१० घन्टासम्म अमेरिकी सांसदको प्रश्न मार्क जुकरबर्गको उत्तर

१० घन्टासम्म अमेरिकी सांसदको प्रश्न मार्क जुकरबर्गको उत्तर

फेसबुक प्रयोगकर्ताको गोपनीयतामाथि नै ठूलो प्रश्चचिह्न

काठमाडौँ : आठ करोड ७० लाख प्रयोगकर्ताका डाटा चोरिएको विषयलाई लिएर अमेरिकी कंग्रेसले फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गलाई गत सोमबार र मंगलबार गरी दुई दिन प्रश्न सोध्यो । फेसबुकको प्रयोगबाट रुसले उक्त अमेरिकी चुनावमा हस्तक्षेप गरेको अपजस पनि फेसबुकमाथि लागेको छ ।  उनलाई १० घन्टासम्म सिनेट र कंग्रेसमा राखेर प्रश्न सोधिएको थियो । जुकरबर्गलाई सिनेटरहरूले ६ सयभन्दा बढी प्रश्न सोधेका थिए । ती फेसबुक प्रयोगकर्ताका प्रोफाइल विवरण लिएर तेस्रो पक्षले क्याम्ब्रिज एनालिटिका नामक राजनीतिक कन्सल्टेन्सीलाई उपलब्ध गराइएको खुलासा केही समयअघि भएको थियो । यसले गर्दा उक्त डाटाको प्रयोग गरी सन् २०१६ को चुनाव नतिजा बदल्ने काम भएको कुराले अमेरिकाको राजनीतिक वातावरण तातेको छ ।  उक्त घटनाका कारण फेसबुक प्रयोगकर्ताको गोपनीयतामाथि नै ठूलो प्रश्चचिह्न खडा भएको छ । अमेरिकी कंग्रेसका विभिन्न सिनेटरहरूले जुकरबर्गलाई सोधेका केही प्रश्न यहाँ प्रस्तुत गरेका छौँ । स्रोत :  नयाँ पत्रिका दैनिक