सन् २०५० सम्म सूर्य अप्रत्याशित रूपमा चिसो हुने

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रूपले घट्ने देखाएको छ। सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्न सक्ने विश्वास व्यक्त गरेका छन्। सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुने भएको छ।   चिसो हुने क्रम संसारभर एकैनाशको भने नहुने अध्ययनले देखाएको छ।  सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो। विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरूको भनाइ छ। वैज्ञानिकहरूले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ।

Spread the love