र बाहुबलको आधारमा काम सम्पन्न भएको कागज तयार पारी राष्ट्रको सम्पती दुरुपयोग गर्ने प्रणली मौलाउदै छ ।
यसरी समग्रमा भन्नुपर्दा काठ क्षेत्रमा राज्यको उपेक्षा कायमै छ । उता काठ क्षेत्रका जनता भने तिनै राजनीति दलको फुदा गासेर बस्नु बझि नसक्दो छ । Mr. Bhola Dulal, Kathmandu

kp oli

७० सदस्यीय जम्बो टोली भारत जाँदै –  प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपति भवनमा राखिने

काठमाडौं – भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका क्रममा त्यहाँको राष्ट्रपति भवनमा बसोबासको प्रबन्ध मिलाउने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवस समारोहमा सहभागी भई प्रधानमन्त्री अपराह्न नयाँदिल्ली पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले फागुन ८ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । ओलीले त्यहाँका उपराष्ट्रपति हमिद अन्सारी, मन्त्रीहरू र विभिन्न दलका नेताहरूसँग पनि भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘भारतको नाकाबन्दी र मधेस आन्दोलनपछिको अवस्थामा नेपालसँग सम्बन्ध सुधार्न चाहेको सन्देश दिन ओलीलाई उच्च सम्मान दिन लागेको देखिन्छ’,  प्रधानमन्त्रीलगायत भ्रमणमा दलका अन्य केही सदस्यलाई भारतीय राष्ट्रपति भवनमै बसोबासको प्रबन्ध मिलाउन लागिएको छ । यसअघि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भारत भ्रमणका क्रममा राष्ट्रपति भवनमा बसोबासको व्यवस्था मिलाइएको थियो । २०६३ मा राजतन्त्र अन्त्य भएयता नेपालका सरकार तथा राष्ट्रप्रमुखलाई राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाइएको थिएन ।

 प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला विज्ञ गोपाल खनाल, प्रेस सल्लाहकार प्रमोद दाहाल, विभिन्न दलका सभासद्समेत रहने शिष्टाचार महाशाखाका ती उच्च अधिकारीले जनाए । ऊर्जा, अर्थ, वाणिज्य, आपूर्ति मन्त्रालयका सचिव एवं सहसचिवसमेत भ्रमण टोलीमा रहने भएका छन् । ‘मन्त्रिपरिषद्ले भ्रमण दलमा रहने सदस्यको नाम थपघट गर्न सक्छ’,
Nepali Congress (@NepaliCongress

दिवंगत सुशील कोइरालाको विरासत लिन नेपाली कांग्रेसभित्र तँछाड-मछाड

काठमाडौं- १३औं महाधिवेशनबाट कोइराला परिवारमा नेतृत्व आउने सम्भावना नरहेको विश्लेषणसहित सशांक र शेखरले पौडेललाई समर्थन गर्ने संकेत गरेका छन्।  कोइरालाको उत्तराधिकारीका रूपमा आफूलाई सावित गर्न कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेता सक्रिय भएका हुन्।Nepali Congress (@NepaliCongressसभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै कार्यवाहक सभापति पौडेलले शनिबार कोइरालानिवास महाराजगन्जमा बोलाएको बैठकमा महामन्त्रीद्वय सिंह र पौडेलले पनि सभापतिको दाबी प्रस्तुत गरेका छन्। तर, महिला उपसभापतिको आकांक्षीका रूपमा पार्टी नेता–कार्यकर्ताले गिरिजाप्रसाद पुत्री सुजातालाई हेरिरहेका बेला सभापति प्रत्यासीबाट पछि नहट्ने बताउँदै आएकी छन्। संशाक र शेखरसँग शुक्रबार पौडेलले छलफल गरे पनि सुजातासँग भने भेट भइनसकेको निकट स्रोतको दाबी छ।

 दिवंगत सभापति सुशील कोइरालाको विरासत लिन नेपाली कांग्रेसभित्र उनकै पक्षका नेताहरूबीच तँछाड-मछाड सुरु भएको छ।  वरिष्ठ नेता शेरबहादुर देउवा सभापति प्रत्यासीका रूपमा प्रचारमा जुटिसकेका बेला संस्थापनबाटै सुजाता कोइरालाले सुशील कोइरालाको निधनअघि सभापति प्रत्यासी बन्ने घोषणा गरिसकेकी छन्।  दिवंगत सभापति कोइरालाको अन्त्येष्टिअघि नै आफूलाई सभापतिका रूपमा प्रस्तुत गर्दै नेता–कार्यकर्तासँग सहयोगका लागि आग्रह गरेका नेताहरूले पछिल्ला दिनमा भेटघाट तीव्र बनाएका छन्। कोइरालाको ‘लिगेसी’ लिन कार्यवाहक सभापति पौडेलले शनिबार उनकै निवासमा बिपीपुत्र संशाक कोइराला, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्ती, दिलेन्द्रप्रसाद बडू, रामचन्द्र तिवारीसहित नेतासँग सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन्।

