अतिरिक्त समय दुई गोल गर्दै ब्राजिल विजयी

काठमाडौँः ब्राजिलले समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध कठिन जित निकालेको छ । सन् २०१५ को विश्व कपमाकप्तान रहेका थियागो सिल्भा पनि एक सालपछि टिममा सहभागी सिल्भा यस खेलमा टिमको कप्तानीमा थिए ।  पेनाल्टी हान्न नेमार तयार भएको अवस्थामा भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिने निर्णयलाई उल्टाइएको थियो । खेलका क्रममा २६ औँ मिनेटमा नेमारको पासमा ग्याब्रियल जिससले गोलमा परिणत त गरेर तर रेफ्रीले उनलाई अफ साइड दिए । खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए ।

त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई २-० को जित पक्का गराए । पहिलो हाफ र दोस्रो हाफ बराबरीमा सकिएको अवस्थामा काउटिन्होले थपिएको ६ मिनेट अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरेका थिए । त्यसपछि नेमारले गोल गरे। यो जितसँगै ब्राजिलm समूह ई बाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । यो जितले ब्राजिललाई दोस्रो चरणमा पुग्ने सम्भावना मजबुत भएको छ । खेलको नवौँ मिनेटमा ब्राजिललाई पहिलो फ्रि किक मिलेको थियो । १० औँ मिनेटमा नेमारले फ्रि किक त हाने तर गोलमा परिणत गर्न चुके । उनी स्विट्जरल्यान्डविरुद्धको खेलमा गोलीगाँठोमा चोट लागेर घाइते भएका थिए ।

Spread the love