शिवपुरी राष्ट्रिय निकुञ्जको बन्यजन्तुले कृषकलाई हैरानी

 भरतसन्तोषी,नुवाकोट: नुवाकोटको शिवपुरी राष्ट्रिय निकुञ्जको वरपरका कृषकहरु बन्यजन्तुहरुद्वारा पीडित बनेका छ्न।जिल्लाको मध्यवर्ती क्षेत्रका राष्ट्रिय निकुञ्ज आसपासमा लगाइएको सयौ रोपनी क्षेत्रफलको अन्नवाली जंगली जनावरले नष्ट गरिदिए पछि उनीहरु पीडित भएका हुन।´बादर,दुम्सी,बदेल बाट हामीले ज्यादा हैरानी पाएका छौ।`स्थानीय रामकृष्ण सेढाईले भने´लगाएको अन्नबाली भण्डारण गर्नु पुर्व नै बारीमै बन्यजन्तुले नष्ट पारीदिन्छ।` अहिले यस क्षेत्रका कृषकहरुलाई बादरले ज्यादा क्षति पुराईरहेको छ।दिनभरि बादरले दुख दिने रातमा दुम्सी तथा बदेलले दुख दिने गरेको कृषकहरूको गुनासो छ।निकुञ्जको मध्यवर्तीय क्षेत्रका कृषकलाई मात्रै बालीनालीमा पर्ने असरको मुल्यांकन गरि क्षतिपूर्तिको ब्यवस्था गर्ने गरेको निकुन्जका धावा लामाले बताउनुभयो।तर मध्यवर्ती निर्धारित जग्गा भन्दा तल्लो भेगमा बन्यजन्तुले धेरै असर पुर्याईरहेको पाईन्छ।सुनखानीका स्थानीय नवराज श्रेष्ठले भने हाम्रो क्षेत्र सिमान्कनमा क्षतिपूर्ति पाउने थलो होइन तर हामी नै धेरै पीडित भएका छौ। अहिले जिल्लाको शिवपुरी राष्ट्रिय निकुञ्ज आसपासका केही गाबिसका केही वडा क्षेत्र मात्र वन्यजन्तुले असर पुराउने भन्दै अति संवेदनशील क्षेत्र भनी सीमान्कन गरिएको शिवपुरी राष्ट्रिय निकुञ्ज नुवाकोट ईन्जार्ज सुजन गुरुङले बताउनुभयो। उनका अनुसार नुवाकोट ,सिन्धुपाल्चोक र काठमाडौ भुभाग ज्यादा ओगटेको यस निकुन्ज क्षेत्र अन्तर्गत नुवाकोटका सिक्रे,समुन्द्रादेवी,सुनखानी,थानापती र ककनीका केहि क्षेत्र र वडा मात्र संवेदनशील ठहर गरि कृषकहरुलाई क्षतिपूर्तिको ब्यवस्थापन गरिएको छ।

Spread the love