सानिमा बैंकले मोबाइलबाट दक्षिणा योजनाको सुरुवात

सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न उदेश्यले मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ। यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंगमार्फत Fund Transfer,Topup/Recharge, e-Sewa Load  वा Bill Payment  गरी कारोबार गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाई सामसुङ्ग मोवाइल फोन (SAMSUNG J76 Mobile) उपहार दिइने छ । आश्विन ११ (टिका) देखि १६ (पुर्णिमा) गते सम्मका लागि लागू हुनेछ र बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी F1Soft InternationalPvt Ltd.को सहकार्यमा लक्की ड्र बाट हुने बैंकले जनाएको छ ।

Spread the love