कोइरालाको अवसानपछि संस्थापन पक्षबाट को उम्मेदवार हुने भन्ने विषयमा नाम तोकेर छलफल सुरु नभएको दाबी गर्दै , ‘एक भएर जानुपर्छ भन्ने छ। यही नै उम्मेदवार हुने भन्ने छैन। आकांक्षीहरू आपसमा छलफल गरेर टुंगोमा पुग्नुहोला।’ संस्थापनबाट सभापतिसहित पदाधिकारीका आकांक्षीले सुशील कोइराला सभापति उम्मेदवार बन्दा यो नभए त्यो भन्ने योजना बनाएका थिए। तर, अचानक कोइरालाको निधनपछि संस्थापन पक्षका सबै नेताको योजना भत्किएको छ।

Sports toli

अलपत्र परेका खेलाडीले घरबाट बाटोखर्च

झापा-टिम व्यवस्थापनको गम्भीर लापरबाहीको शिकार बनेर बाटैमा अलपत्र बनेका उसुका खेलाडी घरबाट खर्च मगाएर शनिबार काठमाडौंतिर लागेका छन् । खेलाडी लिएर प्रतियोगितामा सहभागी हुन गएका उसुका टिम म्यानेजर र प्रशिक्षकहरू पदक विजेता खेलाडीहरूलाई अलपत्रै छाडेर जहाजमा काठमाडौं हिँडेपछि खेलाडीको विजोग भएको थियो । १२ अाैं दक्षिण एशियाली खेलकुद (साग) मा १ स्वर्णसहित १२ वटा पदक जित्ने उसुका ९ जना खेलाडी बिहीबारदेखि झापामा बेखर्ची बनेर भौतारिरहेका थिए । स्रोतका अनुसार उसु टिम व्यवस्थापनका सदस्यहरूले खेलाडीसँग पैसा रहेको बताउँदै उनीहरुलाई सम्पर्क गर्न अस्वीकार गरिरहेको छ । तर, खेलाडीहरू चिकित्सकले लेखिदिएको औषधि किन्ने पैसा समेत नभएको बताउँछन् ।  झापामा अलपत्र पर्ने खेलाडीहरुमा उसुका कप्तान धनवीर महर्जनसहित राजेश चौधरी, युवराज थापा, चित्रसिंह ठकुरी, हरिप्रसाद गोले, सरोज पुन, विजय सिञ्जाली, विश्व बुढा मगरलगायत छन् । मिहेनत गरेर पदक दिलाउने तिनै खेलाडी बेखर्ची भएर बस्न बाध्य बने ।

hinese scientists move step closer to creating artificial sun

चीनका बैज्ञानिकहरु कृत्रिम सूर्य निर्माण गर्न सफल

पेइचिङ् – चीनका बैज्ञानिकहरु कृत्रिम सूर्य निर्माण गर्न सफल भएका छन् । ग्यासको तुलनामा न्यूक्लियर इनर्जी बढी महत्वपूर्ण र प्रभावकारी हुने हुँदा कृत्रिम सूर्य निर्माण गर्न सफल हुनुले सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने चिनियाँ बैज्ञानिकहरुले विश्वास लिएका छन् । सूर्यभन्दा तीन गुणा बढी तातो कृत्रिम सूर्य बनाउने काममा चिनियाँ बैज्ञानिकले सफलता पाएका हुन् । इन्स्टिच्यूट अफ फिजिकल साइन्सका बैज्ञानिकहरुले हालै हाइड्रोजन ग्यासको प्रयोगबाट ५ करोड डिग्री सेल्सियसको चरम तापक्रम पैदा गर्न सफल भएका हुन् । उनीहरुले १ सय २ सेकेन्डसम्म सो तापक्रम कायम राख्न सफल भएको पनि समाचारमा जनाइएको छ । वैज्ञानिकहरुका अनुसार अब सूर्यसहितको इन्धनमा हाम्रो निर्भरता समाप्त हुन सक्नेछ किन कि ग्यासमार्फत पैदा हुने न्युक्लियर इनर्जीलाई धेरै मात्रामा प्रयोग गर्न लायक इन्धनमा बदल्न सकिनेछ ।

