अन्तरिक्षमा विश्वकै पहिलो लग्जरी होटल बन्दैछ

 

अमेरिकी कम्पनी ओरियन स्प्यानले अन्तरिक्षमा विश्वकै पहिलो यस्तो लग्जरी होटल बनाउने योजना बनाएको छ, जसमा सम्पूर्ण सेवा सुविधा हुनेछन् ।अन्तरिक्षमा विश्वकै पहिलो लग्जरी होटलको निर्माण गरिनेछ । उक्त होटलका नाम औरोरा स्टेशन राखिनेछ । उक्त होटलमा १२ दिने यात्रामा पुगेका अन्तरिक्षमाका दुई चालक दलसँगै छ जना मानिस आरामसँग बस्न सक्ने छन् ।कम्पनीका अनुसार अन्तरीक्षमा बनाइने होटल सबै मानिसका लागि सुलभ बनाउने लक्ष्य उसको छ । साथै होटल निकै आरामदायी हुनेछ । यो होटलले हरेक ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्नेछ । यसको अर्थ यस होटलमा बस्ने पाहुनाहरुले हरेक २४ घण्टामा लगभग १६ पटक सूर्योदय तथा सूर्यास्त देख्नेछन् ।होटलको लम्बाई ४३.५ फिट तथा चौडाई १४.१ फिट हुनेछ । होटलमा उच्चगतिको वायरलेस इन्टरनेट सुविधा हुनेछ । जसका माध्यमबाट लाइभ भिडियो च्याट गर्न सकिनेछ । होटलमा फाइभ स्टार होटल सरहको सुविधा हुनेछ । यो होटल सन् २०२२ सम्ममा तयार हुनेछ । तर उक्त होटलमा पुगेर बस्ने काम सजिलो भने हुनेछैन । यसमा १२ दिनसम्म बस्नका लागि अन्तरीक्ष पर्यटकले ९५ लाख डलर तिर्नुपर्नेछ ।

 

 

Spread the love