वडाध्यक्षको मृत्यु सर्पको टोकाइबाट

विराटनगर — मोरङको धनपालथान गाउँपालिका–२ का अध्यक्षको विषालु सर्पको  टोकाइबाट मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राति शौच गर्न जाने क्रममा ३५ वर्षीय वडाध्यक्ष बलिराम भगतलाई सर्पले डसेको थियो । गम्भीर अवस्थामा विराटनगरस्थित एक अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।स्रोत : कान्तिपृर

Spread the love