वानेश्वर झडपमा दर्जनौ घाइते

काठमाडौं :  शनिबार राजधानीको माईतीघरमण्डलाबाट नयावानेश्वर तर्फ जाँदै गरेको तरुण दलको र्यालीलाई सुरक्षाकर्मीले बानेश्वर चोक प्रहरीले रोकेपछि दोहोरो झडप भएको छ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो ।

Spread the love