महिलाको मृत्युको प्रमुख कारण स्तन क्यान्सर

स्तनक्यान्सर प्रायःदुध उत्पादन गर्ने नलीबाट सुरू हुन्छ स्तनका कोषहरू असामान्य रूपले वृद्धि हुनथालेपछि स्तनक्यान्सरको सम्भावना हुन्छ । स्तनमा भएका कोष र कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित र अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।  कहिले काही तन्तुहरूको झुप्पाबाट पनि सुरू हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनिभागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा कलेजो, फोक्सो, मस्तिष्क तथा हड्डीमा असर गर्छ । त्यो प्रक्रिया क्यान्सर हुने र नहुने दुबै प्रकृतिको हुन्छ ।

स्तनको गिर्खा जाँचँगर्ने, अल्ट्रासाउन्ड गर्ने, क्यान्सर पत्तालगाउने बायोप्सी, सिटीस्क्यान, एमआरआई, पिईटी स्क्यान आदि परीक्षण गरिन्छ । क्यान्सर गराउन सहयोगी हर्माेनहरूलाई निस्तेज पार्न हार्माेन थेरापी गरिन्छ । यसबाट पनि निको नभए वा क्यान्सर अन्यत्र फैलिए शल्यक्रियाद्वारा क्यान्सरका तन्तुहरू, गिर्खा, सम्पूर्ण स्तन वा लिम्फ ग्रन्थीलाई काटेर हटाइन्छ । बिरामीले चाहेमा प्लास्टिक सर्जरीद्वारा कृत्रिम स्तन राख्न सक्छन् ।

अक्यूपञ्चर, मसाज, हर्बल थेरापी, भिटामिन, ध्यान, योग आदिबाट दुखाई र कमजोरी हटाउने तथा मनोवैज्ञानिक लाभ प्रदान गर्न सकिन्छ । वंशाणुगत वा जेनेटिक कारणलाई नियन्त्रण गर्न सकिँदैन तथापि सन्तुलित आहारविहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ ।

यो परीक्षण कुनै लाजको विषय वा गर्न नहुने काम पटक्कै होइन । जसरी हामीले आफ्नो कपाल, अनुहार आदिलाई स्याहार गर्छाैं, त्यसरी नै स्तनलाई पनि महिनाको एकपटक केहीमिनेट समय दिएमा स्तन क्यान्सरको जोखिम पत्ता लगाउन सकिन्छ । आफ्नो स्तन आफैं परीक्षण गर्ने सबैभन्दा उपयुक्त समय महिनावारी भएको एक सातापछि हो, जुन समयमा स्तनहरू दुख्ने तथा ठूला हुने हुन्छ । नुहाउने समयमा वा नुहाएर ठूलो ऐना अगाडि उभिएर परीक्षण गर्नु सबैभन्दा उपयुक्त हुन्छ । स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण गराउने र मेमोग्रामबाट परीक्षण गर्ने अन्य विधि हुन् । आफ्नो स्तन आफैँबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने गर्छ ।

Spread the love