लुकेको प्रतिभा उजागर गर्दै – श्रृया भट्टचार्य

दिपक न्यौपाने, दि पावर न्युज डट कम : श्रृया भट्टचार्य नेपालको हेटौडामा जन्मेकी भएपनि हाल उनीको बसाई १२ वर्षदेखि जर्मनको वर्लिङमा छ् । मोड्लिङ क्षेत्रमा लागेकी श्रृयाले दुई बर्ष देखि बर्लीङ्मा एक भिडियो प्रडक्सन आर.एस. पी. प्रड्कशन कम्पनीबाट म्युजिक भिडियो निर्माण गर्ने गरेकी छन् । श्रृयाको हाल ए खुदा हिन्दी म्युजिक भिडियो सार्वजनीक भएको छ । महु नेपाली र चाहन्छु नेपाली म्युजिक भिडियोमा अभिनय गरेकी भए पनि ” ए खुदा “ तेस्रो म्युजिक भिडियो हो ।
दुई बर्ष अघि अडियोे रिलिज भएको ए खुदाको अडियो १ मिलियन हिटिङ भएको थियो । इन्डियनहरुले अत्यन्तै रुचाएको यो अडियोको हाल भिडियो तयार भएको छ । सम्पुर्ण निर्माण कार्य जर्मनको वर्लिङमा भएको छ भने निकै भाबुकता प्रर्दशन गरिएको यो कथामा प्रेम रसले भरिपुर्ण कथाबस्तु समेटिएको छ । यो हिन्दी भिडियो भए पनि धेरैजसो कलाकाकर नेपाली रहेका छन् ।

ए खुदा म्युजिक भिडियो

Spread the love