खुँडा खुकुरी उठाउन मन लागेको छ फेरि पनि …… स्वागत नेपाल !

६ कक्षातिरको नेपाली विषयमा पढेको यो कविताले फेरि पनि खुँडा खुकुरी उठाउन मन लागेको छ, देश टुक्राटुक्रा गर्न खोज्नेहरु विरुद्ध । अझै याद आउँछ कविता…
झुल्क्यो प्रभात झललल्ल हिमाल झल्क्यो
पहाडको शिखरमा नव कान्ति टल्क्यो
ब्युँझे झल्यास्स पृथ्वी दरबारभित्र
आँखा अगाडि उभियो सपना सचित्र
गोर्खालीकी भगवती मनकामनाले
होई स्वयम् प्रकट आशिष यो दिइन् रे
पृथ्वी ! तिमी अघि सरी जुन काम गर्छौ
पूरा हुनेछ सजिलै किन अल्मलिन्छौ ?
आफ्नो अठोट अब पूर्ण गराई छाड्छु
साना तिना सकल राज्य जुटाई छाड्छु
भन्दै मसक्क मनले कसिएर पृथ्वी
थाले बनाउन अनि नव योजना ती
हामी परस्पर जुधी छरिँदा खिइँदा
केही गर्न नसकी उन्नति झोक्रिइँदा
पक्कै हिमाल मुनिका लघुराज्य नाना
भोलि कतातिर हुनन् अरुका खजाना
को पुज्न सक्तछ यहाँ परचक्री पाउ ?
को पार्न सक्छ मुटुमा परतन्त्र घाउ ?
तस्मात उठाउँछु खुँडा सब राज्य जोड्छु
एउटै महामुलुकको रचना म गर्छु
यो कामना फैलिगयो जनता मिलाई
नेपालको झलमल पृथ्वी उदाई
छौँ आज जो जति सब एक नै छौँ
जे गर्दछौँ मुलुकको हित निम्ति गर्छौँ ।
यस कवितामा पक्कै हिमाल मुनिका लघुराज्य नाना, भोलि कतातिर हुनन् अरुका खजाना भन्नेदेखि अरु अवस्था ठ्याक्कै मिल्दै आएको छ अहिले तर अन्तिम पंक्तिहरुमा भनेझैँ सबैले प्रण गर्न सर्कौँ । कविप्रति सम्मान अर्पण गर्छु । असल रचनाले लेखकलाई मार्छ भनेजस्तै लेखकको नाम सम्झन नसकेकोमा ग्लानीबोध पनि छ

Spread the love