नेपालटारमा नक्कली प्रमाणपत्र बनाउने कारखाना भेटियो

नेपालटारमा नक्कली प्रमाणपत्र बनाउने कारखाना भेटियो

नेपालटार स्थित एक घरमा नक्कली सर्टीफकेट (प्रमाणपत्र) र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना  भेटिएको छ । कारखानबाट नेपाल प्रहरीले दिने चालचलन रिपोर्ट सहित एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गर्ने गरेको नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिईएको  छ । अहिलेसम्म चार हजार नक्कली शैक्षिक प्रमाणपत्र, १ हजार ५ सय थान शैक्षिक प्रमाणपत्र, ४ सय थान लाईसेन्स र १५० थान प्रहरी रिपोर्ट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले राउतको कोठाबाट ठुलो संख्यामा होलोग्राम, छाप, कम्युटर लगायतका नक्कली कागजात बनाउने सामग्रिहरु बरामद गरेको छ ।