सिरियामा सेनाले विद्रोहीमाथि भीषण आक्रमण गर्यो

सिरियामा विद्रोहीको कब्जा रहेको पूर्वी घोउटामा सिरियाली सेनाले अहिलेसम्मको सबभन्दा ठूलो आक्रमण गरेको छ ।सेसंयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, यी आक्रमणहरूमा ६ वटा अस्पताल पनि ध्वस्त भएका छन् । बमबारी कायम रहेमा स्थिति नियन्त्रणबाहिर पुग्नेछ । नाका विमानले उक्त क्षेत्रमा हरेक मिनेटमा २५ देखि ३० गोला हानिरहेका छन् । विद्रोहीहरूमाथि दुई दिनदेखि गरिएको बम आक्रमणमा अहिलेसम्म लगभग २५० मानिसको मृत्यु भइसकेको छ । दुई दिनदेखि हवाई आक्रमणमा कम्तीमा २५० मानिसको मृत्यु भइसकेको छ । सिरियामा काम गर्ने अभियन्ताहरूले पूर्वी घोउटामा मंगलवार १० गाउँ र साना शहरलाई तारो बनाएका थिए । सेनाको आक्रमणका कारण १५ हजार मानिस घर छोडेर भागेका छन् ।

Spread the love