नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल अमेरिकामा – विकास राज न्यौपानेसंग गरिएको कुराकानी

विकास राज न्यौपाने टेक्सास, अमेरिका- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल आज अपरान्ह अमेरिकाको टेक्सास स्थित ड्यालस पुग्नु भएको छ । उपसभापति पौडेलसँगै नेपाली काँग्रेसका युवा नेताद्वय प्रकाश शरण महत र ध्रुब वाग्ले ड्यालस पुगेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाको ड्यालसमा हुन लागेको अधिवेशनमा सहभागी हुन उपसभापति पौडेल पुग्नु भएको हो दिनको ३ बजेर १५ मिनेटमा ड्यालस फोर्टवर्थ पुग्नुभएका उपसभापति पौडलको स्वागतार्थ नेपाली जनसम्पर्क समिति ड्यलास फोर्टवर्थका सभापति ज्ञानेन्द्र राज कार्की, वेस्ट टेक्सासका सभापति हरिबोल भण्डारी, आशन्न अधिवेशनका अध्यक्ष प्रत्यासीहरु गोरख बहादुर विष्ट (आनन्द), कृष्ण लामिछाने, विष्णु सुबेदी लगायत अन्य काँग्रेसका कार्यताहरु विमानस्थलमा पुगेका थिए । काँग्रेसका अन्य सयौँ कार्यकर्ता भने शेराटन होटलमा उपसभापति पौडेलेको स्वागतका निम्ति उपस्थित भएका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन यही नोभेम्बर २२ र २३ तारिखमा टेक्सासको ड्यालसमा हुँदैछ ।

यसैबीच विभिन्न पदका लागि आकांक्षीहरुले आ आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् | बुधवार मात्र न्यूयोर्कका सुवास लामा,युटा च्याप्टरका सभापति प्रियरंजन दाहाल,न्यू मेक्सिको च्याप्टरका सभापति देशराज संयोकलगायतले नयाँ नेतृत्वको केन्द्रीय सदस्यका लागि आ आफ्नो उम्मेदवारी घोषणा गरेका छन् | यसैगरी ड्यालस फोर्थ च्याप्टरका पूर्व सभापति ओम भट्टराइले पनि बुधवार नै समितिको सभापति पदका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् | यसैगरी मुनेंद्र नेम्वाङ्ग र धनन्जयनरसिंह केसीले महसचिवको लागि उम्मेदवारी घोषणा गरेर भोट माग्न थालेका छन् | तर अधिवेशनस्थल टेक्सासमा सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने र अन्तिममा प्रतिष्पर्धीहरुका बीच सहमति हुनसक्ने सम्भावाना बाँकी नै रहेको भन्ने चर्चा पनि चलेको छ |

Spread the love