नेपालको टीपीएस नथप्ने हजारौंले देशनिकालाको सामना गर्ने – अमेरिकी सरकार

नेपालले आफ्ना देशका नागरिकलाई पूर्णतया सम्हाल्न सक्ने अवस्थामा आइसकेको उल्लेख गर्दै टीपीएसको अवधि नथप्ने घोषणा गरिएको हो । झण्डै १४ हजार नेपालीहरुले अमेरिकामा टीपीएस सुविधा लिएकोमा नविकरणका लागि झण्डै ९ हजार नेपालीहरुले योग्य थिए । अब टीपीएस नथपिएपछि त्यसमध्ये झण्डै १५ सय नेपालीहरुले एकैपटक देशनिकालाको सामना गर्नुपर्नेछ ।  २०१५ को महाभूकम्पपछि नेपालको अवस्थामा उल्लेख्य सुधार आएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गर्दै आएको टीपीएस सुविधा नथप्ने औपचारिक घोषणा गरेको छ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले देशनिकालाका लागि योग्य टीपीएस प्राप्त नेपालीहरुलाई अमेरिका छाड्नका लागि एकबर्षको ग्रेस अवधि दिएकी छिन् । जस अन्तरगत सन् २०१९ को जुन २४ पछि उनीहरुले अमेरिका छाड्नुपर्नेछ । टीपीएस सुविधा नथपिएपछि अमेरिकामा टीपीएस सुविधा लिएका झण्डै ९ हजार नेपालीहरुले संकटको सामना गर्नुपर्ने भएको छ भने कैयनले देशनिकाला हुनुपर्नेछ ।  टीपीएसमा रहेका नेपालीहरुले एकबर्षको अवधिमा अमेरिकामा अन्य अध्यागमन सुविधा खोज्नसक्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सन् २०१९ को जुन २४ सम्म अमेरिकामा टीपीएसमा रहेर काम गर्न पहिले नै टीपीएस प्राप्त गरेकाहरुले पुन वर्क परमिटका लागि आवेदन दिनुपर्नेछ भने टीपीएस पनि पुनदर्ता गर्नुपर्नेछ । त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले छुट्टै सुचना जारी गर्नेछ ।

Spread the love