ककनीका दुई शिक्षक संगठन बिच चियापान एकता

 भरतसन्तोषी लामा ककनी,नुवाकोट : शिक्षक एकता,आजको आवश्यकता मुल नारा सहित आज ककनी गाउँ पालिका स्थित रानीपौवामा दुई पुर्व बामपंथी आवद्ध शिक्षक संगठनको संयुक्त चियापान सम्पन्न भएको छ।कार्यक्रम शुभ दिपावली,नेपाल संवत तथा छठ पर्वको अवसरमा आयोजना गरिएको हो। ककनी गाउँ पालिकाका अध्यक्ष मानबहादुर लामाको विशेष आतिथ्यतामा सम्पन्न उक्त चियापान कार्यक्रममा बोल्नुहुँदै नेता बद्री मैनालीले विद्यालयको शिक्षक तहगत संरचना सुधारको आवश्यक रहेको बताउनुभयो।कार्यक्रममा बोल्नुहुदै अर्का नेता तथा पुर्व सभासद राजेन्द्रप्रकाश लोहनीले राजनीति कमाऊ धन्दामा गएको र शिक्षा क्षेत्रलाई समेत यो प्रवृत्तिले नराम्रोसग गाजेकोले एउटा राजनीति कर्मी जनताको सेवकको रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो। त्यस्तै नेता तथा केन्द्रिय सभासद हितबहादुर तामाङले शिक्षकहरु समाजका अग्रज हुन र उनीहरुको जायज मागलाई सम्बोधन गर्न आफू कटिबद्ध रहेको बताउनुभयो।तीन तहका बर्तमान सरकार विगतका सरकार सग तुलना गर्न नमिल्ने र बिकास निर्माणका कार्य पनि अब बिस्तारै अगाडि बढिरहेको बताउनुभयो ।कार्यक्रममा ककनी गाउँ पालिकाका उपाध्यक्ष सीता लामा खतिवडा,ककनी गाउँ पालिकाका श्रोत ब्यक्ति तुलध्वज खतिवडा लगाएतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा पुर्व बामपंथी संगठनका ककनी गाउँ पालिकाकामा आबद्ध एक सय पचास शिक्षक शिक्षिका को उपस्थित रहेको थियो।

Spread the love