पर्यटन बोर्डको भ्रष्टाचार मुद्दामा सुभास निरौला दोषी

काठमाडौँ — विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले बोर्डका तत्कालीन कायममुकायम (कामु) कार्यकारी निर्देशक सुभास निरौला, लेखा प्रमुख अनिल दास र वल्र्डवाइड एसियन ट्राभल्सका प्रबन्ध निर्देशक महेन्द्र खनाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।   विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार मुद्दामा तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ। बोर्डको अनियमितताबारे छानबिन सुरु गरेको संसदको लेखा समितिले २०७१ कात्तिकमा निरौलालाई निलम्बन गर्न सिफारिस गरेको थियो । बोर्डको आर्थिक विनियम २०७० ले कार्यकारी प्रमुखलाई असीमित अधिकार दिएको भन्दै लेखा समितिले त्यसको आडमा खरिद कानुन उल्लंघन, गैरकानुनी भुक्तानी, फर्जी कागजातका भरमा निकासीलगायत क्रियाकलापबाट भ्रष्टाचार भएको निष्कर्षसहित थप छानबिनका लागि अख्तियारलाई निर्देशन दिने निर्णय गरेको थियो । बोर्डका तत्कालीन कामु कार्यकारी निर्देशक निरौला मुख्य रहेको यो मुद्दाको प्रारम्भिकछानबिन संसदको लेखा समितिले गरेको थियो। तत्कालीन विवादास्पद प्रमुख लोकमानसिंह कार्कीले यस्तो गम्भीर मुद्दामा आफ्नो स्वार्थअनुसार काम नगरेका केही सचिव तथा सहसचिवलाई जबरजस्ती मुछेर भ्रष्टाचार मुद्दा दायर गरेका थिए। ठूलो संख्यामा प्रतिवादी देखाउने र इमानदार कर्मचारीमाथि समेत मुद्दा चलाएर त्रस्त बनाउने लोकमान रणनीतिलाई तीन जनाबाहेकका हकमा विशेष अदालतले ‘आरोप ठहर हुन नसक्ने’ फैसला गरेको हो। अर्कातिर सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार तयार गरिएको नियमावलीको मस्यौदालाई विवादास्पद पृष्ठभूमिका निरौलाले आफूखुसी संशोधन गराएका थिए।

अख्तियारले नियमावली संशोधन गरी हानि पुर्‍याएको आरोपमा सदस्य डिल्ली शिवाकोटी, टीकाराम सापकोटा, शरदचन्द्र पौडेल र रञ्जनकृष्ण अर्याललाई ६१ लाख २८ हजार रुपैयाँ बिगोको प्रतिवादी बनाएको थियो। बोर्डको कार्यकारी समितिका पदाधिकारीमाथि गैरकानुनी खर्च अनुमोदनबाहेक नियमावली संशोधनका क्रममा भएको हानिनोक्सानीको ६१ लाख २८ हजार रुपैयाँ बिगो पनि थपिएको थियो। घिमिरेसहित बोर्डका पदाधिकारीमाथि ११ करोड २८ लाख रुपैयाँको बिगो मागदाबी थियो। अख्तियारले पर्यटन बोर्डका पदाधिकारीमाथि भने फाइल अनियमितताको आरोपमा मुद्दा चलाएको थियो। यस प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले समेत छानबिन गरेर अनियमितता भएको पुष्टि गरेको थियो। पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ, कामु कार्यकारी प्रमुख सुभास निरौलासहित अन्य ९ जना यो भ्रष्टाचार अभियोगमा परेका थिए। उनीहरूमाथि गैरकानुनी भुक्तानी, फर्जी बिल, व्यक्तिगत खर्च, नक्कली हवाईटिकटलगायत अनियमितताकोआरोप थियो।
Spread the love