बास्तु दोष निवारण सूत्र – ज्यो अर्जुन नेपाल

तपाईंको घर, अफिस ,फ्याक्ट्री आदिमा वास्तुदोष हुन सक्छ । जसको कारण तपाईंको घरमा कलह, अफिसमा र फ्याक्ट्रीमा कामकाज बिग्रिरहेको पनि हुनसक्छ । यस्तो अवस्थामा वास्तुदोष मेटाउनु तपाईं हामी सबैको लागि तपाईं निश्चय नै राम्रो हुनेछ । विभिन्न यज्ञहरूदेखि होमहरू पनि गरिरहनु भएको छ होला । तर, म यहाँ एकदमै सरल र प्रभावकारी प्रयोगको जानकारी गराउँन चाहन्छु ।

नुन (Salt ) पनि वास्तुदोष निवारणमा उपयोगी सावित हुन्छ भन्ने धेरैलाई सुन्दा अनौठो लाग्ला । नुन हाम्रो जीवनको अभिन्न वस्तु हो । नुनबिना हामी स्वस्थ जीबनको परिकल्पना गर्न सक्दैनौँ । यसको उपयोग खानपिनमा मात्रै नभइ वास्तुशास्त्रमा पनि महत्वपूर्ण स्थान रहेकोछ ।

वास्तुदोष निवारणको लागि सादा समुद्रमा पाइने नुनलाई प्रयोगमा ल्याइने गरिन्छ । पाकेटमा आउने आयो या अन्ने तेस्तै खालको नुन होइन । बिजुलीको अर्थिङ र बर्फ जमाउनमा पनि यो नुनलाई प्रयोग गरिन्छ । यदि तपाईंको घरमा या अफिस, फ्याक्ट्रीमा उत्तरपूर्व कुना अर्थात् इशान्ने , कोणमा वास्तुदोष छ भने त्यस दिशामा शिशाको एउटा प्लेटमा २–३ मुठ्ठी ढिके नुन राखिदिने र यसलाई १५–२० दिनमा बद्लिरहने गर्नु पर्दछ । पुरानो नुनलाई वाशमेसिनमा हाल्ने र बगाइदिने यस्तो नुनलाई जहाँ पायो, त्यहीँ फ्याक्नु हुँदैन ।

घरमा रहेका ससाना बच्चाहरू प्रायः बिरामी भइरहन्छन् भने १–२ टुक्रा नुन लिएर बच्चाको टाउकोदेखि खुट्टासम्म घुमाएमा पनि बच्चाहरू ठीकठाक हुन जान्छन् । यदि ठूलाबडा मान्छे पनि बिरामी भइरहन्छन् भने शिरानीमुनि नुनलाई पोको पारेर राख्न सकिन्छ । घरमा बिहान, बेलुका भुइँ पुछपाछ गर्दा पानीमा नुन मिलाउने गरेमा पनि घरमा सुख, शान्ति, समृद्धि थपिनेछ ।

यदि तपाईंलाई मनमा दुःख, चिन्ता, भय, खिन्नता या निराशा भइरहन्छ भने दुवै हातमा केही समयसम्मको लागि नुन हालेर मुठ्ठी पार्नुस् र पछि गएर वास मेसिनमा बगाइदिनुस् । यसो गर्दा तपाईंको चित्त शान्त हुन पुग्नेछ । अन्त्यमा जुनजुन ठाउँमा वास्तुदोष छ, त्यहाँ ढिके नुन राख्ने गरेमा वास्तुदोष निवारण हुनेछ ।

Spread the love