सिन्डिकेट हटाउने निर्णय विरुद्ध यातायात व्यवसायीको भेला

काठमाडौं : पार्टी प्यालेशमा भइरहेको भेलामा अधिकांश व्यवसायी संघका पदाधिकारीले सिन्डिकेट कायम राख्न आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलार्इ घुँडा टेकाउने भन्दै सामाखुशीस्थित स्कार्इ पार्टी प्यालेशमा केन्द्रिय परिषद् बैठक गरेको छ। महासंघले देशभरिबाट विभिन्न यातायात व्यवसायी संघलार्इ बोलाएर सरकारले हालै जारी गरेको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीका लागि आन्दोलनको जनमत बनाइरहेको छ।सरकारले निर्देशिका ल्याएर सिन्डिकेट खारेज गरेको थियो। महासंघको कार्यालय बालकुमारीमा आइतबार पूर्व अध्यक्षलार्इ बोलाएर छलफल गरेको हो। सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णयपछि यातायात व्यवसायी महासंघका पूर्व अध्यक्षलार्इ समेत बोलाएर छलफल गरेको छ।

‘सरकारले ल्याएको कालो कानुन खारेजीका लागि आन्दोलनमा जानुको विकल्प छैन।हामीले यो निर्देशिका खारेजी गर्नको लागि जस्तोसुकै त्याग दिन तयार हुनेछौं’महासंघका केन्द्रीय सदस्य योगेन्द्रबहादुर केसीले भने,हामीले ७२ घण्टा गाडी सडकमा तेर्स्याएर सरकार घुँडा टेकेर हामीसँग आउन बाध्य हुन्छ।’ सरकारले निर्देशिका ल्याएर सिन्डिकेट खारेज गर्दै कम्पनी बनाएर आउने व्यवसायीलार्इ गाडी चलाउन दिने निर्णय गरेको थियो।सुरुवातमा मयुर यातायातले काठमाडौंदेखि वनेपासम्म सुविधा सम्पन्न गाडी चलाउन थालेपछि विवाद सुरु भएको हो।  मयुरले बस चलाएपछि कोटेश्वर पूर्वका व्यवसायीले हड्ताल थालेका थिए।यो हड्ताललार्इ महासंघले समर्थन गर्दै एक दिन सवारी साधन ठप्प समेत पारे। तर यातायात व्यवस्था विभागले कोटेश्वर पूर्वका व्यवसायीले बस नचलाएपछि रुट परमिट खुला गरेर एकैदिनमा पाँच वटा कम्पनीलार्इ अस्थायी रुट इजाजत द एको थियो।यो निर्णयपछि यातायात व्यवसायीले हड्तालको कार्यक्रमलार्इ छोट्याएका थिए।महासंघले आन्दोलनका लागि आवश्यक खर्चका लागि चन्दा उठाउने समेत निर्णय गरेको छ।यो भेलामा ३ सय १ संस्थाका प्रतिनिधी सहभागी छन्।

Spread the love