थानापती मन्दिर निर्माणको जिम्मा पुरातत्त्व विभागलाई

भरतसन्तोषी,नुवाकोट : नुवाकोटको शिवपुरी ८ थानापतीमा रहेको थानापती मन्दिर निर्माणको जिम्मा पुरातत्त्व विभागले लिएको छ। २०७२को विनाशकारी महाभुकम्पले तहसनहस पारेको उक्त मन्दिर पुरातत्त्व विभागले तत्काल निर्माण सुरु गरेको स्थानीय सामाजिक युवा सन्जिब थपलियाले  द पावर न्युजलाई बताउनुभयो। गाउँको प्रमुख मन्दिरको रुपमा लिईने थानापती दामचन्द माला नामकरण गरिएको उक्त मन्दिर निर्माणका लागि पुरातत्त्व विभागले एक करोड छहत्तर लाख खर्च गर्नेछ।´अहिले काम धमाधम भैइरहेको छ।  निर्माण समितिका अध्यक्ष पदम थपलियाले भने,´तीन वर्ष भित्र निर्माण सम्पन्न हुनेछ।

23416352_2179591522066654_1542251037_n

Spread the love