यूएस-बंगला विमान दुर्घटनामा ५ देखि १० बिमा पाउने

काठमाडौं,चैत्र ८: विमान दुर्घटनाका पीडितले ‘लस्ट अफ सर्भिस, लस्ट अफ सपोर्ट, लस्ट अफ सोसाइटी र दाहसंस्कारका लागि पनि बिमा रकम दाबी गर्न सक्छन्।यसैगरी, पीडित परिवारले लस्ट अफ फ्युचर सपोर्ट, सर्भिस, सोसाइटीका आधारमा पनि असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्न सक्ने प्रावाधन रहेको अधिकारी बताउँछन्।  यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ।  अमेरिकाले हवाई यात्रुको बिमा रकम वार्सा सन्धिमा कमी भएको भन्दै बढाउन मन्ट्रियल सन्धिको अवधारणा ल्याएको थियो।

यूएस बंगला दुर्घटना पीडितले शतप्रतिशत असीमित दायित्व अन्तर्गतकै बिमा दाबी गर्न सक्ने छ ।  असीमित दायित्व कम्पनीले व्यहोर्नु नपर्ने भनेर प्रमाणित गर्ने भार बिमा कम्पनीकै हुने छ । यूएस बंगला कम्पनीको विमानले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा दुर्घटनामा परेका पीडितले असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्न नपाउने प्रमाणित गरेको अवस्थामा मात्रै यो लागू नहुने छ। प्राइम फेसी (प्रथम दृष्टिमै) यो विमान दुर्घटनामा पाइलटको कमजोरी देखिन्छ। म्यानुफेक्चर इरर, मेकानिकल फेलियर, पाइलट इरर र प्यासेन्जरको असावधानी, एयर ट्राफिक कन्ट्रोल रुमको फल्ट, चरा, चट्याङ, आतंकवादलगायत कारणले विमान दुर्घटना हुन्छन्।

ज्यान गुमाउनेका बाबुआमा तथा बालबच्चाले मातृत्व र पितृत्व, सपोर्ट, सोसाइटीलगायत विषयमा पनि बिमा दाबी गर्न सक्छन्। मन्ट्रियल सन्धिको आर्टिकल १७, २२ र ३१ मा बिमा दाबीको विषयका उल्लेख छ। असीमित दायित्वअन्तर्गत बिमा दाबीका लागि सरकारी जाँचबुझ आयोगको प्रतिवेदन कुर्नु नपर्ने अधिकारीको भनाइ छ। साथै, पीडित परिवारले जहाज दुर्घटना भएको दुई वर्षभित्र बिमा दाबीका लागि मुद्दा दायर गर्नुपर्छ। स्रोत:  अन्नपूर्णपोस्ट

Spread the love