कम्तीमा सात वर्षमा केरुङ–काठमाडौं रेलमार्गमा जोडिने सम्झाैता

काठमाडौं ः नेपालको भौगोलिक अवस्थाले पनि तीव्र गतिको रेल आउन नसक्ने भएकोले चीनबाट मध्यम गतिको रेल काठमाडौंसम्म ल्याउने सम्झौता गरेको छ। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौताअनुसार चीनबाट काठमाडौंसम्म विद्युतीय कार्गो रेल आउने भएको छ। चीनमा उच्च गतिमा प्रतिघण्टा तीन सय किमिसम्म दौडने प्यासेन्जर डेडिकेटेड रेल र त्यसभन्दा कम गतिमा दौडले यात्रु तथा कार्गो रेल हुन्छ। यो सहमतिसँगै कम्तीमा आगामी सात वर्षमा केरुङ–काठमाडौं रेलमार्गमा जोडिनेछ। चिनियाँ रेल सन् २०२० सम्ममा चीनले नै केरुङसम्म विस्तार गर्दै रुङबाट रसुवाढी हुँदै करिब १०० किमिको रेलमार्गबाट काठमाडौं जोड्ने तयारी स्वरूप नेपाली पक्षले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ।

नेपालको भौगोलिक अवस्थाले पनि तीव्र गतिको रेल आउन नसक्ने र आवश्यकता पनि यात्रु तथा कार्गो दुवै भएकाले विद्युतीय कार्गो रेल ल्याउने सहमति  छ। चिनियाँ रेल काठमाडौं जोड्ने सहमति भएपछि अब रेलमार्गको औपचारिक ढोका खुलेको छ।

Spread the love