अंग्रेजी अखबार मिररको अनलाइन संस्करणका अनुसार चीनका वैज्ञानिकहरुले ५ करोड डिग्री सेल्सियस तापमानलाई त्यो समयसम्म कायम राख्न सफल भए जुन समयसम्म न्युक्लियर फ्युजन च्याम्बरको कोर यो तापमानमा पग्लेर नष्ट हुँदैन ।

pushpakamal dhahal

भारतीय नाकाबन्दी जनताको शिर नझुकी खुल्यो – अध्यक्ष दाहाल

२८ माघ , दिपक न्यौपाने – त्रिशूली (नुवाकोट)  –  नुवाकोटको खरानीटारमा अमरज्योति बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले नेपालीको स्वाभिमानमा अडान कायमै रहेका कारण नाकाबन्दी खुलेको उल्लेख गर्नु भयो ।  एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पाँच महिनादेखिको भारतीय नाकाबन्दी जनताको शिर झुक्न नदिइकनै खुलेको बताउनुभएको छ । उहाँले भूकम्पपछिको पुनःनिर्माणका लागि सबै दलबीच राष्ट्रिय एकताको खाँचो रहेको औँल्याउनु भयो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य लीलामणि पोखरेलले नेपालका राजनीतिक दलले भारतको निर्देशनमा काम गर्न नमान्दा नाकाबन्दीको कष्ट सहनु परेको बताउनुभयो । खरानीटार बहुमुखी क्याम्पसका अध्यक्ष रामभक्त उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष विष्णुप्रसाद सापकोटा, नेकपा एमालेका २ क्षेत्रीय सचिव मनोज उप्रेतीलगायतले मन्तव्य राख्नुभएको थियो ।

nepal airlance

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै – नेपाल वायुसेवा निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।  यो इन्जिन हाल स्पेनको सरकारी वायुसेवा कम्पनी आइबेरिया एयरलाइन्समा रहेको छ। ‘डेढदेखि दुई साताभित्र एक थान जगेडा इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न आवश्यक प्रक्रिया सुरु हुन्छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, ‘हाम्रा इन्जिनियरको एक टोली दुई साताभित्र जगेडा इन्जिन निरीक्षण गर्न स्पेन गएपछि मर्मत प्रक्रिया सुरु हुन्छ।’ निगम सञ्चालक समितिले उक्त इन्जिन मर्मत गर्न ४५ लाख अमेरिकी डलर (४९ करोड १० लाख ४० हजार रुपैयाँ) स्वीकृत गरेको छ। निगमले मर्मत गर्न लागेको एक थान इन्जिन जगेडा हो।

स्पेनमा जगेडा इन्जिन मर्मत गरेपछि त्यसलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलस्थित मर्मत केन्द्र ‘हेक्को’ मा ल्याइने छ। त्यसपछि काठमाडौंबाट जाने निगमको जहाज हङकङ जान्छ र त्यहीँ त्यसको इन्जिन झिकेर मर्मत गरी ल्याइएको जगेडा इन्जिन जडान गरिन्छ।  निगमको इन्जिनियरिङ विभागका एक अधिकारीका अनुसार इन्जिन ओभरहल गरेपछि त्यो लगभग नयाँजस्तै हुन्छ। त्यसलाई ‘जिरो आवर’ बाट उडाउन मिल्छ। एकपटक ओभरहल गरेपछि त्यो इन्जिनले ६ हजार ‘साइकल’ उडान गर्नसक्छ। एक साइकल बराबर एक उडान र एक अवतरण हुन्छ। यसको अर्थ ६ हजार उडान–अवतरण गरेपछि इन्जिन ओभरहल गर्नुपर्छ। निगमका एक वरिष्ठ क्याप्टेनका अनुसार अन्य देशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले एउटा जहाजलाई पाँचदेखि दस वर्ष उडाएर विस्थापित गर्ने गरे पनि निगम भने ३० वर्ष पुरानोलाई मर्मत गर्दै उडाइरहेको छ। उडान सुरक्षा र यात्रु सेवाका दृष्टिले यसलाई विडम्बना नै मान्नुपर्ने उनको तर्क छ।  ‘अमेरिकाका केही वायुसेवा कम्पनीले हाम्रोजस्तै बि ७५७ सिरिजका तीन सयवटा जहाज थन्काइसकेको छ भने चीनमा एक सयभन्दा बढीलाई सेवाबाट हटाइएको छ,’ ती क्याप्टेनले भने, ‘हामी अझै पनि तीस वर्ष पुरानो प्रविधिका जहाजमा भर पर्नु भनेको राष्ट्रिय ध्वजावाहकलाई पछाडि धकेल्दै लानु हो।’

Hong Kong to investigate police warning shots at clashes

Hong Kong to investigate police warning shots at clashes

Two handgun shots were fired into the air as hundreds of people clashed with police on Monday night. Protesters threw bricks and bottles at police, who were using batons and pepper spray. The unrest began when officials began an operation to clear out unlicensed street food stalls. More than 90 people, mostly police officers and reporters, were injured and dozens of people were arrested. Hong Kong to investigate police warning shots at clashes

Despite the attempted crackdown, food stalls were operating as usual again on Tuesday evening. Police Commissioner Stephen Lo announced the inquiry at a press conference on Tuesday, but defended the officer who fired the shots. Video footage showed one officer firing into the air after police and protesters rushed into the middle of the street, and one officer was tackled by a protester. “Rioters attacked a police officer with hard objects and threatened his life. He fell on the ground but kept being attacked by the rioters.

