मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहलाई तुलसीपुर इलाका प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ । गिरोहले रातको समयमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी पहाडी जिल्ला रोल्पामा लगेर रु २५ देखि ५० हजार मूल्यमा बिक्री गर्ने गरेको इप्रका प्रमुख सापकोटाले बताउनुभयो ।पटक पटक मोटरसाइकल चोरी गरेको हुँदा उक्त गिरोहलाई पटके कायम गरी मोटरसाइकलको बजार मूल्यअनुसार बिगो भराउनुका साथै जरिवानासमेत हुने गरी मुद्दा चलाइने  छ ।

Spread the love