उद्योग क्षेत्रमा बढ्यो लगानी

उद्योग क्षेत्रमा यो वर्ष स्वदेश तथा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ ।चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा कुल २ खर्ब ५६ अर्ब ४५ करोड बराबरको उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको तुलनामा संख्यात्मक रुपमा उद्योग दर्ताको संख्या घटेको देखिए पनि लगानीका हिसाबले भने उद्योग क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।उद्योग विभागका प्रवक्ता दुर्गालाल भुषालका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ३ सय ३५ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ४३ वटा साना, ६१ वटा मझौला र २ सुय २१ वटा साना उद्योग दर्ता भएका छन् ।गत आर्थिक वर्षमा ३ सय ५३ वटा उद्योग दर्ता भएका थिए । जसको कुल पुँजी भने १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा लगानी दोब्बरले बढेको देखिन्छ ।गत वर्षको तुलनामा यसपालि वैदेशिक लगानी पनि बढेको छ । गत वर्षको चैत मसान्तसम्ममा १२ अर्ब ३१ करोड बराबरको विदेशी लगानी स्वीकृति भएकोमा यो वर्षको सोही अवधिमा ३८ अर्ब ७२ करोडको लगानी स्वीकृत भएको छ ।वैदेशिक लगानी महाशाखाका प्रमुख बस्नेतका अनुसार अहिले विदेशी लगानीकर्ताको उत्पादनमुलक , सेवा र खानीमा आकर्षण बढेको छ । यो वर्ष उद्योग विभागमा २ सय २६ वटा विदेशी लगानीका उद्योगका लागि लगानी स्वीकृति भएको छ । गत वर्ष २ सय ४२ वटा यस्ता उद्योगको लगानी स्वीकृति भएको थियो । विदेशी लगानी स्वीकृत गरेका चिनीयाँ उद्योगहरुको खानीमा बढि चासो देखिन्छ ।

 

Spread the love