लज्जित कार्यले शिक्षा र शिक्षण पेशा नै धराशायी बन्दै

भरतसन्तोषी : आजभोलि शिक्षक नियुक्तिको सवालमा झन बुझिनसक्नु छ। कस्ले कतिखेर नियुक्ति पाउने हो ठेगान छैन।पढेलेखेका रडिग्रीवाला पनि एसएलसी पढेका स्थानीय सग खुब डराउने गर्दा रहेछन्। अहिले जिल्लामा प्रायः सरकारी विद्यालयको शैक्षिक अवस्था अस्तब्यस्त छ। कतिपय प्रस्तावित विद्यालयमा सरकारी दरबन्दी बिना नै दुखमा विद्यालय संचालन गरिएका छन भने पहुँचवाला र राम्रा राजनीतिकवाला प्रधानाध्यापक भएको विद्यालयमा भने शिक्षकको कुनै कमी नै छैन चाहे विद्यार्थी नै किन हुनुपर्यो र?शिक्षकको खचाखच छ। शिक्षक नियुक्तिको क्रममा जिल्ला शिक्षा कार्यलय बाट शिक्षक नियुक्तिको लागि आवेदन अनुमती दिनुभन्दा पहिल्यै भोजभतेर र मोटो रकम आदानप्रदान चलिसकेको हुदोरहेछ। भोज भत्तेर खायो,आफ्नालाई जागिर दिलायो।यस्तो परिपाटी गाउँघरको विद्यालयमा ब्याप्त छ। शिक्षक नियुक्तिमा चल्ने यसप्रकारको लज्जित कार्यले शिक्षा र शिक्षण पेशा नै धराशायी बन्दै गइरहेको छ।बिस्तारै त्यस्ता शिक्षकले आफ्नो अपनत्व र हैकम चलाउछ।

यस लेखका पंक्तिकार आफै केहि कार्यक्रमका बिच नुवाकोट जिल्लाको पुर्वी भेगका एक गाऊपालिका पुगेका थिए । गाउँकै विद्यालयमा निम्न माध्यमिक शिक्षक नियुक्तिको प्रक्रिया चलिरहेको रहेछ। प्रक्रिया चल्यो गाउँकै जेनतेन प्लस टु वालाले नाम निकाल्यो। स्नातकोत्तर प्रथम श्रेणीका प्रतियोगी राजनैतिक प्रतिशोधमा फालियो,प्रश्न गरियो, प्रधानाध्यापक लाई सोधियो´ सर, यस्तो बेइमानीले त शैक्षिक गुणस्तर के अपेक्षा गर्ने खोइ? पाप लाग्दैन ? प्रधानाध्यापकले सवालको जवाफ तत्काल दिईहाले पाप लाग्छ रे! पापको बाऊ को हो? म अमुक बने। सोचे सुदुर ग्रामीण क्षेत्रका विद्यालयहरु दयनीय बन्नुको कारण धेरै रहेछन् । विद्यार्थीले उसको वास्तविकता र शैक्षिक दर्जा थाहा पाउछ। अनि शिक्षक विद्यार्थी बिचमा नै वैमनस्यता प्रकट हुन्छ।विद्यार्थीले शिक्षक मान्दैन।शिक्षकले विद्यार्थीलाई पढाउन सक्दैन।अनि विद्यालयमा छाडातन्त्र सुरु हुन्छ । ग्रामीण भेगका अधिकास विद्यालयमा पढाई नहुने,भएपनी पूरा नहुने,शिक्षकलाई विद्यार्थीले कुट्न जाने,शिक्षकले विद्यार्थी कुट्ने घटना त्यसै घटेको होईन।

शिक्षक, विद्यार्थी र शिक्षणको तालमेल हुन नसक्दा यस्ता घटनाहरु सामान्य बन्दै गइरहेको छ र समाज विकराल तर्फ मोडिदै गइरहेको छ।अबको नयाँ युगमा शिक्षक भनेको नमुना ब्यक्तित्वको रूपमा समाजमा भित्रिनु सक्नुपर्छ।राजनैतिक रूपमा प्रवेश गरेका र शैक्षिक योग्यता बिनाका त्यस्ता कर्मचारीले समाज परिवर्तनको अठोट र निर्णय लिनुको सट्टा समाज धराशायी बनाईदिन्छ। प्रसङ्ग गत माघ महिनाको हो। धेरै जसो पदको हैकम पनि अनुभव गरीयो। प्रधानाध्यापक, अध्यक्षले पदीय हैकममा प्रस्तुत हुँदा पनि कर्मचारी चिढिएर अध्ययन अध्यापनमा सुस्त बनिदिदा शैक्षिक प्रगतिमा शुन्य छाएको देखियो। विद्यालयमा राजनीतिक गुट उपगुटले पनि शिक्षक मनोबल सक्रिय र निष्क्रिय बनेको पाईयो। हुन त देशभर कै विद्यालयहरु राजनीति छत्रछायामा नराम्ररी रुमल्लिरहेको छ। त्यसको परिणाम शिक्षक पदपूर्ति, दरबन्दी मिलान, शिक्षक तालिम, सेमिनार विभिन्न शैक्षिक गोष्ठीहरुको क्रियाकलाप पनि नियाल्न सकिन्छ। पद कायम छ परन्तु पदको अभिभारा कुनै कर्मचारी संयन्त्रले पनि पालना गर्दैनन्।शैक्षिक कार्यक्रम,शैक्षिक क्यालेन्डर ,वर्षमा एकपटक पनि मुस्किलले चल्ने गर्दछ।चले नचलेको हेर्ने निकाय नै मौन बसिदिन्छ। कस्ले हेर्ने? कस्ले सोच्ने जबकि शिक्षा र शिक्षक दर्जा भिरेर हामी नै के गलत के सहि?पहिल्याएर चिनो लगाउन सक्दैनौं भने सोच्ने बेला ढिला भैसकेको छ।

Spread the love