विश्वकप छनोटमा आईसीसीमा नेपाल प्रवेश

काठमाडौँ । नेपालले क्यानाडालाई १ विकेटले पराजित गर्दै आईसीसी विश्वकप छनोटमा स्थान बनाएको छ।  नेपालका लागि ओपनर दिलीप नाथले ४१ तथा आरिफ शेखले २६ र रोहित कुमार पौडेलले २७ रन बनाए। क्यानाडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ९ विकेट गुमाउँदै अन्तिम बलमा प्राप्त गर्यो। करण केसीले ३१ बलमा नटआउट ४२ रन प्रहार गरेपछि नेपाल जितसम्म पुगेको थियो।   त्यसअघि स्रिमान्था विजरत्नेले नटआउट १ सय ३ रन प्रहार गरेपछि क्यानाडाले ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९४ रन जोडेको थियो। सन्दीप लामिछाने ५ रनमा नटआउट रहे।

Spread the love