सिमरा पब्लिक इंलिस स्कुलमा पढ्ने चारजना छात्रा साँझ चार बजेपछि बेपत्ता

बारा : सिमरास्थित सिमरा पब्लिक इंलिस स्कुलमा पढ्ने चारजना छात्रा स्कुलबाट घर फर्किने क्रममा बेपत्ता भएका आइतबार दिउँसो स्कुल छुट्टी भएपछि घर फर्किनुपर्ने बालिका रातिसम्म घर नआएपछि  जियाका बुबा शम्भुप्रसाद गुप्ताले प्रहरीलाई खबर गरेका छन्।  गढीमाई नगरपालिका ७ जितपुरकी कक्षा पाँच पढ्ने ११ वर्षीय जिया गुप्ता, उनकै बहिनी युकेजीमा पढ्ने पाँच वर्षीया पिहुँ गुप्ता, गढीमाई नगरपालिका १ सिमराकी कक्षा पाँच पढ्ने १२ बर्षीया रविना श्रेष्ठ र गढीमाई नगरपालिका २ नरबस्ती घर भएकी कक्षा पाँच मै पढ्ने ११ बर्षीया स्नेहा सिंह बेपत्ता भएको अभिभावकले बताएका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रहरीले छात्राको खोजी भइरहेको बताए ।

Spread the love