टेलिफोन गर्न दुई दिन

तिब्बत सिमा जोडिएको नाम्खा गाउँपालिकाको इलिग डाँडामा रहेको टेलिफोन टावर बिग्रेको पॉच महिना सम्म पनि नेपाल टेलिकमले मर्मत नगरेपछि गाउ‘का बासिन्दा सम्पर्कबिहिन  भएका हुन् ।  यारी, यालबाङ्ग, याङगार, चाला, तुम्कोट, मुचु गाउ‘का बासिन्दा सम्पर्कबिहिन  भएका हुन् ।  टेलिकमको बिग्रेको टावर लामो समय सम्म मर्मत नगर्दा हुम्लाको उत्तरी भेगका बासिन्दा सम्पर्कबिहिन  भएका छन् ।   टेलिफोन सेवा अवरुद्ध हुँदा अत्यन्त जरुरी काम परेका बेला फोन गर्नकै लागि  स्थानियलाई  दुईदिन पैदल हिँडेर सदरमुकाम सिमिकोट पुग्नुपर्ने बाध्यता छ ।

Spread the love