२५ करोड भा रु श्री पशुपति क्षेत्र बिकासको लागी

Narendra Modi

२५ करोड भा रु श्री पशुपति क्षेत्र बिकासको लागी

दि पावर न्युज सम्वाद दाता,काठमाडौ ।-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी द्घारा आज श्री पशुपति नाथको पुजा गर्नु भएको र दर्शन पछि पशुपति क्षेत्र बिकासको लागी २५ करोड भा रु दिने निर्णय गर्नु भयो । साथै आज नेपालका राष्ट्रिपति डा. रामबरण यादब संग शीतल निबासमा भेटबार्ता गर्नु भयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बेलुका ५ः३० बजे स्वदेश फर्कनु भयो ।

पहिरोले सुनकोसी नदि थुनियो

दि पावर न्युज सम्वाद दाता,काठमाडौ, -सिन्धुपाल्चोकमा राति ३ बजे गएको पहिरोले सुनकोसी नदिमा पहिरो आई नदि थुनिएकाले त्यो जमेको पानी जुनैबेला पनि फुटेर नदिमा अझै ठुलो बाढिआउन सक्ने र नदि किनारका अन्य बस्तिलाई बगाउन सक्ने भएकोले गृह मन्त्रालयले सबैको ध्यानाकर्षर्णको लागी यो सुचना जारी गरेको छ ।
पहिरोमा परि ७ जान को ज्यान गएको घरहरु पुरिएको जानकारी पाईको छ । वरिपरिका बस्तिलाई अन्यत्र सार्न थालिएको छ ।
नदि थुनिएको क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरि लगायत दैबीक प्रकोप उद्घार टोलीले त्यस ठाउमा पहिरो हटाउन लागीरहेको जानकारी दिएको छ ।