“With no alternative, his police colleague used his firearm in accordance with the use of force principles, to prevent his fellow colleague from being further attacked and also for his own personal safety,” he said. However some people have accused the police of using excessive force in breaking up the protests. One reporter for the Ming Pao newspaper has said he is filing an official complaint against police, alleging he was attacked by a police officer.Officials say they are also investigating whether the trouble was organised in advance.

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि

Susil-Koirala-antim-Badai-13

२७ माघ, काठमाडौं –  नेपाली कांग्रेसका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  स्व. कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । कोइरालाको पार्थिव शरीरमा उनका भतिज अतुल कोइरालाले दागबती दिएका छन् ।

Baburam-Bhattarai

नयाँ शक्तिमा कार्यविभाजन -बाबुराम भट्टराई

 काठमाडौं  -बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति,नेपालले नेताहरुको कार्यविभाजन गरेको छ । शुक्रबार र शनिबार काठमाडौंमा बसेको नयाँ शक्ति नेपालको केन्द्रीय अन्तरिम परिषदको बैठकले प्रदेश नं। १ देखि ७ सम्मका संयोजकहरु तोक्दै ७ प्रदेशका संयोजक, ३ आंगिक विभागका संयोजक चयन गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले ५१ सदस्यीय सचिवालय गठन गरी सचिवालय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरिएको छ ।

 पूर्ण कार्यविभाजन

प्रदेश नं. १ राजेन्द्र किराती प्रदेश नं. २ रामचन्द्र झा प्रदेश नं. ३ वलावती शर्मा प्रदेश नं. ४ देवेन्द्र पराजुली प्रदेश नं. ५ वामदेव क्षेत्री प्रदेश नं. ६ भक्त वहादुर शाह प्रदेश नं. ७ लिलादेवी भण्डारी

आंगिक संगठनहरुको संयोजन कुमार पौडेल

राष्ट्रिय मोर्चा संयोजन रामकुमार शर्मा

पेशागत संगठन संयोजन डा प्रविण मिश्र

विभागहरु र संयोजकहरु

राजनैतिक विभागः बाबुराम भटटराई-

सचिवालय व्यवस्थापन तथा अनुगमन विभागः केशव दाहाल

संगठन विभागः देवेन्द्र पौडेल

प्रशिक्षण विभागः डम्वर खतिवडा

आर्थिक तथा सुशासन विभागः रामेश्वर खनाल

सुचना तथा संचार विभागः मुमाराम खनाल

अन्तराष्ट्रि विभागः नवराज सुवेदी

उत्पादन तथा दिगो विकास विभागः मदन राई

सामाजिक अभियान विभागः पासाड शेर्पा

नीति अध्ययन तथा अनुसन्धन विभागः सुरेन्द्र चौधरी

महिला विभागः कल्पना धमला

दलित तथा अल्पसंख्यक विभागः वाकी संघीय मामलाःवाकी सांस्कृतिक विभागः अशोक शर्मा शहिद तथा वेपत्ता परिवार र घाईते अपांग विभागः हिसिला यमी सदन,सरकार, राज्य समन्वय विभागः वाकी सहकारी तथा स्वरोजगार विभागः डा प्रदिपमान तुलाचन कृृषि तथा भुमि मामला विभागः डा दिल वहादुर गुरुड उद्योग, वित्त वाणिज्य तथा पर्यटन विभागःडा केशव मान शाक्य गैरसरकारी संस्था विभागः दुर्गा सोव प्राकृतिक विपद व्यवस्थापन विभागः रिषवदेव भटटराई स्वास्थ्य तथा योग साधना विभागः डा जितेन्द्र महासेठ युवा तथा खेलकुद विभागः गंगा श्रेष्ठ शिक्षा विभागः डा राजेन्द्र केसी सुरक्षा विभागः नारायण राज पाण्डे जलश्रोत तथा उर्जा विभागः हरिराम कोईराला प्राकृतिक श्रोत साधन विभागः व्रज किशोर यादव कानुन तथा मानवअधिकार विभागःमुक्ति प्रधान प्रवक्ता : खिमलाल देवकोटा