सिङ्गापुर वार्तामा एकदम प्रगति – राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको थियो । आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाउनु, एक अर्काको पिठ्यूँमा धाप मार्नुभयो र सञ्चारका लागि फोटो खिच्न केही सेकेन्ड उभनिुभएको राष्ट्रपति ट्रम्प वार्तालाई  एकदम राम्रो प्रगति भएको

उहाँहरु दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ । वार्तापछि राष्ट्रपति ट्रम्पले भन्नुभयो– मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग अहिलेसम्म नभएको सम्बन्धको विकास हुनेछ भन्नुभएको थियो । बहालवाला राष्ट्रअमेरिकाको पति र उत्तर कोरियाली नेताबीच पहिलो पटक ऐतिहासिक भेट भएको भनेर प्रचार सुरु गरेका थिए ।   बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुने भनिएको यस वार्ताको यस महत्वपूर्ण घटनाका लागि विश्वका सञ्चारमाध्यमहरुले निकै पहिल्यै देखि नै समाचार सम्प्रेषण गरिरहेका थिए ।

 

Spread the love